
नेपालगन्ज, २३ असार – ६ महिनादेखि नेपालगन्जको भेरी अस्पतालमा रेबिज बिरुद्धको भ्याक्सिन नहुँदा विरामीहरु निजि क्लिनिकबाट किनेर लगाउन बाध्य भएका छन् । अस्पतालमा रेबिज विरुद्ध खोप लगाउन खटिएका चिकित्सकले भ्याक्सिन सकिएकोले बहिराबाट ल्याएर मात्र भ्याक्सिन लाग्ने सल्लाह दिएपछि विरामीहरु निजि क्लिनिकबाट महंगो शुल्क तिरेर भ्याक्सिन लगाउन बाध्य भएका हुन् ।
अस्पतालमा निशुल्क उपलब्ध हुने भ्याक्सिन नभएपछि विरामीहरु बहिराको क्लिनिकबाट ७ सय ८५ रुपैयाँ महंगो शुल्क तिरेर अस्पतालमा ५० रुपैँयाको पर्चा कटाएर करिब ३ घण्टाको लाईनमा बसेर भ्याक्सिन लगाउँदै गरेको खजुरा गाउँपालिका वडा नम्वर ५ का राजाराम गोडियाले बताए । उनले भने, हामी जनता निशुल्क मिल्छ भनेर आउने तर अस्पतालमा आउँदा ६ महिनादेखि भ्याक्सिन सकिएको बताउँछन् र बहिराको क्लिनिकमा गएर ५० रुपैयाँ तिरेर पर्चा कट्ना लगाएर भ्याक्सिन लगाउन भन्छन् । अस्पतालमा पहिलो दिन प्रति भ्याक्सिन ७ सय ८५ रुपैयाँ तिरेर ३ ओटा भ्याक्सिन पहिलो दिनमा लगाएर यो भ्याक्सिन ७ ओटा लगाउनु पर्छ त्योसम्म आउँदा बर्खा लगाउन पैसा समेत यसैमा खर्च हुने विरामी गोडियाले बताए । भेरी अस्पतालको १८ नम्वर वार्डमा दैनिक करिब सय बढी रेबिज विरुद्धको भ्याक्सिन लगाउने विरामीको भिड रहेको पाइन्छ तर सबै विरामीहरुलाई बहिराको क्लिनिकबाट भ्याक्सिन खरिद गरेर ल्यान आग्रह गरिरहेका गोडियाले बताए ।
त्यस्तै डुडुवा गाउँपालिका वडा नम्वर ५ डलैपुरका रवि बुढाथोकीले अस्पताल आउँदा निशुल्क उपलब्ध हुन्छ तर यहाँ हाल सकिएको हुँदा निशुल्क नमिल्ने भएपछि शुल्क तिरेर बाहिर क्लीकनबाट खरिद गर्नुपर्ने बताए । रेबिज विरुद्ध खोप लगाउने वार्डमा जाने वित्ति कै ५० रुपैयाँको पर्चा काटेर बहिराको क्लिनिकबाट भ्याक्सिन खरिद गरेर ल्यानुस अनि मात्र भ्याक्सिन लगाइन्छ । उनले भने, म जस्ता विरामी सैयौँ हुन्छन् धेरैजना भ्याक्सिन लगाएर फर्किसके सामान्य आर्थिक स्तर भएका मानिसहरुलाई धेरै गाह्रो भएको बताउँछन् । ७ ओटा भ्याक्सिन लगाउँदा करीब ५५ सय रुपैयाँ खर्च हुने बताउँछन् । ज्यालादारीमा काम गर्ने मानिसहरु काम छोडेर आफ्नो जानको मायाले दिनभरी लाइनमा बसेका हुन्छन् तर अन्तिममा बहिराको क्लिनिकमा किन्न लगाउने गरिन्छ । निशुल्क भ्याक्सिन लगाउन पाइन्छ भनेर गाडी भाडा, आटो भाडा तिरे अस्पताल आउँदा भ्याक्सिन नभएको जानकारी पाउँदा निकै दुख लागेको विरामी बुढाथोकीले बताए ।
हामीले नेपालगन्ज उपमहानगरपालिकालाई खरिद गर्न अग्राह गरेपनि यो भ्याक्सिन निशुल्क मिल्ने भएकोले नगरपालिकाले खरिद गर्दा नगरपालिकाको वेरुजु देखिने भएकोले नगरपालिकाले खरिद गर्न अस्विकार गरेको मेसु डाक्टर निराजन सुवेदीले बताए ।
भ्याक्सिन सकिन लागेको छ भने प्रशासनमा एक साता पहिला जानकारी गराएको वार्डमा खटिएका डाक्टर कृष्णबहादुर बुढाथोकीले बताए । स्टोरमा सकिन लागेपछि हामी प्रशासन विरामी र अस्पतालको मेसुलाई समेत जानकारी गराएको डा. बुढाथोकीले बताए ।
यता रेबिज विरुद्धको भ्याक्सिन खरिद गर्ने सम्झौता स्वास्थ्य सेवा विभागले स्विकृत नभएकोले समय समयमा अभाव भैरहेको भेरी अस्पतालका मेसु डाक्टर निराजन सुवेदीले बताए । रेबिज विरुद्धको भ्याक्सिन अस्पतालमा ल्याउनका लागि काठमाण्डौँ गएर स्वास्थ्य सेवा भिवागमा चिठ्ठी समेत छोडेर आएको बताए । त्यहाँ मात्र नभएर बुटवल लगायत सम्बन्धित सबै ठाउँहरुमा लिखित पत्र पठाई सकेका छांै तर पनि कतैबाट उपलब्ध नभएपछि हामी अस्पतालमा सुचना टाँसेरै विरामीहरुलाई जानकारी गराउने र बहिराबाट खरिद गरेर भ्याक्सिन लगाउन अनुरोध गरिरहेको मेसु डाक्टर सुवेदीले बताए । अस्पताल प्रशासनको भ्याक्सिन ल्याउने कार्य जारी छ तर यो खरिद प्रक्रिया नभएकोले ल्याउन निकै कठिन भएको बताए ।
भेरी अस्पतालको रेबिज विरुद्धको भ्याक्सिन अभावको अहिलेको समस्या होईन यो समस्या अस्पतालमा रहिरहने समस्या हो । यसलाई न्युनिकरण गर्न कुनै पनि निकायको ध्यान गएको देखिन्दैन । अस्पतालमा भ्याक्सिन आएको महिना दिन मै सकिने गरिन्छ र बाँकी दिनहरु अभावै अभाव रहेको पाईन्छ । आर्थिक रुपले कमजोर रहेका मानिसहरु रेबिज विरुद्धको भ्याक्सिन समयमा लगाउन नसक्द अकाल मै ज्यान गुमाउन बाध्य रहेको पाईन्छ । रेबिज विरुद्धको भ्याक्सिन उपलब्ध गराउन सबै निकायबाट पहल गर्न जरुरी देखिन्छ ।
भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुस