Thursday, September 25सत्यम खबर
Shadow

रोयलले एक लाख पुरस्कार रहेको फुटबल प्रतियोगिता गराउदै

नेपालगन्ज, ६ असोज – नेपालगन्जमा एक लाखबढी पुरस्कार रहेको फुटबल प्रतियोगिता हुने भएको छ । रोयल नेपालगन्ज फुटबल क्लवले असोज १५ गतेदेखि नेपालगन्ज रंगशालामा प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगिता गर्न थालेको हो ।
बाँके जिल्लाका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले क्लवले प्रतियोगिता गर्न थालेको रोयलका अध्यक्ष एवं एन्फा लुम्बिनीका उपाध्यक्ष सूर्यमणि अधिकारीले जानकारी दिनुभयो ।
प्रतियोगिताका लागि असोज ११ गतेसम्म टीम दर्ता राखिएको छ । बाँके जिल्ला फुटबल संघ, राष्ट्रिय खेलकुद परिषद्, जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकार मध्ये कुनै एकमा दर्ता भएका क्लवले प्रतियोगितामा भाग लिन पाउने नियम बनाइएको छ । प्रतियोगितामा भाग लिने खेलाडी बाँके जिल्लावासी हुनु पर्नेछ । विभागीय क्लवको हकमा बाँके जिल्लामा कार्यरत हुनुपर्नेछ ।


प्रतियोगिताको विजेताले एक लाख एघार हजार एक सय एघार रुपैया, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । द्वितिय हुनेलाई ५१ हजार एक सय एघार रुपैया, मेडल, ट्रफी र प्रमाणपत्र राखिएको छ । बाँकेमा फुटबल संघमा एघार वटा क्लव आवद्ध छन् । त्यसबाहेक राखेप, जिल्ला प्रशासन कार्यालय वा स्थानीय सरकारमा दर्ता भएका गरी डेढ दर्जनबढी क्लवले प्रतियोगितामा भाग लिने क्लवका महासचिव दीर्घराज आचार्यले जानकारी दिनुभयो ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले नेपालगञ्ज रंगशालामा प्रतियोगिता गराउन र खेलाडीलाई अभ्यास गर्न दिन थालिसकेको छ । निश्चित मापदण्ड पुगेका खेलाडीलाई रंगशालामा नियमित अभ्यास गर्न दिने तयारी भइरहदा असोज १५ गतेदेखि नै एक लाख बढी पुरस्कार रहेको प्रतियोगिता हुन थालेको हो ।
बाँके जिल्लाका खेलाडीलाई फोकस गरेर आयोजना गरिएको प्रतियोगिताबाट जिल्लाको टीम बनाउन सघाउ पुग्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *