Monday, April 13सत्यम खबर
Shadow

भारत हाम्राे असल छिमेकी : पुर्वमन्त्री शुक्ला

रूपन्देही, २ असाेज – नेपाल-भारत महिला मैत्री समाजले आज प्रदेशकाे दुई जिल्लाका बाढ पिडितलाई राहत सामग्री वितरण गरेकाे छ । भारत सरकारकाे सहयाेगमा उपलब्ध भएकाे त्रिपाल, अस्थायी टेन्ट, म्याट लगायतका राहत सामग्री रुपन्देही र नवलपरासी पश्चिमका बाढी प्रभावित क्षेत्रमा वितरण गरिएकाे छ ।

नेपाल-भारत महिला मैत्री समाजलाई भारतीय दुतावासले कुल ८ कराेड बराबरकाे राहत सामग्री हस्तान्तरण गरेकाे मध्ये प्रदेश २ काे ८ जिल्ला र लुम्बिनी प्रदेशकाे दुई जिल्ला गरि कुल १० जिल्लाका बाढ प्रभावित तथा घर विहिनलाई सामग्री वितरण गरिएकाे संयाेजक एवं सांसद चन्दा चाैधरीले बताइन ।

रुपन्देहीकाे समरीमाइ गाउँपालिकामा आयाेजित वितरण कार्यक्रममा प्रमुख अतिथि पुर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लाले भारत हाम्राे असल छिमेकी रहेकाेले सबैभन्दा पहिला आफ्नाे छिमेकीकाे पीडा बुझेर विपदका बेला निरन्तर सहयाेग गर्दै आएकाे सर्वविद्धतै रहेकाे बताउंदै नदीकाे बाढले पिडित मधेशी जनताकाे मर्म सरकारले अहिलेसम्म नबुझेकाे अराेप लगाउनुभयाे ।

कार्यक्रममा बाढी पिडितहरु स्थानीय तह र केही संघ संस्थाहरुले सहयाेग गरेपनि सरकारपक्षबाट कुनै पहल नभएकाे वक्ताहरूले गुनासाे गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *