Thursday, July 10सत्यम खबर
Shadow

‘फोहोरमा लगानी बालुवामा पानी’ सावित

नेपालगन्ज, १५ असार – नेपालगन्ज उपमहानगरपालिका भित्र अधिकांस नाला भित्र रहेका फोहोरहरु सफाई गरिएका छैन् तथा जुन नालाको सफाई गरिएको छ त्यसबाट संकलन गरिएको फोहोरा समेत समयमा नउठाईएको हुँदा आम स्थानीयबासीहरुलाई सास्ती भईरहेको पाइन्छ ।

यसैगरी ६ नं. वडा कार्यालयले फुल्टेक्रा स्कुल रोडमा करीब १ हप्ता अगाडी नाला सफाई गरी फोहोर नाला अगाडी नै राखेको थियो । उक्त फोहोरबाट दुर्गन्ध त फैलिएकै थियो आज आईतबारको वर्षाले झन फोहोर पुनः नाला भित्रै पु¥याएको पाईन्छ । यसैलाई भनिन्छ ‘फोहोरमा लगानी बालुवामा पानी’ फोहोर संकलन गर्न वडाबाट खर्च गरिएको बजेट पुनः संकलन गर्न खर्च गर्नुपर्ने अवस्था श्रृजना भएको स्थानीयहरुको गुनासो रहेको छ ।

स्थानीयहरुका अनुसार १ हप्ता अगाडी फोहोर निकाल्ने सफाईकर्मीहरुलाीई छिटो फोहोर उठाउनु होला भन्दा उठाईने तर्क राखे पनि हालसम्म फोहोर नउठाउँदा पुनः नाला भित्रै फोहोर पुगेको हुँदा पुनः थप वडाको रकम खर्च गर्नुपर्ने अवस्था श्रृजना भएको स्थानीयहरु बताउँछन् ।

यसबारे वडाध्यक्ष समिरप्रताप सिंहले– ‘यसको सम्पूर्ण जिम्मेवारी वडा सदस्य जमालुद्दिनलाई दिईएको र उनलाई अस्ती नै फोहोर उठाउछन् भनिएको थिए । हालसम्म किन उठाएनन जानकारी लिनेछु भने पुनः जुन फोहोर नाला भित्र पुगेको छ, त्यसलाई वडा कै सफाईकर्मीहरुबाट सफाई गराउने बताउनुभयो ।

अन्य वडाहरुको अवस्था पनि यस्तै रहेको पाईन्छ । धेरै जसो वडाहरुमा नाला भित्र रहेको फोहोर बाहिर निकालियो तर आजको यस वर्षातले पुनः नाला भित्र फोहोर पु¥याएको पाईन्छ भने यसको जिम्मेवारी कसले लिने ? भन्ने प्रश्न वडाबासीहरुले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *