Thursday, April 23सत्यम खबर
Shadow

श्रीराम–जानकी विवाह महोत्सवको तयारी पुरा, आज भगवान श्रीरामको तिलकोत्सव गरिने

नेपालगन्ज, ११ मंसिर – श्रीराम जानकी विवाह महोत्सवको तयारी पुरा गरिएको छ । आज शनिबार दिन साँझ नेपालगन्ज उपमहानगरपालिका ७ स्थित राम जानकी मन्दिरबाट त्रिभुवन चोक स्थित राम जानकी द्वारिकाधीश मन्दिरमा भगवानको तिलकोत्सव गरिनेछ ।
श्रीराम जानकी विवाह महोत्सव ०७८÷०८÷२२ गते बुधबारदिन रहेको छ । विवाह महोत्सवको अवसरमा भगवान रामको जन्ती सदरलाईन, विस्कोरियन टोल हुँदै शहीद दशरथ चन्द टोल वडा ७ स्थित राम जानकी मन्दिरमा पुग्ने छ । यहाँ पहिले भगवान श्रीरामको माता जानकी सँग बिहे गराउने परम्परा निर्वाह गरिनेछ । सो पछि उपमहानगरपालिकामा रहेको विभिन्न वर–वधुको विवाह कार्यक्रम आयोजित गर्नेछ ।
अहिले यस कार्यक्रममा वर–वधुको बिहे गर्ने तयारी चलिरहेकोले इच्छुक वर–वधु यहाँ आफ्नो नामांकन गराई रहेका छन् । मन्दिर समितिका अध्यक्ष राम प्यारे बर्माले यस कार्यक्रममा उपमहानगरपालिका ८ नं. वडा बस्ने मेडईलाल बंशकारकी छोरी र फुल्टेक्रा बस्ने एक जना बंशकारको छोराको यहाँ विवाह गराउने करीब करीब निश्चित भई सकेको छ ।


सामुहिक विवाहमा नामांकन गराउन अध्यक्ष राम प्यारे बर्माको मो.नं. ९८४८०२३७५५ त्यस्तै कोषाध्यक्ष रमेश नागको मो.नं. ९८४७०५६२२८ र मन्दिरका पुजारी प० वीरेन्द्रकुमार शर्माको मो.नं. ९८१५५४०६९२ मा सम्पर्क गर्न आग्रह गरिएको छ । विवाह कार्यक्रममा लाग्ने खर्च मन्दिर समितिले सबैको सहयोगमा बहन गर्ने जानकारी समेत गराईएको छ ।
भगवान श्रीरामको जन्ती लागि मन्दिर समितिले ७ नं. वडाको रानी तलाऊ महेन्द्र माध्यमिक विद्यालयको मूल गेटदेखि पुरानो गगनगंज मोड सल्यानी बाग सम्म आकर्षक गेट लगाई सिंगार्ने छ । यसको लागि सबै तर्फबाट सहयोग भईरहेको छ । मन्दिर समितिको अध्यक्ष पदमा राम प्यारे बर्मा, उपाध्यक्ष राम मिलन नेपाली र नितु चन्द ठकुरी रहेका छन् भने त्यस्तै सचिव कृष्ण चन्द्र श्रेष्ठ, कोषाध्यक्ष रमेशकुमार नाग र सदस्यमा रामगोपाल अग्रवाल, किशोर थापा (क्षेत्री), लक्ष्मण के.सी. ढकाल, गणेश श्रेष्ठ, लक्ष्मी श्रेष्ठ रहेका छन् । यस मध्ये उत्तम के.सी.को केही दिन अघि स्वर्गरोहण भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *