Thursday, May 7सत्यम खबर
Shadow

पत्रकारलाई खुसी पार्न डुडुवा गाउँपालिकाले असारमा बाड्यो ४ लाख ८१ हजार

डुडुवा, १० अषाढ – बाँकेको डुडुवा गाउँपालिकाले आर्थिक वर्षको अन्त्यमा विभिन्न पत्रपत्रिका तथा अनलाइन मिडियाहरुलाई नियम विपरित लाखौँ रुपैयाँ बाँडेको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयले गत आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदन सार्वजनिक गदै पालिकाले असार महिनामा मात्रै विभिन्न मिडियाहरुलाई सूचना प्रकाशन वापत ४ लाख ८१ हजार २ सय ४६ रुपैयाँ बाँडेको उल्लेख छ ।
प्रतिवेदन अनुसार विभिन्न मिडियालाई बाँडेको रकमको अग्रिम आयकर समेत कर कट्टि नगरेको उल्लेख छ । कम्प्युटर अपरेटर सन्तोषकुमार भुजुवाले सोध भर्ना बापत ४ लाख ८१ हजार २ सय ४६ रुपैयाँको कर कट्टी नगरी सोझै दिएको उल्लेख गरिएको छ भने सो वापत भुलुवाले रु. ७ हजार २ सय १९ रुपैयाँ जमा गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *