Monday, June 29सत्यम खबर
Shadow

अपराध

नरैनापुरमा सरकारी सवारीको दुरुपयोग, ईमान्दार कर्मचारीलाई स्पष्टीकरण मांग

नरैनापुरमा सरकारी सवारीको दुरुपयोग, ईमान्दार कर्मचारीलाई स्पष्टीकरण मांग

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नरैनापुर, १४ श्रावण – बाँकेको विकट गाउँपालिकाको नामबाट चिनिएको नरैनापुर गाउँपालिका भित्रको बेतिथि हाल सार्वजनिक सञ्जालमा समेत छताछुल्ला हुँदै आईरहेको छ ।केहीदिन देखि लगातार नरैनापुर गाउँपालिका भित्र भईरहेको गतिविधिहरुलाई सम्बन्धित पालिकाबासीहरुले नियाली रहेको तथा उक्त बेतिथीलाई समयमा सम्बन्धित पक्षले समाधान गर्छ भने सावधान तथा सचेत गराउन विभिन्न माध्यमबाट पहल गरिरहेको छ ।गत शुक्रबार सेवाग्राही चेकजाँच गरी औषधि बारे जानकारी माग्दा नेपाल सरकारबाट उपलब्ध हुने निःशुल्क औषधि बारे सम्बन्धित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक डाक्टर गोपाल तिवारीले सेवाग्राहीलाई जानकारी दिएको निउमा पालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले स्पष्टिकरण माँगेका छन् ।चाकडी र चापलुसी गर्न नसक्ने ईमान्दार कर्मचारीहरुलाई नरैनापुर गाउँपालिका प्रशासकीय प्रमुखबाट नै यसरी अमानवीय व्यवहार गरेको प्रति ...
आत्महत्या तथा लागू औषधिको अवस्था बाँकेमा भयावाह, सम्बन्धित पक्षको ध्यान कहिले जाने ?

आत्महत्या तथा लागू औषधिको अवस्था बाँकेमा भयावाह, सम्बन्धित पक्षको ध्यान कहिले जाने ?

अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ श्रावण – जिल्ला प्रहरी कार्यालय बाँकेमा आर्थिक वर्ष २०७९/२०८० मा सबभन्दा बढी बैकिंङ कसूर सम्बन्धी ३०५ वटा मुद्दा दर्ता भएका छन् भने त्यस मध्ये २१० वटा मुद्दा किनारा लागि ९५ वटा फच्र्यौट हुन बाँकी रहेको जिल्ला प्रहरी बाँकेका प्रवक्ता नारायण डाँगीले जानकारी गराउनु भएको छ ।आत्महत्या सम्बन्धी १०१ घटना वर्षभरिमा घटेको देखिन्छ । जुन गत त्रिवार्षिक अपराध तालिमका दोब्बरले बृद्धि भएको पाईन्छ ।आ.व. २०७९/२०८० मा विभिन्न अपराध सम्बन्धी विवरण मध्ये कर्तव्य ज्याद मुद्दा १२ मध्ये १० फच्र्यौैट भएको, जजक गरि कर्तव्य ज्याद १ फच्र्यौट हुन बाँकी, भवितव्य ज्यान मुद्दा ७३ फच्र्यौट, फुटकर ज्यान १५ वटा फच्र्यौट, विष सेवन आत्महत्या १४, गौबद्ध ७ मध्ये फच्र्यौट हुन बाँकी २, सरकारी कागज किर्ते ४ मध्ये २ फच्र्यौट हुन बाँकी, साधारण चोरी ६८ मध्ये २ फच्र्यौट हुन बाँकी, डाँका चोरी ५ मध्ये २ फच्र्यौट हुन बाँक...
प्रमुख खरालद्वारा सेवाग्राहीलाई धम्की, पालिकाबासीहरुले पाउँदैनन सरकारद्वारा उपलब्ध निःशुल्क औषधि

प्रमुख खरालद्वारा सेवाग्राहीलाई धम्की, पालिकाबासीहरुले पाउँदैनन सरकारद्वारा उपलब्ध निःशुल्क औषधि

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ श्रावण – बाँके जिल्लाको अति विकट भनी चिनिएको नरैनापुर गाउँपालिका भित्र केही समय पहिले कारोनाकालको बेला धेरै सुधार भएको पाईन्छ । तर उक्त सुधारलाई कायम राख्न सम्बन्धित पालिका प्रमुख तथा प्रशासकीय अधिकृतले तदारुकता नदेखाउँदा लतालिंग भएको आज प्रष्ट देख्न सकिन्छ ।हाल पालिका भित्र रहेका अधिकांश सरकारी कार्यालयहरु समयमा खुल्दैनन भनी सार्वजनिक सञ्जालमा पोष्ट भएको समेत देख्न पाईन्छ । केही दिन अगाडी मात्र नरैनापुरको अवस्था बारे अधिवक्ता रामकुमार दीक्षितको पोष्टबाट समेत प्रष्ट भईरहेको छ भने आज पुनः विभिन्न क्षेत्रमा समयमा सुधार होस भनी सचेतनाको लागि पालिका भित्र रहेका विभिन्न समस्याहरु देखाउने गरी पोष्ट गर्नु भएको छ ।त्यति मात्र नभई उनको पोष्टले औषधि जस्तो अतिमहत्वपूर्ण वस्तुको अभाव हुँदा समेत पालिका भित्रका सम्बन्धित जिम्मेवार पक्षले कानमा तेल हाली बसिरहेको देख्छ सकिन्छ । उक्त औषधिहरु ...
चिनियाँ व्यापारीको धन्दा: हङकङबाट सुन तस्करी, काठमाडौंबाट यार्सागुम्बा

चिनियाँ व्यापारीको धन्दा: हङकङबाट सुन तस्करी, काठमाडौंबाट यार्सागुम्बा

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य
काठमाण्डौ, १३ श्रावण – राजस्व अनुसन्धान विभागले एक हप्ताअघि बरामद गरेको एक क्वीन्टल सुन कसको हो भन्ने अझै पत्ता लगाउन सकेको छैन । विभागको टोलीले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पास गरेर बाहिरिएको उक्त सुन ट्याक्सीबाट बरामद गरेकाे थियाे । त्यसदिन ट्याक्सी चालकलगायत तीन जनालाई पनि पक्राउ गरेको थियो । सुन प्रकरणबारे अनुसन्धान तीव्र पारेको विभागले हालसम्म १६ जनालाई पक्राउ गरिसकेको छ । सुन प्रकरणबारे सुरुवाती चरणमा विभागले आफैँ अनुसन्धान गरेको थियो । तर, अनुसन्धान जटिल देखिएको र संगठित अपराधमा अनुसन्धान गर्नुपर्ने देखिएपछि प्रहरीको समेत सहयोग मागेको छ । हाल विभागले समातेको सुन प्रकरणबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोमा कार्यरत एसपी कृष्ण पंगेनीलाई खटाएको छ । पंगेनी सोमबारदेखि खटिएका छन् । विभागले पक्राउ गरेका मध्...
सुन तस्करीका नाइकेलाई जोगाउने काम नहोस् : राजेन्द्र लिङ्देन

सुन तस्करीका नाइकेलाई जोगाउने काम नहोस् : राजेन्द्र लिङ्देन

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १३ श्रावण – राप्रप अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले नेपाल सुन तस्करीको ट्रान्जिट बनिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाल सुन तस्करीको ट्रान्जिट बनिरहेको भन्दै तस्करीलाई जोगाउने काम नगर्न सरकारलाई सुझाव दिए । भ्रष्टाचार काण्डमा सरकार जरोसम्म नपुगेको र सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्नुपर्ने भन्दै उनले भने, ‘केही भरियालाई पक्रेर सुन तस्करका नाइकेलाई जोगाउने काम नहोस्। जरासम्म पुगोस् ।’...
भ्रष्टाचारमा हुवावेको प्रयोग

भ्रष्टाचारमा हुवावेको प्रयोग

अपराध, आर्थिक, बिचार, राजनीति, शिक्षा/स्वास्थ्य, सूचना-प्रबिधि
मनोज घिमिरे७ श्रावण २०८०, आइतबारअल्जेरियामा एक जना अधिकारी घुस खोरीमा संलग्न भएको पाइएपछि विडिङ प्रक्रिया नै रोकिएको थियो। यो एउटा मात्र होइन यस्ता अनेकन् घटना भएका छन्। जुन घटनामा हुवावे प्रविधिको प्रयोग भएका कारण घुस खोरी र भ्रस्टाचार भएको थियो। यसै कारण पश्चिमा देशले हुवावेप्रति आक्रोश व्यक्त गर्छन्। पश्चिमा देशले हुवावेमाथि लगाउँदै आएको जासुसीको आरोप पुष्टि हुने धेरै आधार देखिन थालेपछि भ्रष्टाचारमा पनि संलग्न भएको तथ्य सार्वजनिक भएको हो। सन् २०१९ को अन्त्यमा कोरोना महामारी सुरु हुनु भन्दा अघि नै यस्ता अनेकन् घटनामा हुवावेको संलग्नता देखिएको थियो। चाहे त्यो जाम्बिायामा होस् या सालोमान टापुमा होस्। जाम्बियाको ग्रामीण क्षेत्रमा सेल् टावर बनाउने मल्टी मिलिनियर ठेक्काका थुप्रै कुरामा भ्रष्टाचारको आरोप लागेको थियो। सालोमान टापुमा समुद्र मुनी फाइबर अब्टीक केबल बिछ्याउने क्रममा लाखौँ डलर...
नेपालमा हुने तस्करी धन्दामा सक्रिय चिनियाँ गिरोह

नेपालमा हुने तस्करी धन्दामा सक्रिय चिनियाँ गिरोह

अपराध, आर्थिक, आस्था, प्रदेश ५, बिचार, राजनीति, शिक्षा/स्वास्थ्य
कृष्ण तिमल्सिना७ श्रावण २०८०, आइतबारसुन तस्करी प्रकरण अहिले निकै चर्चामा छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै प्राविधिक तथा मानवीय संयन्त्रलाई अनुकुल बनाएर विमानस्थल भन्सार कार्यालयबाट समेत बाहिर निकालिएको एक सय केजी सुन तस्करीको यो प्रकरणमाथि विभिन्न आशंका छन्। त्यसैले यो तस्करीमा संलग्न फर्म तथा सरकारी र सुरक्षा अधिकारी मात्र होइन, यो सबैलाई गुपचुप पार्ने गिरोहका बारेमा थरिथरिका अनुमान सार्वजनिक भइरहेका छन्। प्रहरीका अनुसा पछिल्लो एक दशकमा नेपालमा झण्डै सात सय किलो अवैध सुन जफत भएको छ। तस्करीमा संलग्न ७ सय जना भन्दा बढी पक्राउ परेका छन्। पक्राउ पर्ने तथा फरार हुने अधिकांश मुख्य अभियुक्त चिनियाँ नै छन्। आशंका कै बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनबाट बिहीबार एक चिनियाँ नागरिक पक्राउ परे। जो एक सय केजी सुन पक्राउ परेको समाचार बाहिरिए लगत्तै चीन उड्न लागेका थिए। ७...
‘नक्कली शरणार्थी बन्ने/बनाउने दुवैलाई जेल हाल्नुपर्छ’

‘नक्कली शरणार्थी बन्ने/बनाउने दुवैलाई जेल हाल्नुपर्छ’

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ७ श्रावण – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नक्कली भुटानी शरणार्थी बन्ने बनाउने दुवैलाई कारबाही गर्नुपर्ने बताएका छन् । आज (आईतबार) नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाज (नार्स) को सहकार्यमा आयोजित ‘वर्तमान सन्दर्भमा पुष्पलाल’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको दलाल पुँजीवादी व्यवस्थाले मान्छे बेच्ने काम गरिरहेको आरोप लगाए । ‘मान्छे बेचेर खाने व्यवस्था हो दलाल पुँजीवाद भनेको । मान्छे बेच्ने, वौद्धिकता बेच्ने, सिर्जना बेच्ने, कमजोर मनोबल र पश्चाताप भएको, टुक्रा–टुक्रा भएको, लम्पसार बन्ने । आफ्नै नागरिक पनि भुटानी शरणार्थी बन्ने पनि कस्ता ? बनाउनेलाईमात्रै भएको छ, बनाउनेलाई पनि जेल हाल्नुपर्छ,’– उनले भने । अहिलेको व्यवस्थामा नागरिकहरुले पैसाको लोभमा आफ्नो नागरिकता, स्वाधीनता त्याग्न तयार हुने गरेको...
पुर्वमन्त्री यादव बैकिंङ्ग कसुरमा पक्राउ

पुर्वमन्त्री यादव बैकिंङ्ग कसुरमा पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १ श्रावण - लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । आइतबार साँझ बाँके प्रहरीले पूर्वमन्त्री यादवलाई पक्राउ गरेको हो ।रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवलाई दिएको १२ लाख २८ हजार रुपियाँको चेक बैंक अफ काठमाडौंको उक्त चेक साँट्न जाँदा खातामा रकम नभएको पाएपछि यादवविरुद्ध बैंकिङ कसुरको मुद्दा परेको थियो ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार पूर्वमन्त्री यादवलाई आइतबार साँझ ५ बजेतिर नेपालगन्जमा पक्राउ गरेर रुपन्देही जिल्ला प्रहरी कार्यालय पठाइएकोे हो । ‘लेनदेनको हिसाब नमिलेकको मुद्दामा उहाँलाई पक्राउ पूूर्जी थियो । हामीले पक्राउ गरेर आइतबार नै रुपन्देही जिप्रका पठाएका हौं’,प्रवक्ता डाँगीले भने ।...
“किमांयाकामा अनाधिकृत चिनियाको संरचना”

“किमांयाकामा अनाधिकृत चिनियाको संरचना”

अपराध, आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ श्रावण – चीनले नेपालमाथि गरिएका कैयन गैर वैधानिक गतिविधिहरु नेपाली जनताको निम्ति अनभिज्ञताको विषय बन्नु कुनै नौलो विषय होइन ।यसमा नेपालको मूलधारमा रहेको संचार क्षेत्रदेखि नोकर शाहहरुको सोझो भूमिका रहेको तथ्य पनि जगजाहेर नै छ । चीनको यस्ता गतिविधिहरुमा नेपाली नागरिकमाथि अन्याय अत्याचार गर्नु, नेपालमा गैर वैधानिक क्रियाकलाप सञ्चालनमा ल्याउनु, अनाधिकृत माध्यमद्वारा आर्थिक लेनदेन गर्नु जस्ता अनेक विषयहरु पर्दछन्, यी त भए दिनहुँ व्यवहारमा चल्ने विषयहरुमा चीनको अत्याचारी व्यवहार ।यस अतिरिक्त नेपालको भूमि हस्ताक्षेप र अतिक्रमण गर्ने क्रममा चीनले उपल्लो स्थान कायम राखेको छ । हुम्लाको रुई गाउँका अतिरिक्त अन्य कैयन स्थानमा चीनले नेपाली भूमि अतिक्रमण गरेको छ । सरकारलाई यसको पूर्णता जानकारी रहँदा रहँदै पनि यसको विरोधमा पहल गर्न कुन शक्तिले व्यावधान सृजना गरेको छ, यो एउटा रहस्यमय प्रश्न हो...