
नेपालगन्ज, ४ असोज – नेपाल र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ । आजदेखि भारतको उत्तराखण्डस्थित पिथौरागढमा सुरु हुने सैन्य अभ्यासमा सहभागी हुन् नेपाली सेनाको टोली पुगिसकेको छ ।
अपरेशन सूर्यकिरण नाम दिइएको यो सैन्य अभ्यास भोलि २० सेप्टेम्बरदेखि ४ अक्टुबरसम्म चल्ने छ । यसपालिको सैन्य अभ्यासमा आतंकवादी संगठनका स्लीपर सेललाई टार्गेट गरेर अभ्यास हुने भारतीय सेनाले जनाएको छ । (स्रोतः नेपालपाना)

