Monday, June 29सत्यम खबर
Shadow

अपराध

सावधान ! अब अन्याय सहन सकिन्न, चुप बस्दैनौ, प्रतिकार गर्छौ !

सावधान ! अब अन्याय सहन सकिन्न, चुप बस्दैनौ, प्रतिकार गर्छौ !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
डुडुवा, ५ असार - डुडुवा गाउँपालिका भित्र भई रहेको भ्रष्टाचार, अनियमितता, स्वेच्छाचारी बिरुद्ध १० बूँदे माँग सहित २०८० ज्येष्ठ १२ गतेदेखि शुरु भएको आन्दोलनमा आज ६ वटै वडाका स्थानिय वासीहरु हातमा कालो पट्टी बाँधी माँग सम्बोधन गराउन बिरोध प्रदर्शन गरेका छन् । स्थानिय निर्वाचन २०७४ को परिणाम अनुसार एकल बहुमतले यस डुडुवा गाउँपालिकामा रहेका कुनै पनि वडालाई सिलिङ्ग बजेट उपलब्ध नगराई पालिका अध्यक्ष आफ्नो मनोमानी ढंगले ५ बर्षसम्म पालिका सञ्चालन गरेको दुःख पोख्दै २०७९ सालको स्थानिय निर्वाचन पश्चात आएको परिणाम अनुसार कुनै पनि दलको बहुमत न आएपछि यस डुडुवा गाउँपालिकामा निर्वाचित वडा नं.५ र ६ का वडा अध्यक्षले आफ्नो माँग पूरा नहुनजेल हामी सहमतिमा नजाने भनी गरेको निर्णयले आर्थिक बर्ष २०७९/०८० मा गाऊँ परिषद गर्न पनि अत्यन्तै कठिनाई भई पालिका अध्यक्षले हाम्रो माँग सम्बोधन गरेपछि हामी सहमतिमा गई गाऊँ ...
खर्बौं डलर खर्चेर नदीमा डाइभर्सन बनाउँदै चीन, ब्रम्हपुत्रको पानी स्थानान्तरण गर्ने

खर्बौं डलर खर्चेर नदीमा डाइभर्सन बनाउँदै चीन, ब्रम्हपुत्रको पानी स्थानान्तरण गर्ने

अपराध, आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ अषाढ – जलवायु परिवर्तका कारण खडेरी बढ्दै जाँदा चीनले महत्वाकांक्षी नयाँ जल पूर्वाधार परियोजनाहरू अघि बढाउने तयारी गरेको छ। देशभरि बहुमूल्य तरल पदार्थ पानी डाइभर्सन गर्दा जलवायु परिवर्तनको प्रभावलाई कम गर्ने बुझाइ चीनको छ।यो योजनाको विरोध गर्दै विज्ञहरूले थप नदी डाइभर्सन महँगो हुने चेतावनी दिएका छन्। गत मे को अन्त्यमा चिनियाँ अधिकारीहरूले नयाँ नहर, जलाशय र भण्डारण सुविधाका लागि राष्ट्रिय जल नेटवर्क निर्माण गर्ने योजना सार्वजनिक गरेका छन्। उनीहरूले यो योजना चीनमा बढ्दो सुक्खालाई कम गर्न सिँचाइलाई बढावा दिने, बाढी र खडेरीको जोखिम घटाउनमा लक्षित हुने बताएका छन्। चीनका जलस्रोतमन्त्री ली गुओइङले यो योजनाले सन् २०३५ सम्ममा नदी प्रणालीका मुख्य जलाधारहरू खुला गरेर पानी आपूर्ति वितरणमा राज्यको क्षमता बढाउने बताएका छन्। ‘चीन सरकारको यो दृष्टिकोण महँगो र वातावरणीयरूपमा विघटनकारी मात...
भारत विरुद्ध षड्यन्त्र गर्ने आतंककारीहरू पाकिस्तान र उसको समर्थनबाट डराउँछन्

भारत विरुद्ध षड्यन्त्र गर्ने आतंककारीहरू पाकिस्तान र उसको समर्थनबाट डराउँछन्

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ अषाढ – पाकिस्तानको समर्थनमा रहेका आतंककारीहरू चाहे त्यो कश्मीरी मूलका होस् वा खालिस्तानी, यस समयमा पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईले अन्य आतंकवादीहरू जस्तै प्रयोग र थ्रो नीति अन्तर्गत षड्यन्त्र रचेर उनीहरूलाई मार्ने डर छ। यही कारणले गर्दा धेरै मोस्ट वान्टेड आतंककारीहरु डरले घरभित्र लुकेर बसेका छन् र कुनै पनि हालतमा बाहिर निस्किरहेका छैनन् । खुफिया एजेन्सीका स्रोतहरूले आजतकलाई भनेका छन् कि विदेशमा बसेर भारत विरुद्ध षड्यन्त्र गर्ने आतंककारीहरू पाकिस्तान र यसको समर्थनबाट डराउँछन्। यति मात्र होइन, पाकिस्तानमा लुकेर बसेका आतङ्कीहरूलाई अब कुनै काम नलाग्नेलाई प्रयोग र थ्रो नीतिअन्तर्गत मारिने गुप्तचर स्रोतले बताएको छ । पछिल्ला तीन महिनामा यस्ता पाँच आतङ्ककारीको शंकास्पद परिस्थितिमा मृत्यु वा हत्या भएको छ। यी हत्याहरूको सूचीमा २६/११ का मास्टरमाइन्ड हिजबुल आतंकवादी, खालिस्तानी...
चीनले सीमा मिचेको विषय उठाउँदा नासुको आवरणमा मन्त्री र सचिवको धम्की

चीनले सीमा मिचेको विषय उठाउँदा नासुको आवरणमा मन्त्री र सचिवको धम्की

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
अभियानीलाई फोन गरेर धम्क्याउने को हुन शरद ढुङ्गाना ?काठमाण्डौ, ५ अषाढ – चीनले सीमा मिचेर भौतिक संरचना बनाएको विषय उठाउने अभियानीलाई परराष्ट्र मन्त्रालयका कर्मचारीले फोन गरेर धम्क्याउन थालेका छन्। छिमेकी राष्ट्र चीनले उत्तरी सीमामा सीमास्तम्भ सार्ने र भौतिक संरचना वनाउने तथा सेना राख्ने गरेको विषयमा आवाज उठाउँदै आएका राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवलाई कर्मचारीले फोन गरेर धम्क्याउने र तर्साउने गर्न थालेका हुन्। पछिल्लो पटक आईतवार मन्त्रालयको ०१४२००१८५ नम्वरको ल्याण्डलाई फोन प्रयोग गरी आफुलाई नासु शरद ढूंगाना बताउने ब्यक्तिले यादवलाई धम्क्याएका छन्। ढुङ्गानाले ‘तपाईको कार्यालय कहाँ छ, कार्यालयमा निरिक्षण गर्नु पर्ने भो’ भन्दै फोन गरेका थिए। कुराकानीका क्रममा ‘चीनले सीमा मिचेको प्रमाण तपाईसँग के छ, त्यो हामीलाई दिनोस’ भन्दै तर्साउन खोजेको यादवले गुनासो गरेका छन्। उनले अप्रत्...
भ्रष्टाचारले चिनियाँ प्रशासनिक र खेलकुद निकाय ध्वस्त, कम्युनिस्ट सत्ताप्रति जनता आक्रोशित

भ्रष्टाचारले चिनियाँ प्रशासनिक र खेलकुद निकाय ध्वस्त, कम्युनिस्ट सत्ताप्रति जनता आक्रोशित

अपराध, आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ अषाढ – चिनियाँ प्रणाली र समाजमा भ्रष्टाचारले गहिरो जरा गाडेको छ । किनभने चिनियाँ प्रशासनका सबै पक्षहरूबाट नयाँ-नयाँ मुद्दाहरू फेला परिरहेका छन् । कानून प्रवर्तन, स्वास्थ्य सेवा र शिक्षामा समस्या देखिएको छ । चीनलाई एकल शासनमा हाँकिरहेको सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का कैयौं सदस्य भ्रष्टाचारमा फसेका छन् । उनीहरुले निजी स्वार्थका लागि राजनीतिक शक्तिको दुरुपयोग गरेको पाइएको छ । २०१२ देखि लगभग ३० लाख अधिकारीहरू भ्रष्टाचारविरोधी आन्दोलनमा संलग्न छन्, जुन न्यायपालिका, वित्त क्षेत्र, कानून प्रवर्तन, लगायत क्षेत्रमा केन्द्रित छ । जसमा प्रदेश तहका अधिकारी, उपप्रदेश तहका अधिकारी, दर्जनौँ मन्त्रीस्तरका अधिकारी र सयौँ उपमन्त्रीस्तरका अधिकारी छन् । मुख्यतया, सीसीपी सदस्यहरूले आफ्नो फाइदाको लागि सार्वजनिक पैसा हिनामिना गर्न दुईवटा तरिका अपनाएका छन् । एकातिर, निजी लाभतर्फ...
दुई तिहाई सांसदलाई थाहै नदिई अर्थ समितिको किर्ते निर्णय, सांसद भन्छन्– ब्रोकर लाइसेन्स रोक्ने निर्णय हामीलाई नै थाहा छैन

दुई तिहाई सांसदलाई थाहै नदिई अर्थ समितिको किर्ते निर्णय, सांसद भन्छन्– ब्रोकर लाइसेन्स रोक्ने निर्णय हामीलाई नै थाहा छैन

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३२ जेठ – अर्थ समितिले आफ्नो बहुमत सदस्यलाई थाहै नदिई नयाँ ब्रोकर लाइसेन्स रोक्ने निर्णय गरेको पत्ता लागेको छ । अर्थसमितिमा सुरुमा सबैलाई हाजिरी गराएर दुई तिहाईभन्दा बढी संसदहरु हिडिसकेपछि समितिका सभापति (जेष्ठताको आधारमा) सांसद सन्तोष चालिसे, सांसद पदम गिरीलगायत केही सांसद र अर्थ समितिका कर्मचारीलगायतकोे मिलेमत्तोमा केही स्वार्थी समुहको प्रलोभनमा परी नयाँ ब्रोकर लाईसेन्स रोक्न निर्देशन दिएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।‘सोमबार सामसामयिक विषयमा छलफल गर्ने भन्दै बैंठक बोलाईयो र निर्धारित समयभन्दा २ घण्टा ढिलो गरी बैंठक सुरु भयो, बैठक सुरु भएपछि हामीलाई हाजिर गराएर अध्ययनका लागि भन्दै एउटा पत्र बाडियो तर त्यस विषयमा कुनै छलफल भएन,’ अर्थ समितिका एक सांसदले भने, ‘तर पछि संचार माध्ययम र सामाजिक संजालबाट अर्थ समितिले ब्रोकर लाईसेन्स रोक्न निर्देशन दियो भन्ने थाहा पाईयो ।’ साथै सोमब...
जय किसान मा.वि.मा भईरहेको भ्रष्टाचारको खुलासा

जय किसान मा.वि.मा भईरहेको भ्रष्टाचारको खुलासा

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, २२ जेठ – बाँके नरैनापुर गाउँपालिका स्थित रहेको जय किसान माध्यमिक विद्यालय भित्र भ्रष्टाचार भईरहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्षले नै लिखित रुपमा खुलासा गरेका छन् ।उक्त विद्यालयका व्यवस्थापन समिति अध्यक्षद्वारा आज सोमबार एउटा पत्राचार सार्वजनिक गर्दै अभिभावक तथा शिक्षा प्रेमीहरुलाई विद्यालयमा भइरहेको अनियमितता र भ्रष्टाचारजन्य कार्यबारे आवश्यक कदम उठाउन अहवान गरेका छन् ।नरैनापुर ६ स्थित श्री जय किसान माध्यमिक विद्यालय भित्र विभिन्न शीर्षकमा रकम हिनामिना रहेको, शैक्षिक वातावरण प्रभावित रहेको, दिवा खाजा खरीद र विद्यालयको पुस्तक खरीदमा ब्यापक भ्रष्टाचार देखिएपछि विद्यालय ब्यवस्थापन समितिले उक्त विषयमा जाँच प्रक्रिया अघि बढाउन अहवान गरेको हो ।पछिल्लो एक महिनादेखि यहाँको शैक्षिक वातावरण सुधार गर्न प्रयास गरेपनि शिक्षकहरुको मनोमानी रोक्न सकिएन, ब्यवस्थापन समितिका अध्यक्ष अम्बरलाल...
आफ्नै महिला कर्मचारीमाथि एसएसपीले गरे यौन दुर्व्यवहार

आफ्नै महिला कर्मचारीमाथि एसएसपीले गरे यौन दुर्व्यवहार

अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
विभागीय कारबाही मात्रै गरेर उन्मुक्ति दिने तयारीकाठमाण्डौ, २२ जेठ – कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीका उच्च तहका अधिकारीले आफ्नै महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेका छन् । अपराधजन्य गतिविधि गर्ने ती अधिकारीलाई सामान्य कारबाही गरेर जोगाउने चलखेल प्रहरीभित्र भइरहेको छ ।महेन्द्रनगरस्थित नेपाल प्रहरी, प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी योगबहादुर पालले गत शुक्रबार सहायक हवल्दारमाथि दुर्व्यवहार गरेका हुन् । घटनापछि उनलाई त्यहाँबाट प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ, तर संवेदनशील विषयमा कानुनी प्रक्रिया अझै अघि बढाइएको छैन । विभागीय कारबाही मात्र गर्ने तयारी भइरहेको स्रोत बताउँछ । पीडित महिला प्रहरीको उजुरीपछि प्रदेश प्रहरी कार्यालय धनगढीले एसपी श्यामसिंह चौधरीको नेतृत्वमा समिति गठन गरेर अध्ययन गरिरहेको छ । तर, उनीविरुद्ध जाहेरी दर्ता गर्ने कानुनी प्रक्रिया भने सुरु भएको छैन ।...
भुटानी शरणार्थी प्रकरण: आजदेखी थुनछेक बहस सुरु, पुर्पक्षमा पठाउने नपठाउने निर्णय हुने

भुटानी शरणार्थी प्रकरण: आजदेखी थुनछेक बहस सुरु, पुर्पक्षमा पठाउने नपठाउने निर्णय हुने

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २१ जेठ – नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपी माथीको थुनछेक बहस आजवाट सुरु हुदैँछ । हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भए पछि आज देखी थुनछेक बहस सुरु हुन लागेको हो । साे थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने–नपठाउने भन्ने बारेमा क्रमशः निर्णय लिइनेछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालिन गृह मन्त्री रामबहादुर थापकाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलगायतले बयान लिएका थिए । जुन बयान शुक्रबार सकिएपछि आजवाट थुनछेक बहस सुरु हुन लागेको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ सहितलाई फरार रहेका...
साइबर अपराध बारे सचेतना

साइबर अपराध बारे सचेतना

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १७ जेठ – नेपालगन्ज उपमहानगरपालिका भित्र सम्भवतः पहिलो पटक नै आयोजना गरिएको साईबर अपराध सचेतना कार्यक्रम आज नेपालगन्जमा सम्पन्न गरिएको छ ।प्रमुख जिल्ला अधिकार विपिन आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न साईबर अपराध सचेतना कार्यक्रमको विशिष्ट अतिथिमा जिल्ला प्रहरी प्रमुख सन्तोष सिंह राठौर रहेका थिए ।प्रमुख अतिथि आचार्यले यस्तो खाले साइबर सचेतना मूलक कार्यक्रम बेलाबखत हुनुपर्छ । प्रायः नयाँ जेनेरेशनले बुझ्नु पर्ने हुन्छ सार्वजनिक सञ्जालमा हजुरले चाहेको सबथोक पाउनु हुन्छ तर अध्ययन सम्बन्धी यदि कुनै पनि बेभ भित्र हजुरको व्यक्तिगत डाटाहरु मागि रहेको छ भने त्यसभित्र शंका गर्ने स्थान भएको हुँदा त्यसतर्फ सचेत हुन आवश्यक रहेको बताउनुभयो ।उहाँले यहाँबाट साइबर अपराध सचेतना बारे सिकेका तथा दफा ४७ को सूचना बारे बाहिर सबलाई जानकारी गराउन सके यस कार्यक्रमले सोचे जस्तो प्रतिफल अवश्यक दिने बताउनुभयो ।...