Thursday, May 7सत्यम खबर
Shadow

‘‘जनता बेहाल, तस्कर मालामाल’’

नेपालगन्ज, १६ अषाढ – केही समयदेखि लगातार भारत–नेपाल सीमा नाकाबाट सत्यतथ्य बुझ्दै आईरहेको यस अनलाईनले दशगजा क्षेत्रबाटै रिर्पोटि· समेत विगतमा गरिसकेको छ ।
उक्त रिर्पोटि·देखि नेपाल–भारत सीमा क्षेत्रमा बढ्दै गईरहेको तस्करीका विरुद्ध सशक्त रुपमा समाचार समेत लेखिएको भएपनि सम्बन्धित निकायको ध्यान केन्द्रित नहुँदा तस्करहरुको मनोबल उच्च हुँदै गईरहेको स्रोतको दाबी छ ।
आम सर्वसाधारणको लागि १०० भन्दा बढी सामान ल्याउने नपाउने तर तस्करले दैनिक करोडौं–करोड बराबरको सामानहरु भारतीय नाका हुँदै नेपाल भिœयाउन मिल्ने स्रोतको दाबी रहेको छ । तर सम्बन्धित पक्षको मिलोमतो भएकै हुँदा कोही कतै पक्राउ गरेको वा सामान फेला परेको सुन्न पाईएको छ । यदि मिलेमतो नभई दिएको भए दैनिक करोडौ रुपैयाँ बराबर सामान कसरी नेपालगन्ज बजार आउने गरेको छ ? भनी प्रश्न समेत स्रोतको रहेको छ ।
उता सीमा नाका रुपईडिहाको अवस्था यस्तो छ कि नेपाली ग्रहक नहुँदा भारतीय रुपईडिहा बजार सुनसान देख्न सकिन्छ । नेपाली जनताले उत्सव मनाउँदै आएको भएतापनि वास्तविक तथ्य यो हो कि तस्करीको बाटोबाट सबै सामान भारतबाट आउने भएपछि फाइदा कसको हो भनी सर्वसाधारण मारमा परेका नेपाली जनताले बुझ्न आवश्यक देखिन्छ ।
यसअघि भारतीय व्यापारीले आम नेपालीलाई सिधै चिनी बिक्री गर्दै आएका थिए तर अहिले नेपाली व्यापारीले तस्करीमार्फत भारतीय व्यापारीबाट सिधै चिनी खरिद गरिरहेका छन् । त्यसपछि नेपाली व्यापारीले आम नेपालीलाई धेरै मुल्यमा चिनी बिक्री गरिरहेका छन् । यो नेपाली व्यापारीहरूले आम नेपालीको हितको लागि नभई आफ्नै स्वार्थका लागि योजना बनाएको खेल हो भनी बुझ्न आवश्यक भईरहेको स्रोतको दाबी छ ।
नेपालका नेताहरुलाई चर्चामा आउनु छ भने भारतको विरोध गर्दा पनि पुग्छ भन्ने मनसाय बोकी सकेको हुँदै नै हाल नेपाली सर्वसाधारण गरीब दुःखीहरुले दुःख भोगि रहेको नेपालगन्जका सर्वसाधारणहरुको बुझाई रहेको पाईन्छ ।
‘‘जनता बेहाल, तस्कर मालामाल’’ भन्ने उदाहरण दिंदै ‘हाम्रो देशमा हरेक कुरामा भारतको विरोधको नाममा राजनीतिकरण भैरहेको छ र अब यसको फाइदा क–कसलाई भईरहेको छ भन्ने देख्न र बुझ्न सजिलै सकिन्छ’ स्रोतले सर्वसाधारणहरुमा अनुरोध समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *