वाटरपार्कमा रहेको मोटरबोट बन्द हुने !, सञ्चाक बीच विवाद
नेपालगन्ज, १२ असार – वाटर पार्कमा सञ्चालनमा आएको मोटर बोट (बोटिङ) विवादमा तानिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १ र १८ मा रहेको वाटर पार्कमा बोटिङ सञ्चालनमा २ करोड रकम ठगी भएको आरोपमा विवाद भएको हो ।
काठमाण्डौ महानगरपालिका वडा नम्वर २६ बस्ने बोटे बोरा प्रालीका सञ्चालक विष्णुबहादुर ढकाल र दोस्रो पक्ष भनिने नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १८ बस्ने रम्मी गिरीको २०८०/०८/२० गते ५०/५० प्रतिशत शेयर लगानीमा सञ्चालन गर्ने सम्झौता भएको थियो । तर बोेटे बोरा प्रालिका सञ्चालक विष्णु ढकालले करिब १५ महिनाको हिसाव नदेखाएर लगानी गरेको रकम २ करोड समेत ठगी गरेको रम्मी गिरीले दाबी गरेकी छिन् ।
बोटिङ खरिद गरेर सञ्चालन गर्नका लागि ११ सिटर बोट खरिदको लागि ४३ लाख रुपैँया लगानी गरेका थिए तर बोटे बोरा प्रालीका सञ्चालक विष्णुबहादुर ढकालले नयाँ बोट खरिद नगरि भाडामा ल्याएर शुरु मै त्यो रकम ठगी गर...









