Thursday, May 7सत्यम खबर
Shadow

अदालत र जनताद्वारा जारी आदेश समेत अवहेलना गर्दै उपमहानगरपालिका र वडाध्यक्ष

नेपालगन्ज, २२ अषाढ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ स्थित रहेको फुल्टेक्रा ताल संरक्षण गर्न उच्च अदालत तुलसीपुर, नेपालगंज ईजलासका माननीय न्यायाधीशद्वय धु्रबराज नन्द र पुरुषोत्तम प्रसाद ढकालको संयुक्त आदेश २०७७ असार २३ गते बुधबारका दिन जारी भएको आज ३ वर्ष बढी भईसक्दा समेत उक्त फुल्टेक्रा तालको संरक्षण सम्बद्र्ध हुन सकेको छैन ।
जारी आदेश अनुसार २ नं. मा कि.नं. ५१५ को जग्गा संरक्षण गर्ने पवित्र उद्देश्यले समुच्चा जग्गालाई भित्र पार्ने गरी पर्खाल लगाउने बाहेक जग्गाको खण्डिकरण हुने गरी भौतिक संरचना र स्वरुप परिवर्तिन नगरी कुनै पनि प्रकारको निर्माणको कार्य नगर्नु नगराउनु ।
३. उक्त कि.नं. ५१५ को जग्गामा अन्य व्यक्तिहरुले हस्तक्षेप, अतिक्रमण र भोगचलन गरेको देखिंदा सो अतिक्रमण हटाई पुरै जग्गाको संरक्षण गर्नु ।
४. कि.नं. ५१५ र कि.नं. २२९ को जग्गा संरक्षण गर्ने प्रयोजनको लागि पर्खाल लगाउने सम्मको आयोजना संचालन गर्नु पर्ने भएमा जग्गाको रुप बिग्रिने गरी माटो पटान नगर्नु पानी फाल्ने वा जग्गाको स्वरुप बिग्रने प्रकारबाट खण्डिकरण गरी वितरण गर्ने कुनै कार्य नगर्नु नगराउनु ।
भनी आदेश जारी भएको ३ वर्ष बितिसक्दा समेत उक्त फुल्टेक्रा तलाऊको जग्गा कब्जा छुटाउन नसकेको नेपालगन्ज उपमहानगरपालिका तथा वडा नं. ६ का जनप्रतिनिधिहरुले केही समय अगाडी मात्र नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को वडा भेलामा वडा अध्यक्ष समिरप्रताप सिंहले उक्त तालमा पानी रोक्ने भनी प्रतिबद्धता जाहेर गरेका थिए ।
तर उक्त कार्य आजको मितिसम्म नगर्दा सत्यमखबरमार्फत उहाँले हालसम्म गरेको प्रतिबद्धता किन पुरा गर्नु भएन भनी प्रश्न गर्दा वडाध्यक्ष सिंहले मैले सबै टोलबासी मिलेर उक्त पानी रोक्न भनेको भनी जवाफ दिंदै अदालत तथा जनतामाझबाट आएको आदेश समेतलाई कुनै वास्ता नगरिएको देखिन्छ ।
वडाध्यक्षद्वारा गरिएको प्रतिबद्धताको भिडियो क्लीप युटुबमा राखिएको छ । उहाँले जारी प्रतिबद्धतामा के के भनेका छन् । पाठक, दर्शक आफै पढ्न, हेर्न युटुबमा गएर वडाभेलाको भिडिया हेर्न अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *