‘नेपाल र भारतको सम्बन्ध प्राकृतिक हो, चीनसंग व्यावहारिक सम्बन्ध हुन सक्दैन !’
काठमाडौं । नेपाल भारतको प्राकृतिक सम्बन्ध आदिकालदेखि रहि आएको हो । धार्मिक, सामाजिक र साँस्कृतिक आधारमा बनेको सम्बन्धलाई अहिलेको बदलिएको परिवेशमा कृत्रिम ढंगले परिभाषित गर्नु अनुचित नै हुनेछ ।
खुला सिमानाले नेपाल भारत सम्बन्धलाई प्रगाढ बनाएको छ । धार्मिक ,सत्कर्म, साँस्कृतिक कार्य, अवसर, उपभोग्य वस्तुको बेरोकटोक आयात तथा अन्य आवश्यक कार्य हेतु खुला सिमानाको स्वतन्त्रतापूर्वक उपभोग गर्दा दुई स्वतन्त्र देशको भेद मेटिएको जस्तो लाग्थ्यो । नेपालका शासकहंरु किरात, लिच्छवी, मल्ल र शाहवंश भारतबाटै आएर यहाँ शासन गरेकोले भारतको प्रभाव नेपाली समाजमा आदिकालदेखि रहेको छ ।
भारतीय प्रभावकै अभ्यासमा शताब्दियौंपछि नेपाली मौलिक पहिचान बनाउन सफल नेपाली समाजको धार्मिक, सामाजिक, साँस्कृतिक, भाषा, भेषभूषा आदिमा भारतीय झलक अवशेषको रुपमा अहिले पनि पाइन्छ । २००७ सालको परिवर्तन पश्चात हिन्दी भाषालाई पाठ्...









