
डुडुवा, २२ असार – मुस्लिम धर्मालम्बीहरुको महान चाड मोहर्रम (ताजिया) पर्वमा डुडुवा गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।
आज आईतबार मनाइने उक्त पर्वको अवसरमा पालिकाले सूचना निकालेर सार्वजनिक विदा दिएको हो ।
पालिका अन्तर्गत सामुदायिक तथा नीजि विद्यालय, मदरसा, मुस्लिम विद्यार्थी तथा मुस्लिम वर्गका कर्मचारीलाई विदा दिइएको पालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनु भयो । अध्यक्ष चौधरीले मोहरम पर्वको अवसरमा सम्पुर्ण इस्लाम धर्मालम्बीलाई शुभकामना समेत व्यक्त गर्नु भएको छ ।