सेवाग्राहीको सहकारी प्रति असन्तुष्टि चिर्न प्रशिक्षणात्मक अभिमुखीकरण
नेपालगन्ज, २९ असार – पछिल्लो समय मौलाउँदै गएको सहकारीप्रतिको चरम असन्तुष्टि बढ्दो निराशा र सहकारीकर्मीलाई हेर्ने नकारात्मक दृष्टिकोणका कारण उत्पन्न समस्याहरूलाई न्यूनीकरण गर्दै सहकारीलाई भुइँ मान्छेहरूको जीवनस्तर सुधार गर्ने कडीका रूपमा कसरी स्थापित गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र बाँकेले सहकारी र सरोकारवालाहरू विषयक प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
बाँकेको नेपालगन्ज स्थित शुक्रवारका दिन सञ्चालन गरिएको उक्त कार्यक्रममा उत्थान ग्रामीण आर्थिक सामाजिक उत्थानकी अध्यक्ष लता शर्माले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो । तत्पश्चात नेप्सेकोन बाँकेको प्रमुख समेत रहनु भएका तथा कार्यक्रमका प्रशिक्षक छत्रप्रसाद धमलाले प्रशिक्षणात्मक कार्यक्रम प्रारम्भ गरेका थिए ।
सोही क्रममा छत्र प्रसाद धमलाले अहिलेको समयमा विन एण्ड विनको पोलि...









