भेरी अस्पतालमा छैन रेबिज विरुद्धको भ्याक्सिन
नेपालगन्ज, २३ असार – ६ महिनादेखि नेपालगन्जको भेरी अस्पतालमा रेबिज बिरुद्धको भ्याक्सिन नहुँदा विरामीहरु निजि क्लिनिकबाट किनेर लगाउन बाध्य भएका छन् । अस्पतालमा रेबिज विरुद्ध खोप लगाउन खटिएका चिकित्सकले भ्याक्सिन सकिएकोले बहिराबाट ल्याएर मात्र भ्याक्सिन लाग्ने सल्लाह दिएपछि विरामीहरु निजि क्लिनिकबाट महंगो शुल्क तिरेर भ्याक्सिन लगाउन बाध्य भएका हुन् ।
अस्पतालमा निशुल्क उपलब्ध हुने भ्याक्सिन नभएपछि विरामीहरु बहिराको क्लिनिकबाट ७ सय ८५ रुपैयाँ महंगो शुल्क तिरेर अस्पतालमा ५० रुपैँयाको पर्चा कटाएर करिब ३ घण्टाको लाईनमा बसेर भ्याक्सिन लगाउँदै गरेको खजुरा गाउँपालिका वडा नम्वर ५ का राजाराम गोडियाले बताए । उनले भने, हामी जनता निशुल्क मिल्छ भनेर आउने तर अस्पतालमा आउँदा ६ महिनादेखि भ्याक्सिन सकिएको बताउँछन् र बहिराको क्लिनिकमा गएर ५० रुपैयाँ तिरेर पर्चा कट्ना लगाएर भ्याक्सिन लगाउन भन्छन् । अस्पता...








