हडिया बाबा मन्दिरमा मेला र राजनीतिक जमघटको समापन
सकिल अहमद राईमितिः २०७८ मंसिर १२ गते
बाँके जिल्लाका प्रख्यात सन्त हडिया बाबा मन्दिरमा मेला र राजनीतिक जमघटको समापन भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा अवस्थित रहेको हडिया बाबा मन्दिरमा २०७८÷०८÷०५ गतेदेखि धार्मिक मेलाको शुरुवात गरिएको थियो । यस मेलामा साधुसन्त, धार्मिक व्यक्तिको उपस्थित अति न्यून रहेको देखियो तर मेलामा नेकपा माओवादी केन्द्र र अन्य कम्युनिष्ट पार्टीका नेता अधिकांश रुपमा देखिए । हडियाबाबा मन्दिर (आश्रम) को अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका कार्यकर्ता नन्दलाल वैश्य रहेका छन् । यस कारण आफ्नो पार्टीको प्रचार–प्रसार गर्ने उद्देश्यले उनले सभासद नमूना के.सी.लाई प्रमुख अतिथी बनाई भाषण फलाक्न लगाए । बोल्ने क्रममा सभासद के.सी.ले बाँके जिल्लामा हडिया बाबाको आश्रम आस्थाको केन्द्र बिन्दु हो । यस कारण यसको पर्यटकीय रुपमा विकास हुनुपर्छ । यसको साथै नरैनापुर गाउँपालिकाम...








