नेपालगन्ज, २७ अषाढ – लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ जमुनाहा गाउँ स्थित रहेको प्रहरी कार्यालय तथा लागू औषधि नियन्त्रण ब्यूरो नेपालगन्ज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरिएको जनाईएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ३२ एमपि ६१८९ नम्बरको मोटरसाईकल चालकसहित भारतको रुपैडिहा बस्ने वर्ष १९ को जुनेद राई तथा मोटरसाईकल पछाडी बसेका सोही ठाउँका वर्ष १९ को सलमान अलीलाई ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीद्वारा जनाईएको छ ।
प्रहरीका अनुसार दुबैजनालाई चेकजाँचको क्रममा शंका लागेर विशेष चेकजाँच गर्दा जुनेश राईले लगाएको पाईन्टको बायाँ खल्ती भित्र लुकाई राखेको ४३ ग्राम लागू औषधि ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थसहित पक्राउ गरिएको जनाईएको छ ।
पक्राउ गरिएका दुबैजनालाई हिरासतमा राखी बरामद गरिएको ब्राउन सुगरको आवश्यक अनुसन्धानको अघि बढाईएको जनाईएको छ ।