Monday, April 13सत्यम खबर
Shadow

संविधान दिवसको शुभकामना दिदै कार्यान्वयनमा ध्यान दिन आग्रह

कपिलवस्तु, ३ असोज – आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२÷६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । यसै अवसरमा आज विविध कार्यक्रम गरेर देशभर यो दिवस मनाइँदैछ ।
संविधान दिवसका अवसरमा प्रदेश नं ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले नेपालीहरुलाई बधाई तथा शुभकामना सन्देश दिदै मुस्लिम समुदाय लाई समेत अल्पसंख्यक समुदायमा राख्नु पर्ने माग गरे । साथै संविधानको मर्म र भावना व्यवहारमा कार्यन्वयन गर्न जोड दिनुपर्ने बताए ।


नेपालीले आफ्नो शुभकामना सन्देशमा वर्तमान संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको खांले बताएका छन् । साथै संविधानमा रहेको जनता को हक अधिकार कार्यन्वयनमा जोड दिनु पर्ने कुरा बताए ।
राष्ट्रिय मदरसा संघ नेपाल का राष्ट्रिय अध्यक्ष डा. अब्दुल गनि अल्कुफीले संविधान दिवस को अवसरमा नेपालीहरुलाई बधाई तथा शुभकामना सन्देश दिदै नेपालको संविधानले मौलिक हकमार्फत सुनिश्चित गरेका जनताका अधिकारहरूको कार्यान्वयन गर्दै आधारभूत आवश्यकता गास, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगार, सूचना लगायतमा सबै जनताको पहुँच हुनुपर्ने बताएका छन् । राष्ट्रिय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्कीले समेत संविधान दिवसको शुभकामना व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *