
नेपालगन्ज, २२ असार – स्वर्णकार समाज बाँकेको प्रथम साधारण सभा तथा जिल्ला अधिवेशन शनिबार भब्य रुपमा सम्पन्न भएको छ ।
आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टले उपमहानगरको सबभन्दा बढी राजश्व तिर्नेहरुमा स्वर्णकार समाज आउने भएको हुँदा आउने आर्थिक वर्षको बजेटबाट स्वर्णकार समाजका नयाँ करिगढहरुको सीप विकास सम्बन्धी तालिम प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्दै नयाँ आउने टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
कार्यक्रममा अतिथिहरुमा वडा नं. ६ का वडाध्यक्ष समिरप्रताप सिंह, १८ नं. वडाका वडाध्यक्ष दिपककुमार वर्मा, १ नं. वडाका वडाध्यक्ष प्रमोद रिजाल, ८ नं. वडाका वडाध्यक्ष विवेक बाजपेयी, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्य, नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष सलाहुद्दिन जसगढ, पूर्वअध्यक्ष कुबेर सोनीलगायतले स्वर्णकार समाजको प्रगति एवं आउने टिमलाई शुभकामना तथा बधाई दिएका थिए ।
त्यस लगत्तै शुरु भएको बन्दसत्रबाट स्वर्णकार समाज बाँकेको अध्यक्षमा संजय सोनी, उपाध्यक्षद्वय रामप्यारे वर्मा, देवी सुनार, सचिवमा अधिवक्ता राकेशकुमार सोनी, सहसचिवमा सिद्धु स्वर्णकार, कोषाध्यक्षमा सुखनारायण सुनार तथा सहकोषाध्यक्षमा नरेशकुमार सोनीलाई सर्वसम्मत चयन गरिएको छ ।
यसैगरी महिला सदस्यहरुमा क्रमशः निभा सोनी, सुनिताकुमारी सोनी, कुमारी गरिमा सोनीलाई चयन गरिएको छ भने पुरुष सदस्यहरुमा क्रमशः कमलेश सोनार, दिनेश सोनार, अंश सोनार, विनोदकुमार सोनी, डा. जयकिशोर प्रसाद, सुरेश प्रसाद सोनारलाई चयन गरिएको छ भने प्रवक्तामा लक्ष्मण सोनीलाई चयन गरिएको अध्यक्ष संजय सोनीले जानकारी गराएका छन् ।
भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुस