Sunday, August 16सत्यम खबर
Shadow

खेल

‘नेपाललाई खेलाडीको देश भनेर अन्तर्राष्ट्रिय स्तरमा चिनाउने’- मन्त्री अथक

‘नेपाललाई खेलाडीको देश भनेर अन्तर्राष्ट्रिय स्तरमा चिनाउने’- मन्त्री अथक

CoVid19, आस्था, खेल, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ३० असाेज - गृह जिल्ला पुगे लगत्तै छुट्टिकाे बेला समेत अति व्यस्त रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक) बाँकेका पत्रकारहरूसँग सुझावसहितकाे अन्तरक्रिया सम्पन्न गरेका छन् । दशैंसँगै विभिन्न भेटघाट तथा कार्यक्रमहरुमा सहभागी हुँदै आउनु भएका मन्त्री अथकलाई आज शनिबार नेपालगन्जमा बधाई, अभिनन्दन तथा अन्तरक्रिया सम्पन्न गरिएको छ । प्रेस सेन्टर नेपाल बाँके शाखाले आयोजना गरेको कार्यक्रममा मन्त्रि अथकले सबैको सुझाव, परामर्श अनुसार आफु अगाडी बढ्ने भन्दै नेपाललाई अब खेलाडीको देश भनेर अन्तर्राष्ट्रिय स्तरमा चिनाउने गरी काम गरिने प्रतिबद्धता गर्नु भएकाे छ । बाँकेमा क्रियाशिल पत्रकारहरुका बीचमा, मन्त्री अथकले भन्नुभयो, ‘सरकारका साझा नीति तथा कार्यक्रम छन, ३ बर्षमा खलबलिएको ब्यवस्थालाई सुधार गरी राजनीति तर्फ जनताको विश्वास जगाउनुका साथै बाँकेलाई प्राथमिकतामा राखी खेल जगतम...
चेन्नई चौथोपटक आईपीएलको बिजेता

चेन्नई चौथोपटक आईपीएलको बिजेता

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ३० असोज – कोलकाता नाइट राइडर्सलाई हराउँदै चेन्नई सुपर किंग्सले आईपीएल २०२१ को उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । शुक्रबार राति भएको खेलमा चेन्नई २७ रनले विजयी भएको हो । चेन्नईले प्रस्तुत गरेको १९३ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताले ९ विकेटको क्षतिमा १६५ रन मात्र बनाउन सक्यो । महेन्द्र सिंह धोनीको टोलीले चौथोपटक आईपीएलको उपाधि जितेको हो । यसअघि सन् २०१०, २०११ र २०१८ मा चेन्नईले उपाधि जितेको थियो । टस हारेर पहिलो ब्याटिङ गरेको चेन्नईले उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो विकेटका लागि ऋतुराज गायकवाड । फाफ डुप्लेसिसले ६१ रन जोडे । गायकवाड ३२ रन बनाएर आउट भए पनि प्लेयर अफ द म्यान चुनिएका डुप्लेसिसले विस्फोटक पारी खेल्दै ५९ बलमा ८६ रनको योगदान दिए । त्यस्तै, रोबिन उथप्पाले ३१ र मोइन अलीले नटआउट रहँदै ३७ रन बनाएपछि चेन्नईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १९२ रन बनायो । ...
नेपाली फुटवल टिमलाई इतिहास रच्ने अवसर

नेपाली फुटवल टिमलाई इतिहास रच्ने अवसर

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ३० असोज – २८ वर्ष पछि नेपाली फुटवल इतिहासमा नयाँ इतिहास रच्ने अवशर प्राप्त गरेको छ । आज नेपाल र भारत विच खेल हुँदै छ र यो खेलबाट विजयी भई उपाधी हात पारेमा फुटवल जगतमा नेपालले इतिहास रच्ने अवशर मिल्ने छ ।दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा नेपाली फुटवल टिमलाई इतिहास रच्ने अवशर प्राप्त गरेको छ । सन् १९९३ बाट सार्क गोल्डको नामबाट सुरु प्रतियोगिताले २८ वर्ष पार गरिसके पनि यो अवशर नेपाली टिमले प्राप्त गर्न सकेको थिएन । तर यस वर्ष भने फाइनलमा भिड्ने अवशर प्राप्त गरेको छ । यो अवशरसँगै नेपाली इतिहासमा फुटवलबाट इतिहास रच्ने अवशर समेत प्राप्त गर्ने भएको हो ।माल्दिभ्समा जारी १३ संस्करणको साफमा भने नेपाललाई इतिहास रच्ने अवसर छ । साफको इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको छ । र, नेपालले आज शनिबार भारतविरुद्ध उपाधिका लागि खेल्दैछ । भारतको साफ इतिहास फ...
युवा तथा खेलकुदमन्त्री’ले गरे चिलहरिया खेलमैदान को अनुगमन“

युवा तथा खेलकुदमन्त्री’ले गरे चिलहरिया खेलमैदान को अनुगमन“

CoVid19, अवधी, आस्था, खेल, प्रदेश ५, समाज
राप्तीसोनारी, २९ असोज – बाँकेको क्षेत्र नं १ राप्तीसोनारी गाउँपालिका अन्तर्गत पर्ने चिलहरियामा रहेको खेलमैदानको अनुगमन गर्दै मन्त्री’ले मैदानलाई अब व्यवस्थित पारिने प्रतिबद्धता जनाउनु भएको छ ।मन्त्री भएपछि विहिबार मात्र आफ्नो निर्वाचन क्षेत्र अथवा गृह जिल्ला आउनु भएका मन्त्री दशैंको रमझम छोडेर जनताको घरदैलोमा व्यस्त हुनुहुन्छ । बाँकेका विभिन्न ठाउँहरूमा जाँदै त्यहाँका जनता संग दशैंको शुभकामना आदानप्रदान र जनताका दुख पिडा र उनीहरूलाई आफुले सक्दो सहयोग गर्न नछोड्ने भन्दै प्रतिवद्धता गर्नु भएको छ । “युवा भनेको देशको शक्ति हो र खेल भनेको हाम्रो स्वास्थ्य र सिंगो राष्ट्रसंग जोडिएको हुनाले यसलाई व्यवस्थित गर्नु पर्दछ” मन्त्री अथकले भन्नुभयो । हिजो (मंगलबार) मात्र मुगु बस दुर्घटनाका घाईतेहरुको अबस्था बुझ्न अस्पताल पुग्नुभएको थियो ।नवनियुक्त युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) बाँके...
कोहलपुर क्रिकेट मैदानलाई महिला क्रिकेट एकेडेमीका रुपमा विकास गरिने : मन्त्री अथक

कोहलपुर क्रिकेट मैदानलाई महिला क्रिकेट एकेडेमीका रुपमा विकास गरिने : मन्त्री अथक

CoVid19, खेल, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २७ असाेज - नेकपा माओवादी केन्द्र बाँके क्षेत्र नं १ का सांसद महेश्वर गहतराज (अथक) पहिलो पटक युवा तथा खेलकुद मन्त्री भएपछि आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् । मन्त्री अथकलाई एरपोर्टसम्म पुगेर सैयौंको संख्यामा नेता कार्यकर्ताले फुलमाला र खादा ओढाएर भव्य स्वागत गरेका छन् । नेपालगन्ज विमानस्थलमा ओर्लिए लगत्तै मन्त्री गहतराजलाई कार्यकर्ता तथा शुभेच्छुकले भब्य स्वागत गरेका थिए ।गहतराजलाई कार्यकर्ताले नेपालगन्ज विमानस्थलबाट कोहलपुरसम्म मोटरसाईकल र्यालीसहित स्कटिङ गरेका थिए । छोटो सम्बोधनमा मन्त्री अथकले आफुले पाएको जिम्मेवारीलाई आफ्नो बलबुताले भ्याएसम्म युवा र खेल क्षेत्रलाई विगतको मन्त्री र सरकारले जस्तै नभएर आफुले अली भिन्नै तथा अग्रज, खेल विज्ञहरुको सल्लाह लिदै सक्षम तरिकाले अगाडि बढाउने बताउनुभयो । कोहलपुरस्थित शहिद स्मृती भवनमा आयोजित कार्यक्रममा मन्त्री गहतराजका साथै सांस...
नेपालगन्ज म्याराथन मंसिर ४ गते हुने, अनलाईन मार्फत दर्ता गर्न सकिने

नेपालगन्ज म्याराथन मंसिर ४ गते हुने, अनलाईन मार्फत दर्ता गर्न सकिने

CoVid19, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २३ असोज - सातौं धारा नेपालगन्ज म्याराथन मंसिर ४ गते हुने भएको आयाेजकद्वारा जनाईएकाे छ । नेपाल सरकार र तत्कालिन विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको मंसिर ५ गतेको दिनलाई स्मरण गर्दै हरेक वर्ष नेपालगन्ज म्याराथन हुँदै आएको छ । आयोजक क्रियटिभ ह्याण्ड्सले शनिबार पत्रकार सम्मेलन गरेर सो को जानकारी दिएका छन् । म्याराथनको व्यवस्थापन गर्दै आएको क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले सोही पत्रकार सम्मेलनमा नेपालगन्ज म्याराथन डटकम वेभसाइट समेत सार्वजनिक गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड, शिखर प्लाईका निर्देशक प्रदीप दुगर, राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख दिनेश गौतम, फोन पेका शाखा प्रबन्धक महेन्द्र राना र नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले संयुक्त रुपमा वेभसाइटको शुभारम्भ गरेका हुन्...
नरैनापुरमा शुभकामना आदान–प्रदान, भलिबल प्रतियोगिताको फाईनल खेल शनिवार हुँदै

नरैनापुरमा शुभकामना आदान–प्रदान, भलिबल प्रतियोगिताको फाईनल खेल शनिवार हुँदै

CoVid19, अवधी, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, २२ असाेज - सृजनशिल किशोरी क्लबको आयोजना तथा नरैनापुर गाउँपालिकाको आर्थिक सहयोगमा जय किसान मा.वि.को प्राङ्गणमा विजया दशमीको सन्दर्भमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । सो अवशरमा सञ्चालन भएको खुल्ला भलिबल प्रतियोगिता शनिवार सम्पन्न हुँदैछ । सो कार्यक्रमको प्रमुख अतिथि नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले रेफ्रीलाई भलिबल हस्तान्तरण गरि कार्यक्रमको औपचारिक उद्घघाटन गर्नु भएको थियो । प्रमुख अतिथि शाहलेसबै सहभागी नौ वटा टीमका खेलाडीहरुलाई अबीर टिका लगाई दशैको शुभकामना ब्यक्त समेत गर्नु भएको थियो । साथै सो कार्यक्रममा विशिष्ठ अतिथिमा नरैनापुर गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष बीरेन्द्र पाल सिहंको पनि सहभागिता रहेको थियो । सो भविबल प्रतियोगितामा तीन वटा विद्यालय, तीनवटा क्लब सहित छ वटा टीमको महिला र पुरुष गरि जम्मा नौ वटा समूहमा प्रतिस्पर्धा गर...
प्रथम बागेश्वरी कपकाे उपाधी रोयललाई

प्रथम बागेश्वरी कपकाे उपाधी रोयललाई

CoVid19, आर्थिक, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २१ असाेज - प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगिताको उपाधी आयोजक रोयल नेपालगन्ज फुटबल क्लवले जितेको छ । न्यू डाँफे स्पोर्टस क्लवलाई २–० गोलले पराजित गर्दै रोयलले उपाधी जितेको हो । प्रतिस्पर्धात्मक खेलमा रोयलले ५८ मिनेटमा विभुषण केसीको गोलबाट अग्रता लिएको थियो । डीएरिया बाहिरबाट हानेको फ्रिकिक बललाई न्यू डाँफेका किपर प्रकाश बुढाले समात्न नसकेर फुस्काएपछि केसीले गोल गरेका थिए । एक गोल लागेपछि न्यू डाँफेले रणनीति परिवर्तन गरेको थियो । मेन डिफेन्स खेलिरहेका कृष्ण रानाभाट अगाडि बढेका थिए । त्यसको फाइदा रोयलले उठायो । रोयलले १० मिनेटपछि नै अर्को गोल थप्यो । रोयलका यमबहादुर बुढाथोकीले ६८ मिनेटमा गोल गरे । प्रतियोगिताका अन्य खेलमा आक्रमक खेल खेलेको न्यू डाँफेले फाइनलमा त्यस्तो प्रदर्शन गर्न सकेन । उसले पोष्ट चार्ज गर्न नै सकेन । फाइनल खेलको म्यान अफ द म्याच विभुषण केसी भए । उनलाई ...
प्रथम बागेश्वरी कप : न्यू डाँफे र रोयल फाइनलमा

प्रथम बागेश्वरी कप : न्यू डाँफे र रोयल फाइनलमा

CoVid19, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २० असाेज – नेपालगन्ज रंगशालामा जारी प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगितामा न्यू डाँफे स्पोर्टस क्लव र रोयल नेपालगन्ज फुटबल क्लव फाइनलमा प्रवेश गरेका छन् । न्यू डाँफेले नेपाली सेनाको भैरवप्रसाद गण र रोयलले हेल्थविनिफिटनेसलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।पहिलो खेलमा न्यू डाँफेले भैरवप्रसाद गणलाई १–० गोलले पराजित गर्यो । खेलको २४ मिनेटमा सुदीप सलामीले गरेको गोल नै निर्णायक भएको थियो । भैरवप्रसाद गणको डीएरिया बाहिरबाट पाएको फ्रिकिकलाई सलामीले गोलमा परिणत गरेका थिए । त्यसपछि दुवैतर्फबाट केही अवसर सिर्जना गरेपनि गोल हुन सकेन । यो खेलमा न्यू डाँफेका कृष्ण रानाभाट म्यान अफ द म्याच भए । उनलाई जीमप्रशिक्षक अमृत घलेले पुरस्कृत गरे । अर्को खेलमा रोयलले हेल्थ विनिफिटनेसलाई २–० गोलले पराजित गर्यो । रोयलको तर्फबाट यमबहादुर बुढाथोकीले १२ मिनेट र भुपेन्द्र शाहीले २३ मिनेटमा ग...
प्रथम बागेश्वरी कप :हेल्थ विनिफिटनेस र भैरवप्रसाद सेमिफाइनलमा

प्रथम बागेश्वरी कप :हेल्थ विनिफिटनेस र भैरवप्रसाद सेमिफाइनलमा

CoVid19, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १९ असाेज – रोयल नेपालगन्ज फुटबल क्लवले नेपालगन्ज रंगशालामा आयोजना गरेको क्लवस्तरीय फुटबल प्रतियोगितामा हेल्थ विनिफिटनेस र नेपाली सेनाको भैरव प्रसाद गण सेमिफाइनलमा पुगेका छन् । आयोजक रोयल नेपालगञ्ज फुटबल क्लव र न्यू डाँफे स्पोर्टस क्लव यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । हेल्थ विनिफिटनेसले नवदुर्गा र भैरवप्रसाद गणले साइनिङ स्टारलाई पराजित गरेर सेमिफाइनलमा पुगेका हुन् । बाइ पाएर एकैपटक क्वाटरफाइनलमा पुगेको हेल्थ विनिफिटनेसले नवदुर्गा युथ क्लवलाई ३–१ गोलले पराजित गरेर सेमिफाइनलमा पुगेको हो । हेल्थ विनिफिटनेसले २६ मिनेटमा सनम घर्तिको गोलबाट अग्रता लिएको थियो । ४१ मिनेटमा सनमले नै दोस्रो गोल गरे । विनिफिटनेसका विशाल पाण्डेले ७० मिनेटमा एक गोल गरे । नवदुर्गाका निर्मल चन्दले ७२ मिनेटमा एक गोल गरेका थिए । यो खेलमा विनिफिटनेसका सनम घर्ति म्यान अफ म्याच भए । उनलाई नेपालगन्ज उद्योग ...