Tuesday, October 22सत्यम खबर
Shadow

हडिया बाबा मन्दिरमा मेला र राजनीतिक जमघटको समापन

सकिल अहमद राई
मितिः २०७८ मंसिर १२ गते


बाँके जिल्लाका प्रख्यात सन्त हडिया बाबा मन्दिरमा मेला र राजनीतिक जमघटको समापन भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ मा अवस्थित रहेको हडिया बाबा मन्दिरमा २०७८÷०८÷०५ गतेदेखि धार्मिक मेलाको शुरुवात गरिएको थियो । यस मेलामा साधुसन्त, धार्मिक व्यक्तिको उपस्थित अति न्यून रहेको देखियो तर मेलामा नेकपा माओवादी केन्द्र र अन्य कम्युनिष्ट पार्टीका नेता अधिकांश रुपमा देखिए । हडियाबाबा मन्दिर (आश्रम) को अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका कार्यकर्ता नन्दलाल वैश्य रहेका छन् । यस कारण आफ्नो पार्टीको प्रचार–प्रसार गर्ने उद्देश्यले उनले सभासद नमूना के.सी.लाई प्रमुख अतिथी बनाई भाषण फलाक्न लगाए । बोल्ने क्रममा सभासद के.सी.ले बाँके जिल्लामा हडिया बाबाको आश्रम आस्थाको केन्द्र बिन्दु हो । यस कारण यसको पर्यटकीय रुपमा विकास हुनुपर्छ । यसको साथै नरैनापुर गाउँपालिकामा रहेको सन्तानेश्वर महादेव, बर्फानी बाबा आश्रमलाई पनि पर्यटकीय रुपमा विकास गर्न सकिन्छ । यस्तो कार्यहरुले गर्दा बाँकेमा पर्यटनलाई बढावा दिन सकिन्छ उनले भनिन । तर डुडुवा गाउँपालिकामा कम्मर शाहबाबाको ठूलो मजार छ, यसको पनि पर्यटकीय रुपले विकास हुनुपर्छ यस्तो भन्न उनले कन्जुस्याई गरेको पाईन्छ । विगतलाई हेरियो भने हडिया बाबा र कम्मर शाह बाबा बीच आपसी घनिष्टता जियो । कम्मर शाह बाबा कुन धर्म मान्ने सन्त थिए, यस बारे यथेष्ट जानकारी प्रमाणिक रुपमा छन् । तर उनी दुबैमा घनिष्टता रहेकोले यी दुबै सन्तले भण्डारा कार्यक्रमको आयोजना गर्दा सधैं साथसाथै देखिन्थे । यस्तो कुरा अग्रजहरुले बताउँछन् । एक पटक हडिया बाबाले भण्डारा कार्यक्रमको आयोजना गर्दा घिउको कमी भयो, यस समय उनले राप्ती मैय्या (गंगा मैय्या) सँग घिउ उधारोमा मांगेर ल्याउ भन्दा उनीका शिष्यहरु सिधनियाँ घाट स्थित राप्ती नदीमा पुगी उधारोमा माता गंगा सँग घिउ लिएर आएका थिए । भण्डारा कार्यक्रमको समापन भएपछि जति घिउ उधारोमा मांगेर ल्याईएको थियो, पछि गंगा मैय्यालाई फिर्ता पठाईयो यस्तो विभिन्न वृतान्तहरु पाईन्छ ।


विगतमा दशकौं अघि हडिया बाबा मेलाको आयोजना हुँदा भारतबाट शंकराचार्य लगायत प्रख्यात सन्त महात्माहरु हात्ती, ऊँटमा बसेर कार्यक्रममा सहभागी हुन आएका थिए । तर अहिले नन्दलाल वैश्यको अध्यक्षतामा रहेको हडिया बाबाको कार्य समितिले मेलामा कम्युनिष्ट नेताहरुको जमघटलाई महत्व दिएको पाईन्छ । मंसिर ५ गते आईतबारदेखि शुरु भएको मेलामा राजनीतिक व्यक्तिको जमघट लगाईएकोले यसको यहाँ तिब्र निन्दा र विरोध भएको छ । हडिया बाबा मन्दिर प्राचीन रहे पनि जति यसको विकास हुनु पथ्र्यो, सो प्रकारको विकास हुन सकेको छैन । हडिया बाबा आश्रम शैवौं सम्प्रदायको भएकोले यहाँ वैष्णव समुदायको उपस्थिति रहनु हुँदैन, तर विवादको कारण मन्दिरको दक्षिणतर्फ वैष्णव समुदायको मन्दिर निर्माण भईसकेको छ । केही वर्ष अघि वैष्णव समुदायका अनुयायीहरुले मन्दिरको जग्गा आधी–आधी बाडफाँड हुनपर्ने समेत मांग उठाएका थिए । तर पछि यो विवाद साम्य पारियो । त्यस्तै मन्दिरसँग प्रशस्त सम्पत्ति छ । सो सम्पत्ति हिनामिना भएको लामो समयदेखि आरोप लाग्दै गएको छ । अध्यक्ष नन्दलाल वैश्य मन्दिरको सम्पत्ति पारदर्शी बनाउन कुनै प्रयास गरेको देखिन्दैन । अहिले अध्यक्ष वैश्यले मेला आयोजनको आडमा विशेष पार्टीका नेताको जमघट लगाई विशेष पार्टीलाई यहाँ राजनीतिक रोटी सेक्ने मौका दिएका छन् ।


यसकारण अहिले विभिन्न धार्मिक व्यक्तित्वहरुले नन्दलाल वैश्य हडिया बाबा आश्रमको अध्यक्ष हुन, कि नेकपा माओवादी केन्द्रको प्रचार प्रसार गर्न त्यहाँ खटिएका हुन, यसबारे समेत प्रश्न उठन थालेको छ । स्थानीय निर्वाचन नजिकिंदै रहँदा अहिले वैश्यको खुबै सक्रियता बढेको छ । यस कारण उनी समाजसेवाको अतिरिक्त धार्मिक आड लिएर चर्चा पाउने प्रयासमा छन् । वैश्य करीब दर्जनौं संघ संस्थाका अध्यक्ष रहेका छन् । तर करीब करीब सम्पूर्ण संघ संस्थाको गतिविधि शुन्यमा छ । तर अहिले हडियाबाबा मेलाको आयोजना गर्न सक्रियता बढाउने देखाई उनले कसौधन वैश्य समाजको समेत सक्रियता बढाउने प्रयास गरेका छन् । कसौधन वैश्य समाजबाट नै बा“के जिल्लाका पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी स्व. श्रीराम गोपाल वैश्य स्मृति प्रतिष्ठान विधिवत दर्ता गराईएको थियो । जस प्रतिष्ठानको अध्यक्ष नन्दलाल वैश्य नै छन् । यस प्रतिष्ठानबाट उनको राजनीतिक स्वार्थ पुरा नहुने ठानी प्रतिष्ठानलाई डुबाएको देखिन्छ । यसका पदाधिकारीले प्रतिष्ठानलाई बचाउन केही दिन अघि साधारण सभाको आयोजना गरेका थिए । तर अध्यक्ष वैश्यको ईशारामा सो साधारण सभा असफल भयो । प्रतिष्ठानको १ लाख ५० हजार भन्दा बढी रकम नन्दलाल वैश्य र एक अन्य व्यक्तिको नाममा व्यक्तिगत बचत खातामा जम्मा छ । यस प्रकार २ वर्षे कार्यकालमा करीब ३४ हजार रकमको नोक्सानी भएको छ । वैश्यको असमक्षताको कारण प्रतिष्ठानको नविकरणसम्म हुन सकेको छैन । प्रतिष्ठान दर्ता हुन लाग्दा बाँके जिल्लाका १ जना प्रतिष्ठित सम्मानित व्यापारीले यसलाई १० लाख रकम सहयोग गर्नेछु बाचा गर्दा पनि समयमा वैश्य सो रकम लिन पुगेनन, जसका कारण प्रतिष्ठान आर्थिक समस्याबाट गुज्रिन्दैछ । यही पुस ४ गते प्रेस स्वतन्त्रता सेनानी स्व. श्रीराम गोपाल वैश्यको वार्षिक पुण्यतिथी छ । तर अध्यक्ष वैश्यको उदासिन रवैयाको कारण यस वर्ष वार्षिक पुण्यतिथी नमनाईने जस्तो अवस्था बनेको छ ।


अध्यक्ष वैश्य सबै ठूलो सानो संघ संस्थाको अध्यक्ष रहने तर काम पटक्कै पनि नगर्ने रवैयाको कारण धेरै जसो संघ संस्था निस्क्रिय बन्न पुगेका छन् । यस बीच उनले राजनीतिमा सस्तो लोकप्रियता पाउन धार्मिक मेलाको आड लिईने र कसौधन वैश्य समाजको गतिविधि प्रस्तुत गर्ने कुराले यहाँका वैश्य समुदाय नै उनीबाट असन्तुष्ट रहेको देखिन्छ ।
हरेक वर्ष लाग्ने हडिया बाबा मेलामा रामलिला नाटकको मञ्चन गर्ने यहाँ धनुष यज्ञ नाटकको प्रस्तुति हुने गरेको थियो । यस्तो धनुष यज्ञ कार्यक्रम ५० औं वर्षदेखि आयोजित हुँदै आएको थियो । हडिया बाबा आश्रम ‘मन्दिर’ का अध्यक्ष नन्दलाल वैश्यले सो ५० औं वर्ष पुरानो परम्परा समाप्त पार्दै रामलीला नाटक मञ्चन र धनुष यज्ञको सट्टा श्रीकृष्ण लीला नाटक मञ्चनको आयोजना गराएका छन् । अध्यक्ष नन्दलाल वैश्य विगतदेखि मर्यादा पुरुषोत्तम भगवान श्री रामको अनदेखा गर्ने र भगवान श्रीकृष्णको महिमा मण्डन गर्दै आएका छन् । उनीले यस्तो किन गरेका हुन कि उनीको नाम भगवान श्रीकृष्णको १ नाम नन्दलाल रहेको छ । यसकारण कृष्णलाई माथि उठाएर श्रीरामलाई अनदेखा गरे । यसबाट आफूलाई राजनीतिक लाभ मिल्नेछ । यो कुरा बुझी मात्र श्रीकृष्णसँगको कार्यक्रमको आयोजना गर्ने कुरामा उनी जोड दिँदै आएका छन् । आजदेखि ८ लाख वर्ष अघि भगवान श्रीरामले जुन आफ्नो आदर्श र मर्यादा प्रस्तुत गर्नुभयो, यस कारण उहाँ सम्पूर्ण भू–मण्डलमा विख्यात रहनु भएको छ । यसको उदाहरण अहिले इण्डोनेशिया जस्तो देश बनेको छ । तर अध्यक्ष नन्दलाल बैश्य जहिले पनि भगवान रामलाई पछाडि पार्ने र कृष्णलाई माथि उठाउने कार्यले यहाँ उनीको क्षवि यहाँ बिग्रेको छ । हडिया बाबा मेलामा धनुष यज्ञ कार्यक्रम आयोजित गर्ने ५० औं वर्ष पुरानो परम्परा लोप उनीबाट नगरबासी धेरै नै रुष्ट रहेको देखिन्छन् । रामको अपमान गर्ने भएको यसबाट बुझिन्छ, यसको कारण छ, नेपालगन्ज उपमहानगरापालिका भित्र बस्ने जुन पनि जात–जाति सम्प्रदायको व्यक्ति हुन सबैको पुर्खा भने एउटै नै हुन, यसकारण सबै जात–जाति सम्प्रदाय लि·का व्यक्ति अगामी समय वैश्यको बहिष्कार गर्ने करीब करीब मनसाय बनाएको देखिन्छ । यो कुरा हडिया बाबा मेलाको उद्घाटन कार्यक्रममा देखियो । माओवादी नेताहरुले आ–आफ्नो विचार राखी सकेपछि वैश्य अध्यक्षले समापन भाषण गर्न लाग्दा त्यहाँ उपस्थित व्यक्तिहरुले उनीको भाषण मन नपराई कार्यक्रम छाडी जाना लागे । यो कुरा अहिले धेरै चर्चामा रहेकोले वैश्यको लोकप्रियता धेरै नै घटेको सर्वत्र नै महसुस गर्न थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *