Sunday, August 16सत्यम खबर
Shadow

खेल

प्रथम बागेश्वरी कपः भैरवप्रसाद गण, न्यू डाँफे र रोयल विजयी

प्रथम बागेश्वरी कपः भैरवप्रसाद गण, न्यू डाँफे र रोयल विजयी

CoVid19, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १९ असोज – नेपालगन्ज रंगशालामा जारी प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगितामा नेपाली सेनाको भैरवप्रसाद गण, न्यू डाँफे र आयोजक रोयल नेपालगन्ज फुटबल क्लव विजयी भएका छन् । सोमबारको पहिलो खेलमा भैरवप्रसाद गणले युनाइटेड क्लवलाई ३–० गोल अन्तरले पराजित ग¥यो । भैरवप्रसादको तर्फबाट खेमराज शर्माले ५६ र ६८ मिनेट र संगम चौधरीले ६१ मिनेटमा गोल गरेका थिए । भैरवप्रसाद गणले एक गोलको अग्रता लिएसँगै गणपति प्रमुख सेनानी जनमत कार्की मैदानमा प्रवेश गरेका थिए । यो खेलमा आर्मीका युद्ध शाही म्यान अफ म्याच भए । उनलाई ओलम्पिक कमिटीका कोषाध्यक्ष रतन टण्डनले पुरस्कृत गरे । दोस्रो खेलमा न्यू डाँफेले सडेन डेथमा रेसिङ साहरालाई ६–५ गोलले पराजित ग¥यो । निर्धारित समयमा दुवै टोलीले एक÷एक गोल गरेका थिए । न्यू डाँफेका प्रेम सुनारले ७ मिनेटमै गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । रेसिङका निराजन शाहीले २३ मिनेटमा...
प्रथम बागेश्वरी कपः भैरवप्रसाद गण विजयी

प्रथम बागेश्वरी कपः भैरवप्रसाद गण विजयी

CoVid19, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १८ असोज – रोयल नेपालगन्ज फुटबल क्लवले आयोजना गरेको प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगितामा नेपाली सेनाको भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझा विजयी भएको छ ।भैरवप्रसाद गणले युनाइटेड क्लवलाई ३–० गोलले पराजित गरेको छ । भैरवप्रसाद गणलाई खेमराज शर्माले ५६ मिनेटमा अग्रता दिलाएका थिए । ६१ मिनेटमा संगम चौधरीले गोल गर्दै भैरवप्रसाद गणको अग्रता फराकिलो बनाए । ६८ मिनेटमा खेमराज शर्माले अर्को गोल गरेपछि भैरवप्रसाद गण सहजै विजयी भएको थियो ।मध्यान्तरसम्ममा कडा चुनौती दिएको युनाइटेड क्लव पहिलो गोल खाएपछि खस्किएको थियो । एक गोलको अग्रतापछि भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की नै मैदानमा उत्रिएका थिए । गणपति नै मैदानमा उत्रिएपछि सेनाको खेलाडीको हौसला अझ बढेको थियो ।यो खेलमा भैरवप्रसाद गणका युद्ध शाही म्यान अफ द म्याच भए । उनलाई ओलम्पिक कमिटीका कोषाध्यक्ष रतन टण्डनले पुरस्कृत गरे ।ने...
प्रथम बागेश्वरी कपः न्यू डाँफे र नवदुर्गा विजयी

