Monday, April 20सत्यम खबर
Shadow

समस्त हिन्दुहरुको प्रतिनिधित्व गर्ने राष्ट्र नेपाल थियो : सन्तश्री राजुदास

लुम्बिनी, २३ मंसीर – लुम्बिनी साँस्कृतिक नगरपालिकाले वडा न.१ मा श्रीरामजानकी हनुमान मन्दिर निर्माणका लागि एक भव्य समारोहका बीच शिलान्यास कार्यक्रम सम्पन्न गरेको छ । शिलान्यास राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष तथा प्रमुख अतिथि गणेशप्रसाद तिमिल्सिनाले गरेका हुन् ।
एक विगहा एक कट्ठा क्षेत्रफलमा रू. ५ करोड ४८ लाख ७४ हजार ४९ को लागतमा संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको ६५ प्रतिशत रकम र नगरपालिकाको ३५ प्रतिशत रकम सहभागिताको लगानीमा सो मन्दिर एक वर्ष ६ महिनामा तयार गरिने योजना रहेको बताइएको छ ।
यसमा मूख्य रूपमा रामजानकी हनुमान मन्दिर निर्माण गरिनेछ, जुन २ हजार वर्ग फिटमा रहनेछ । धर्मशाला, क्यान्टिन, बाउण्ड्रीवाल, जलाशय र चर्पी निर्माण गरिनुका साथै सो स्थानमा माटो पुर्ने कार्य गरिनेछ । यस कार्यको ठेक्का यसै मंसिर महिना १५ गते स्वीकार भएर निर्माणका लागि ठेकदार कम्पनीसित सहमति भइसकेको नगरपालिकाका इन्जिनियर राजेश कोहारले बताए ।


शिलान्यासका लागि लुम्बिनी स्थित मायादेवी पोखरीबाट जल भरेर शुरू भएको कलश यात्रा नगर परिक्रमा गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.१ स्थित खुनगाई भगवानपुरमा निर्धारित मन्दिर परिसरमा सो शिलान्यास गरिएको हो । यसका लागि भारतको अयोध्याबाट राम जन्मभूमिको पवित्र माटो र सिताराम नामक ईटा समेत ल्याइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले नगरप्रमुख चौधरीको चासोले बन्न लागेको यस मन्दिरले समाजमा शान्ति तथा स्थिरता कायम गर्ने बताए । यसले भारतको अयोध्यासित समेत सम्बन्ध स्थापित गर्नेछ, भने ।
विशेष अतिथि मित्रराष्ट्र भारत अयोध्या हनुमानगढीका पूज्य संतश्री राजू दासले विश्वमै नेपाल हिन्दु देश थियो, समस्त हिन्दुत्वको प्रतिनिधित्व गर्दै थियो तर जनताको चाहना विपरित धर्म निरपेक्ष बनाइयो । विश्व कै षडयन्त्रको तहत हिन्दुत्वको पहिचान मेटाउने कार्य भयो । मेरो आग्रह छ, राष्ट्रिय सभाका अध्यक्ष लगायत समस्त नेपालीजनमा कि नेपाललाइ पुनः हिन्दु देश घोषित गरियोस् ।
विशेष अतिथि हिन्दु परिषद नेपालका अध्यक्ष सन्तोष पटेलले भारतले जुन समस्या झेल्दै आएको छ, भविश्यमा नेपाल तथा नेपालीले झेल्न नपरोस् भन्दै हिन्दु तथा मुस्लिमबीच आपसी एकता कायम रहिरहनु पर्ने कुरामा जोड दिए ।
शिलान्यास कार्यक्रमका अध्यक्षता गरिरहेका लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरीले अयोध्याधाम र लुम्बिनीबीच भगिनी सम्बन्ध स्थापित गर्ने योजना मुताबिक हामी अगाडि बढेका छौं । गौतम बुद्ध जन्मेको स्थल लुम्बिनी र भगवान श्रीरामचन्द्र जन्मेको स्थल अयोध्याबीच भगिनी सम्बन्ध कायम गरि यस दुबै स्थललाई सिस्टर सिटिको रूपमा विकास गर्न चाहेका छौं भने ।
शिलान्यास कार्यक्रम लुम्बिनी सास्कृतिक नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरीको अध्यक्षता, राष्ट्रिय सभाका सम्माननिय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो ।
कार्यक्रममा मित्रराष्ट्र भारत अयोध्या हनुमानगढिका पूज्य संत श्री राजू दासजी महाराज महन्तको बिशेष आतित्थ्यता, यसै गरि राष्ट्रिय सभाका प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक माननीय खिमलाल भट्टराईको विशिष्ट आतित्थ्यता, संघीय संसद माननीय डा. सुर्य पाठकको विशिष्ट आतित्थ्यता, लुम्बिनी गार्डेन फाउन्डेसन स्पेनका संस्थापक उपाध्यक्ष गोविन्द सुबेदीको विशिष्ट आतित्थ्यता, हिन्दु परिषद नेपालका अध्यक्ष सन्तोष पटेलको विशिष्ट आतित्थ्यता, भारत उत्तर प्रदेशका धार्मिक महानुभाव लगायत, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि र नगरवासीको उपस्थितिमा सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *