Wednesday, September 16सत्यम खबर
Shadow

धार्मिक

हिन्दुबादी संगठनहरुद्वारा प्रदेश २ मुख्यमन्त्री राउतको राजीनामा माग गर्दै बिरोध प्रर्दशन

हिन्दुबादी संगठनहरुद्वारा प्रदेश २ मुख्यमन्त्री राउतको राजीनामा माग गर्दै बिरोध प्रर्दशन

अवधी, आस्था, धार्मिक, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कपिलबस्तु, २ मंसिर - कृष्णनगरमा विभिन्न हिन्दुबादी संगठनहरुद्वारा प्रदेश २ सरकार बिरुद्ध र्याली सहित बिरोध प्रर्दशन गरेका छन् । जनकपुरधामको देवपुरा रुपैठामा छठ पर्वमा भएको हिन्दु–मुस्लिमबीचको विवादलाई लिएर कृष्णनगरमा वृहत बिरोध प्रदर्शन गरिएको छ । छठ पर्वको दिन विभिन्न स्थान धनुषा, बारासहित हिन्दुमाथि भएको दमनविरुद्ध हिन्दुवादी संघ संस्थाहरुले विरोध जनाएका हुन् । जय महाकाल सामाजिक संस्था, हिन्दु युवा शक्ति कपिलवस्तु, हिन्दु परिषद् नेपाल, हिन्दु स्वयमसेवक संघ नेपाल लगायतका संघ संस्थाहरुले कृष्णनगरको भंसारबाट विरोध र्याली निकालेका हुन् । र्यालीमा सहभागीहरुले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै प्रदेश २ सरकार विरुद्ध नारावाजी गरेका थिए । कृष्णनगर भंसार हुँदै कृष्णनगर बाजार परिक्रमागरी गोलघरमा आई कोणसभामा परिणत भएको हिन्दु युवा शक्ति कपिलबस्तु अध्यक्ष मोतीलाल मिश्रले जानकार...
इण्डोनेशियाका ३५ हजार भन्दा बढीले वैदिक सनातन धर्म स्वीकार्ने

इण्डोनेशियाका ३५ हजार भन्दा बढीले वैदिक सनातन धर्म स्वीकार्ने

आस्था, धार्मिक, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाज
नेपालगन्ज, २२ कार्तिक – वैदिक सनातन धर्मको प्रभाव १ सय १६ वटा युरोपियन देशमा बढेपछि रुस जस्ता राष्ट्र पनि हिन्दु राष्ट्र घोषणा हुने संघारमा पुगेको छ ।भर्खरै इस्लाम धर्मको ९८ प्रतिशत वर्चस्व रहेको इण्डोनेशियाका राजकुमारी सुकमावतीले इस्लाम धर्म परित्याग गरेपछि इण्डोनेशियाको जनतामा इस्लाम धर्म परित्याग गर्ने लहर नै चलेको छ ।वैदिक सनातन धर्म स्वीकारेपछि राजकुमारी सुकमावती शान्तिको वातावरणमा स्वांस लिन बाली द्वीप समूहमा पुगी सकेकी छिन् । यता इण्डोनेशियाका राष्ट्रपति र गृहमन्त्री लगायत देशका ३५ हजार भन्दा बढी जनताले इस्लाम धर्म छाडी वैदिक सनातन धर्म स्वीकार्ने तयारीमा लागेका छन् उनीहरु छिट्टै आयोजना हुने कार्यक्रममा सनातन धर्म स्वीकार्ने छन् । इण्डोनेशिया रामायणमा उद्धृत रहेको महाराज सुग्रीवको देश हो यस कारण त्यहाँ रामायणको विशेष छाप छ । असोज महिनाको शुरुआत हुँदै नै त्यहाँका मुस्लिम समुदा...
दीपावली पर्वको महत्व

दीपावली पर्वको महत्व

अवधी, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, बिचार, समाज
मितिः २०७८ कार्तिक २२ गतेलक्ष्मी गुप्तातिहार शरद ऋतुमा पर्छ शरह ऋतु अत्यन्त मनोरम्, सफा रसिलोका साथै जताततै फूलहरुले वरिपरिको वातावरणलाई मनमोहक बनाउने समय हो । यस समयमा विभिन्न किसिमका फूल फुलेर घर आँगन जताततै सजिएका हुन्छन् । घर वरिपरि खेतबारी भीरपाखामा हरियाली छाएको हुन्छ । वर्षभरि दुःख गरेका किसानको खेतमा धानका बाला झुलेका हुन्छन् । प्रकृतिको यस्तो अत्यन्तै रमणीय समयमा आउने चाड भएकाले तिहारमा मानिसहरुको मनमस्तिष्कमा रमाइलोपन छाएको हुन्छ । तिहार कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कार्तिक शुक्लपक्षको द्वितीया तिथिका बीचमा पाँच दिनसम्म मनाइने चाडहो । पाँच दिनसम्म मनाइने यो चाडको पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन गाई तिहार, चौथो दिन गोरु तिहार र पाँचौ दिन भाई तिहार मनाउने चलन छ । यो पाँच दिनलाई यमपञ्चक पनि भन्ने चलन छ । तिहारका यी पाँचवटै दिनमा घरघरमा दीपावली गरिने ...
नेपालीको घर आँगनमा झिलीमिली दीप जलोस्

नेपालीको घर आँगनमा झिलीमिली दीप जलोस्

अवधी, आस्था, धार्मिक, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०७८ कार्तिक २२ गतेशकिल अहमद राईदीपावली पर्वमा जब सबैको घरमा माटोको दियो बल्छ यस समय यस माटोको दियो जल्दा हजारौं लाखौं संख्यामा रहेका किट पतंगाहरु नष्ट हुने गर्छन् । वैदिक सनातन धर्मको प्रायः सबै चाड पर्वहरु वैज्ञानिक आधारमा स्थापित गरिएका छन् । यस्ता चाडपर्वले केही सन्देशहरु दिएको छ । दिपावली मनाउनुको अर्थ हो अन्धकारलाई हटाई प्रकाश ल्याउनु ।मानव जीवनमा पनि यस्तै प्रकारको घटनाचक्र चल्ने गर्छ जसमा मानव जीवन अन्धकारमा पुग्छ यस समयमा त्यस्तो अन्धार हटाउने प्रेरणा दिपावली पर्वले दिन्छ । हाम्रो देश नेपालमा यस्तै प्रकारको अन्धकार क्षण कैयन पटक आयो । २००७, २०४६, राजा वीरेन्द्रको सम्पूर्ण वंश विनाश, ११ वर्ष जनयुद्ध र त्यसपछि जनआन्दोलनको क्षण । यस्तो समयमा देश दिशाहीन बनेको थियो ।राजा वीरेन्द्रको सम्पूर्ण वंश विनाश धेरै नै दुःखद क्षण थियो । यस समय देश कसरी अब अगाडि बढ्छ यस्तो कुरा सबै नेपाली ...
महान चाड धन्वन्तरी जयन्ती (धनतेरस), दीपावली, भाईटीका पर्व हर्षाेल्लास सम्पन्न

महान चाड धन्वन्तरी जयन्ती (धनतेरस), दीपावली, भाईटीका पर्व हर्षाेल्लास सम्पन्न

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
– मनोज कुमार कौशलनेपालगन्ज, २२ कार्तिक – वैदिक सनातन धर्मावलम्बीहरुको महान चाड धन्वन्तरी जयन्ती (धनतेरस), दीपावली, भाईटीका पर्व हर्षाेल्लास सम्पन्न भएको छ । धनतेरस पर्वमा देउताहरुको वैद्य चिकित्सक भगवान धन्वन्तरीको पुजा गरी अर्काे दिन दिपावली र त्यसको लगत्तै शनिवार दिन भाई टीका पर्व हर्षाेल्लास सम्पन्न भएको छ ।देउता र असुरहरु मिलेर समुन्द्र मन्थन गर्दा भगवान धन्वन्तरी र माता लक्ष्मीको प्राप्ति भएको कुरा वैदिक ग्रन्थहरुमा उल्लेख रहेको छ । भगवान धन्वन्तरी समुन्द्र मन्थन हुँदा हातमा अमृत कलश लिएर प्रकट हुनु भएको थियो यस कारण उनी आरोग्य, स्वास्थ्य, आयु र तेज कान्तिका देउता हुन् । हरेक वर्ष कात्तिक महिनाको कृष्ण पक्षको त्रयोदशीका दिन धनतेरस पर्व मनाइन्छ । धनतेरस पर्वको दिनमा गरिएको भाडाकुडा, गरगहना किनमेलललाई शुभ मानिन्छ । धनतेरस पर्व लगत्तै दीपावली पर्व मनाइन्छ । त्रेतायुगमा भगवान राम १४ वर्षक...
नेपाल संवत ११४२ भव्यताले मनाइयो

नेपाल संवत ११४२ भव्यताले मनाइयो

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
– सन्दीप कुमार अग्रवालनेपालगन्ज, २२ कार्तिक – नयाँ वर्ष नेपाल संवत ११४२ शुक्रवारका दिन देशभर भव्यताले मनाइएको छ । न्हुँदया भिन्तुनाले यो नयाँ वर्ष ११४२ देशभर नै मनाएको हो ।राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ (ई.स. ८०२)मा गरी जनताको ऋण मोचन गरी नेपाल संवतको प्रारम्भ गराएका थिए । नेपालसंवतले बडामहाराजाधिराज स्व. श्री ५ पृथ्वीनारायण शाह सरकारको शासनकालमा नै राष्ट्रिय संवतको मान्यता पाएको उल्लेख पाइन्छ । वि.सं. २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्टिय मान्यता दिलाउन अभियान चलाइएको थियो । नेपाल संवतको प्रचलन सम्बन्धमा एउटा किम्वदन्ती प्रसिद्ध छ । भक्तपुरका राजालाई ज्योतिषीहरुले काठमाडौंको लखुतीर्थ टेकुदोभानबाट साईत हेरेर बालुवा ल्याए सुन बन्छ भनि सुनाएपछि भक्तपुरमा कामदार पठाइएका थिए ।कामदारले बालुवा लैजान लागेको देखी साख्वाले बालुवाको दोब्बर पैसा दिन्छु राजाक...
आज भाइटीका, कति बजे लगाउने ?

आज भाइटीका, कति बजे लगाउने ?

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २० कार्तिक - नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ।   विकास समितिका अनुसार कात्तिक २० गते, बिहान ११ बजेर २ मिनेटमा भाइटीका को उत्तम साइत छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ। कात्तिक २०  गते दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ।...
आज लक्ष्मी पूजा, देवी लक्ष्मीको विशेष पूजा आराधना गरिँदै

आज लक्ष्मी पूजा, देवी लक्ष्मीको विशेष पूजा आराधना गरिँदै

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १८ कार्तिक - यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै छ । यमपञ्चकको तेस्रो दिन कार्तिक कृष्ण औँशीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाउने गरिन्छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दैनन् भन्ने मान्यताका आधारमा बिहानै घर सफासुग्घर र गाईको गोबर एवं माटाेले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । यस दिन घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गर्ने गरिन्छ । सुखरात्रिको पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र माटाेले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको...
राप्तीनदी घाटमा पाँच हजार एक सय ११ महादीपोत्सव(फाेटाेेफिचरसहित)

राप्तीनदी घाटमा पाँच हजार एक सय ११ महादीपोत्सव(फाेटाेेफिचरसहित)

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सिधनिया, १७ कार्तिक - बाँकेको राप्ती नदीस्थित स्नान घाटमा पहिलो पटक पाँच हजार एक सय ११ दिप प्रज्वलन गरिएको छ । हिन्दुहरुको महान पर्व तिहार (दिपावली) को अवसर पारेर पबित्र स्थान मानिएको स्नान घाटमा बुधबार साँझ महादीपोत्सवका रुपमा सामुहिक दिप प्रज्वलन गरिएको हो । दिप प्रज्वलन कार्यलाई डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले उद्घाटन गर्नुभयो । उहाँले हिन्दुहरुको शुभ कार्य गर्न अघि गरिनुपर्ने बिधि बिद्यान अनुरुप पुजापाठ गरेर महादीपोत्सवको उद्घाटन गर्नुभएको थियो । नेपालगन्जस्थित बागेश्वरी संचार सेवा प्रालि एवं डुडुवा गाउँपालिकावासीको संयुक्त आयोजनामा गरिएको महादीपोत्सव कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले कार्यक्रमको प्रशंसा गर्नुभयो । उहाँले पबित्र स्थानमा यसरी सामुहिक रुपमा ठुलो मात्रामा दिप प्रज्वलन कार्य आफैमा सराहनीय भएको बताउनुभयो । यसैक्रममा बोल्दै उहाँले गाउँपा...
पहिलाे पटक राप्ती नदीस्थित स्नान घाटमा महादीपाेत्सव गरिँदै

पहिलाे पटक राप्ती नदीस्थित स्नान घाटमा महादीपाेत्सव गरिँदै

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १६ कार्तिक - हिन्दुहरूकाे महान पर्व तिहार (दिपावली) काे अवसरमा बाँकेकाे राप्ती नदीस्थित सिधनिया घाटमा बुधबार महादीपाेत्सव गरिँदै छ । उज्यालोकाे पर्व भनेर समेत चिनिने तिहारकाे अवसरमा डुडुवा गाउँपालिकाे राप्ती नदीस्थित स्नान घाटमा बुधबार साँझ महादीपाेत्सव गरिन लागिएको छ । महादीपाेत्सवका क्रममा पाँच हजार एक सय ११ दिप प्रज्वलन गरिने जनाएको छ । बागेश्वरी संचार सेवा प्रालि र समस्त डुडुवा गाउँपालिकाबासीकाे आयाेजनामा राप्ती नदीमा पहिलाेपटक महादिपाेत्सव हुन लागेकाे हाे । सिधनियाघाटस्थित स्नान घाट वरिपरि, त्यहाँ रहेकाे मन्दिर परिसर र पुलमा दीपाेत्सव गरिने बागेश्वरी संचार सेवा प्रबन्धक सन्ताेष गुप्ताले जानकारी दिनुभयाे । घाटमा कार्यक्रमकाे तयारी ३ बजेदेखि नै शुरू हुने भएपनि दीपाेत्सव कार्यक्रम ठिक ५ बजेबाट शुरू हुनेछ । डुडुवा गाउँपालिका अर्थात बाँकेकाे क्षेत्र नं २ मा नै पहि...