प्रथम बागेश्वरी कपः न्यू डाँफे र नवदुर्गा विजयी

CoVid19, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ असोज – नेपालगन्ज रंगशालामा जारी प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगितामा न्यू डाँफे स्पोर्टस क्लव र नवदुर्गा युथ क्लव विजयी भएका छन् । न्यू डाँफेले सिटी युथ क्लव र नवदुर्गाले दंगा प्रहरीलाई पराजित गरेको हो ।पहिलो खेलमा न्यू डाँफेले सन्देश गुरुङको ह्याट्रिकसहित सिटी युथलाई ५–० गोलले पराजित ग¥यो । एकतर्फी भएको खेलमा न्यू डाँफेले २७ मिनेटमा सन्देशको गोलबाट अग्रता लिएको थियो । ४७ र ८० मिनेटमा गोल थप्दै सन्देशले ह्याट्रिक गरे । न्यू डाँफेका दिपेन्द्रराज सिंहले ५६ र विमल बस्नेतले ६२ मिनेटमा गोल गरेका थिए ।प्याड नभएका कारण सिटी युथ क्लव शुरुवाती केही समय दश जनामात्रै खेलेका थिए । खेलको अन्तिमतिर फेरि सिटी दश खेलाडी मै सीमित भएको थियो । सिटीका आयुश कर्माचार्य दोहोरो पहेलो कार्ड पाएपछि बाहिरिएका थिए । यो खेलमा न्यू डाँफेका सन्देश म्यान अफ द म्याच भए । उनलाई एन्फाका पूर्व उपाध्यक्ष गो...
प्रथम बागेश्वरी कप : धम्बोझी र रेसिङ साहरा विजयी

प्रथम बागेश्वरी कप : धम्बोझी र रेसिङ साहरा विजयी

CoVid19, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १६ असोज – रोयल नेपालगन्ज फुटबल क्लवले आयोजना गरेको प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगितामा नेपालगञ्जको धम्बोझी क्लव र कोहलपुरको रेसिङ साहराले विजयी शुरुवात गरेका छन् ।नेपालगन्ज रंगशालामा चलिरहेको प्रतियोगितामा धम्बोझी क्लवले मोडेल टीम र रेसिङ साहराले न्यू भगवतीलाई पराजित गरेका हुन् ।पहिलो खेलमा धम्बोझीले मोडेल टीमलाई ३–१ गोलले पराजित ग¥यो । धम्बोझीले प्रशान्त केसीको गोलबाट ४५ मिनेटमा अग्रता लिएको थियो । ७४ मिनेटमा मिलनध्वज सलामीको गोलमा धम्बोझीले अग्रता बढायो । ८० मिनेटमा फेरि प्रशान्तले धम्बोझीका लागि अर्को गोल थपे । मोडेलका तर्फबाट सरोज खत्रीले ८२ मिनेटमा एक गोल गरेका थिए । पहिलो हाफसम्म राम्रो प्रतिस्पर्धा गरिरहेको मोडेल त्यसपछि खस्किएको थियो । पहिलो हाफमा धम्बोझीले भन्दा गोलका अवसर मोडेलले पाएको थियो । त्यो अवसरलाई मोडेलले सदुपयोग गर्न सकेन ।खेलमा धम्बोझीका प्रशान्त...
बागेश्वरी नकआउट फुटबल प्रतियोगितामा १४ वटा क्लव भिड्दै

बागेश्वरी नकआउट फुटबल प्रतियोगितामा १४ वटा क्लव भिड्दै

CoVid19, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १४ असोज – रोयल नेपालगन्ज फुटबल क्लवले आयोजना गरेको ‘प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगिता’मा १४ वटा क्लवले भाग लिएका छन् ।क्लवले बिहीबार अपरान्ह पत्रकार सम्मेलन गरेर प्रतियोगिताका बारेमा जानकारी दिएको छ । प्रतियोगिता शुक्रबारदेखि नेपालगन्ज रंगशालामा शुरु हुँदैछ । क्लवका अध्यक्ष सूर्यमणि अधिकारीका अनुसार, न्यू भगवती क्लव, जानकी गाउँपालिका, सिटी युथ क्लव कोहलपुर, युनाइटेड क्लव नेपालगन्ज, न्यू डाँफे स्पोर्टस क्लव खजुरा, कर्णाली प्रदेश दंगा नियन्त्रण प्रहरी गण नेपालगन्ज, सनलाइट युथ क्लव हसनापुर, हेल्थ बिनिफिटनेस नेपालगन्ज, मोडेल टीम सीगाउँ, धम्बोझी क्लव, नेपालगन्ज, नव दुर्गा युथ क्लव कम्दी, साइनिङ स्टार युथ क्लव भैरवप्रसाद गण, राँझा, रेसिङ साहरा क्लव कोहलपुर र रोयल नेपालगन्ज फुटबल क्लव, नेपालगन्जले प्रतियोगितामा भाग लिएका छन् ।प्रतियोगिताको विजेतालाई एक लाख एघार हजार एक सय ...
रोयलले एक लाख पुरस्कार रहेको फुटबल प्रतियोगिता गराउदै

रोयलले एक लाख पुरस्कार रहेको फुटबल प्रतियोगिता गराउदै

CoVid19, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ६ असोज – नेपालगन्जमा एक लाखबढी पुरस्कार रहेको फुटबल प्रतियोगिता हुने भएको छ । रोयल नेपालगन्ज फुटबल क्लवले असोज १५ गतेदेखि नेपालगन्ज रंगशालामा प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगिता गर्न थालेको हो ।बाँके जिल्लाका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले क्लवले प्रतियोगिता गर्न थालेको रोयलका अध्यक्ष एवं एन्फा लुम्बिनीका उपाध्यक्ष सूर्यमणि अधिकारीले जानकारी दिनुभयो ।प्रतियोगिताका लागि असोज ११ गतेसम्म टीम दर्ता राखिएको छ । बाँके जिल्ला फुटबल संघ, राष्ट्रिय खेलकुद परिषद्, जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकार मध्ये कुनै एकमा दर्ता भएका क्लवले प्रतियोगितामा भाग लिन पाउने नियम बनाइएको छ । प्रतियोगितामा भाग लिने खेलाडी बाँके जिल्लावासी हुनु पर्नेछ । विभागीय क्लवको हकमा बाँके जिल्लामा कार्यरत हुनुपर्नेछ । प्रतियोगिताको विजेताले एक लाख एघार हजार एक सय एघार रुपैया, मेडल, ट्रफी र प्र...
प्रहरीको अगुवाईमा सर–सफाई कार्यक्रम सम्पन्न !

प्रहरीको अगुवाईमा सर–सफाई कार्यक्रम सम्पन्न !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
महेश चौधरीडुडुवा, भाद्र २६–सहयोगी युवाहरुको संजालको सहयोगमा डुडुवा गाऊँ पालिका वडा नं.१ अन्तर्गत रहेको खडैचा इलाका प्रहरी कार्यालयको आयोजनामा सर–सफाई कार्यक्रम सम्पन्न भएको छ । डुडुवा १ का वडा अध्यक्ष पटेश्वरी प्रसाद बर्माको सभापतित्व र सशस्त्र प्रहरी निरिक्षक हिमाल के.सी.को प्रमुख आतिथ्यमा शुरु भएको सर–सफाई कार्यक्रममा अतिथीहरु वडा सदस्य राम सागर लोनिय, शान्ति पुर्नस्थापना गृहकी अंजली शर्मा, बुद्धिजीवि कृष्ण गोपाल यादव, समाज सेवी बृजलाल यादव, वारिस शेष, कनिक तारा पासी, शुष्मा यादव, बृजु बर्मा लगायतको उपस्थितीमा इलाका प्रहरी कार्यालय खडैचा देखी शुरु भएको सर–सफाई कार्यक्रम पिपरहवा गाऊँ, पिपरहवा चौक, खडैचा गाऊँ, कधैपुर्वा हुंदै १ नं.वडा कार्यालयको परिसरको सर–सफाई गरी कार्यक्रम समापन भएको हो । इलाका प्रहरी कार्यालय खडैचाका इंचार्ज खिम बहादुर डांगीले अतिथीहरुको स्वागत गर्दै सबैला...

डुडुवा ३ मा भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न !

CoVid19, अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
महेश चौधरीडुडुवा, भाद्र १८–आज नेकपा एमाले डुडुवा गाऊँ पालिका वडा नं.३ को वडा कमिटीमा भेटघाट तथा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष बुधई यादवको अध्यक्षता र नेकपा एमाले प्रदेश सदस्य घननाथ खनालको प्रमुख आतिथ्यमा शुरु भएको कार्यक्रममा अतिथी नेकाप एमाले जिल्ला सचिवालय सदस्य सोभाखर अधिकारी र अनिता पौडेल, जिल्ला सदस्य तथा डुडुवा ३ का इंचार्ज मोहम्मद सगीर खाँ, किसान संगठनका सदस्य राम सागर मुराउ, मंगते हरिजन, राम फेरन यादव, डुडुवा गाऊँ पालिका सदस्य शिव कुमार बर्मा, ननका गोडिया लगायत रहनु भएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अतिथी सगीर खाँले यस गाऊँ पालिकामा भई रहेको पक्षपात, बिभेद, भ्रष्टाचारको अन्त्य गरी शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र बिभेद रहित समुन्नत समाजका लागि नेकपा एमाले सरकारको बिकल्प नभएको दाबी गर्नु भएको छ । नेकपा एमाले ले जितेको स्थानिय...

अबिरल बर्षाले घरहरु भस्किंदै !

अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
महेश चौधरीडुडुवा, भाद्र ११–अबिरल बर्षाका कारण बाँकेको डुडुवा गाऊँ पालिका वडा नं.१, २, ३, ४ र ५ को अधिकतर गाऊँहरु डुबानमा पर्ने सम्भावना बढदै गईरहेको छ । वडा नं.१ स्थित पिपरहवा र कन्धैपुर्वाको बीचमा रहेको सडक डुडुवा खोलाले कटान गरी रहेको कारण स्थानीयहरु आवत जावतमा समस्या हुने भनी गुनासो गरेका छन । उक्त बाटो कटे हाम्रो गाऊँ डुबानमा पर्ने भनि स्थानिय वासीहरुको भनाई रहेको छ । डुडुवा खोला नजीक रहेको प्रायः जसो गाऊँहरु डुबानमा पर्ने सम्भावना बढीरहेको देखिन्छ । यसै गरी अबिरल बर्षाले गर्दा गाऊँ भित्र पानी जमी घरहरु भस्किरहेका छन । डुडुवा वडा नं.३ स्थित बनकटवा गाऊँमा आज परेको पानीले गर्दा गणेश खटिकको घर भस्किएको हो । राती पानी पर्दा घरको दिवाल खस्ने आवाज आउने बित्तिकै घरबाट बाहिर भागी आएको, घरमा रहेको लत्ता कपडा, धान गहूं समेतको नोक्सानी भएता पनि मानवीय क्षति नभएको कुरा खटिकले बताउनु ...

दिनेश खटिकको अध्यक्षतामा वडा कमिटी गठन !

अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि
महेश चौधरीडुडुवा, श्रावण ११–आज नेकपा एमाले डुडुवा गाऊँ पालिकाले वडा नं.१ मा स्थानिय वासीहरुको भेला गरी दिनेश खटिकको अध्यक्षतामा वडा कमिटी गठन गरेको छ । जिल्ला सदस्य सत्य नारायण बर्माको प्रमुख आतित्थ्य र जिल्ला सदस्य मो.सगीर खाँ, अनेरास्वबियूका महेश बर्मा लगायतको अतिथ्यमा भएको भेलाले उपाध्यक्षमा धु्रव कुमार चौधरी र खुल्बत दर्जी, सचिव भिखू बढही, सह–सचिव प्रदीप मौर्य, कोषाध्यक्ष मिठाई लाल हरिजन त्यसै गरी सदस्यमा झगरु लोनिया लगायत ३१ सदस्यीय वडा कमिटी गठन गरेको हो । उक्त भेलालाई सम्बोधन गर्दै सत्य नारायण बर्माले यस गाऊँ पालिकामा भई रहेको पक्षपात, बिभेद, भ्रष्टाचारको अन्त्य गरी शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र बिभेद रहित समुन्नत समाजका लागि नेकपा एमाले सरकारको बिकल्प नभएको दाबी गर्नु भएको छ । गा.बि.स.को बेलामा २० लाख बजेट आउने गथ्र्याे अनि लक्षित वर्गको लागि बजेट बिनियोजन भई उनीहरुको...