Tuesday, June 23सत्यम खबर
Shadow

आस्था

साउदी अरबको ९१औ नेशनल डेको उपलक्ष्यमा मौलाना मसुद र अल्कुफीद्वारा हार्दिक शुभकामना व्यक्त

साउदी अरबको ९१औ नेशनल डेको उपलक्ष्यमा मौलाना मसुद र अल्कुफीद्वारा हार्दिक शुभकामना व्यक्त

CoVid19, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
कपिलवस्तु, ७ असोज – साउदी अरब देशको ९१ औ नेशनल डेको अवसरमा साउदी सरकार र साउदी अरबका जनतामा सुख, समृद्धि एवम् राष्ट्रको उत्तरोत्तर प्रगतिको कामना गर्दै साउदी अरब सरकारले देशको छुट्टै पहिचानका साथ विश्वको सबैभन्दा शक्तिशाली देश बनाउनका लागि भिजन २०३० ल्याएको छ ।भिजन २०३० ले देशमा अझै सुख शान्ति र समृद्धिका साथै विश्वमा आफ्नो छुट्टै पहिचान बनाउन सक्ने आशा बोकेको छ । र यो भिजन २०३० को प्रसंशा गर्दै सफल र सुखद रहोस् कामनाका साथ लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसूद खां नेपाली र राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा.अब्दुल गनि अल्कुफीले अग्रिम बधाईका साथ हार्दिक शुभकामना साउदी अरब सरकारलाई व्यक्त गरेका छन् । लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसूद खां नेपालीले साउदी अरबको ९१औ नेशनल डेको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै साउदी सरकार र नेपाल सरकार बि...
रोयलले एक लाख पुरस्कार रहेको फुटबल प्रतियोगिता गराउदै

रोयलले एक लाख पुरस्कार रहेको फुटबल प्रतियोगिता गराउदै

CoVid19, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ६ असोज – नेपालगन्जमा एक लाखबढी पुरस्कार रहेको फुटबल प्रतियोगिता हुने भएको छ । रोयल नेपालगन्ज फुटबल क्लवले असोज १५ गतेदेखि नेपालगन्ज रंगशालामा प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगिता गर्न थालेको हो ।बाँके जिल्लाका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले क्लवले प्रतियोगिता गर्न थालेको रोयलका अध्यक्ष एवं एन्फा लुम्बिनीका उपाध्यक्ष सूर्यमणि अधिकारीले जानकारी दिनुभयो ।प्रतियोगिताका लागि असोज ११ गतेसम्म टीम दर्ता राखिएको छ । बाँके जिल्ला फुटबल संघ, राष्ट्रिय खेलकुद परिषद्, जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकार मध्ये कुनै एकमा दर्ता भएका क्लवले प्रतियोगितामा भाग लिन पाउने नियम बनाइएको छ । प्रतियोगितामा भाग लिने खेलाडी बाँके जिल्लावासी हुनु पर्नेछ । विभागीय क्लवको हकमा बाँके जिल्लामा कार्यरत हुनुपर्नेछ । प्रतियोगिताको विजेताले एक लाख एघार हजार एक सय एघार रुपैया, मेडल, ट्रफी र प्र...
वरिष्ठ साहित्यकार रेग्मीलाई नेपालगन्जमा अभिनन्दन

वरिष्ठ साहित्यकार रेग्मीलाई नेपालगन्जमा अभिनन्दन

अपराध, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ असोज – वरिष्ठ साहित्यकार सनत रेग्मीलाई नेपालगन्जमा अभिनन्दन गरिएको छ । रेग्मीको ७५ औँ जन्मदिनका अवसरमा बाँकेका आठ वटा साहित्यिक संस्थाहरुको संयुक्त आयोजनामा नेपालगन्जमा आयोजित ‘सनत रेग्मीः अमृतोत्सव’ कार्यक्रममा उनलाई अभिनन्दन गरिएको हो । बाँकेका सबै साहित्यिक संस्थाहरु मिलेर कार्यक्रम आयोजना गरिएको यो पहिलो पटक हो । रेग्मीलाई त्रिभुवन विश्व विद्यालयका नेपाली भाषाका प्रा. डा. खगेन्द्र लुईंटेलले सबै साहित्यिक संस्थाहरुका तर्फबाट संयुक्त अभिनन्दन पत्र हस्तान्तरण गरे । कार्यक्रममा प्रमुख अतिथि रहेका प्रा. डा. लुईंटेलले रेग्मीको कृतित्व र व्यक्तित्वको कारणले नै व्यस्त कार्यतालिकाका बिच आफू नेपालगन्ज आएको बताए । रेग्मीले नेपाली कथा लेखनका माध्यमबाट नेपाली साहित्यमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल भएको र प्रज्ञा प्रतिष्ठानमा रहँदा नेपाली भाषाको संरक्षण अभियानलाई पनि सहयोग गरेको...
ब्याक टु लाइफद्वारा स्वास्थ्य सामग्री सहयोग

ब्याक टु लाइफद्वारा स्वास्थ्य सामग्री सहयोग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सुर्खेत, ६ असाेज - कर्णाली प्रदेश अस्पताललाई ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय संस्थाले आज एक कार्यक्रमका बीच स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग हुने करिब १ करोड बराबरका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । प्रदेश अस्पताल सुर्खेत स्थित वीरेन्द्रनगरमा बुधबार सम्पन्न एक कार्यक्रममा अस्पतालमा आवश्यक पर्ने स्वास्थ्य सामग्री प्रदेश अस्पतालका निर्देशक प्रोफेसर डाक्टर डम्बर खड्का र वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीलाई ब्याक टु लाइफका कार्यक्रम निर्देशक डिकेन्द्र ढकाल र प्रशासनिक निर्देशक अच्युत प्रसाद पौडेलद्वारा हस्तान्तरण गरिएको हो । ब्याक टु लाइफ जर्मन आइएनजीओ हो । यस संस्थाले नेपालमा सन् २००९ देखि शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ । हाल कर्णाली प्रदेशको मुगु जिल्लामा र विकासका दृष्टि...
‘बिरामीलाई नेपालगन्ज अब कुनै समस्या उत्पन्न नहुने’ सेवा नेपाल

‘बिरामीलाई नेपालगन्ज अब कुनै समस्या उत्पन्न नहुने’ सेवा नेपाल

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ असोज – सेवा नेपाल बाँकेले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ०५ वडा प्रहरी कार्यालय नजिकै रहेको मजिष्टिक पाटी प्यालेसमा उदघाटन कार्यक्रम भव्यताका साथ सप्पन्न गरेको छ ।सेवा नेपाल बाँकेले विभिन्न सामाजिक कार्य गर्न नेपालगन्ज उपमहानगरपालिका उप प्रमुख उमा थापा मगरको प्रमुख अतिथि र संस्थाका अध्यक्ष लाल माया शाहीको कार्यक्रम सभापतिमा पानसमा बत्ती बाली उदघाटन गरेको हो । कार्यक्रममा बाँके लगाएत देश भरी विपन्न परिवारलाई गाँस, वास, कपास शिक्षा, स्वास्थमा जोड दिएर र शारीरिक अशक्त भएका मानिसलाई विशेष केन्द्रित रहेर समाजिक कार्य गर्न थालेकोमा कार्यक्रमका प्रमुख अतिथी थापा मगर खुसी ब्यक्त गर्दै नेपालगन्ज उपमहानगरपालिकाले पनि सहकार्य गरेर अगाडि जाने बताउनु भएको थियो ।संस्थाका सल्लाहकार डा.प्रकाश नागले सेवा नेपाल बाँके स्वास्थमा प्राथमिकता राखेर आर्थिक रुपमा कमजोर र कर्णाली प्रदेश र सु...
आणविक अस्त्र निषेध सन्धि शिध्र अनुमोदनको माग सहित प्रदर्शन

आणविक अस्त्र निषेध सन्धि शिध्र अनुमोदनको माग सहित प्रदर्शन

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ५ असाेज - आणविक अस्त्र रहित, विश्वका लागी आणविक अस्त्र निषेध सन्धि शिध्र अनुमोदनको माग सहित मंगलवार मानव अधिकार तथा शान्ति समाज बाके शाखा नेपालगन्जले प्रदर्शनको आयोजना गरेको छ । प्रदर्शनको आयोजना गरेको मानव अधिकार तथा शान्ति समाज बाके शाखा नेपालगन्जले त्रिभुवन चोक देखि पदयात्रा गर्दै जिल्ला प्रशासन पुगि प्रदर्शन गरेको छ । शाखाको सल्लाहकार बिष्णुलाल कुम्हालका अनुसार हरेक बर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ । यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन शुरु गरिएको बताएका छ्न । यसै क्रममा नि.वर्तमान अध्यक्ष कृष्णादेवी पाण्डेका अनुसार संयुक्त राष्ट्रसंघ महासभाले सन् १९८१ मा संसारका सवै देश र जनतामा शान्तिको कामना सहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने प्रस्ताव पारित गरेसंगै यसै दिनको सन्दर्भ पारेर अन्तर्राष्ट्रिय रुपमा शान्ति दिवस मनाउन थालिएको बता...
भारतको पिथौरागढ पुग्यो जर्नेलको नेतृत्वमा तीन सय नेपाली सैनिक, सुरु भयो सैन्य अभ्यास

भारतको पिथौरागढ पुग्यो जर्नेलको नेतृत्वमा तीन सय नेपाली सैनिक, सुरु भयो सैन्य अभ्यास

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
दार्चुला, ५ असोज – भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लामा नेपाल र भारतका सेनाको संयुक्त सैन्य अभ्यास सोमबारबाट सुरु भएको छ ।‘१५औं सूर्यकिरण’ नाम दिएको उक्त संयुक्त अभ्यासमा आतंकवाद विरोधी अभियान र विपद् व्यवस्थापन अभियान सम्बन्धी दुबै देशका सेनाले अनुभव आदान प्रदान गर्ने बताइएको छ । फाईल फोटो नेपाली सेनाका महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली संयुक्त सैन्य अभ्यासका लागि भारतको पिथौरागढ गएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए । संयुक्त बटालीयन स्तरको अभ्यासले दुई देशहरुबीच रक्षा सहयोग र सैन्य सहयोग बढाउने अपेक्षा रहेको भारतको पिथौरागढ प्रशासनले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ ।१४ दिनसम्म हुने संयुक्त सैन्य अभ्यासमा दुबै देशका ६५० जना सैनिक तथा सैन्य अधिकारीहरुको सहभागिता रहेको छ । नेपालले सन् २०११ देखि भारतसँग नेपाल–भारत ‘सूर्यकिरण’ संयु...
हुम्लापछि मुगुमा चीनले मिचेको सीमा अध्ययन गर्न हिँड्यो सरकारी टोली

हुम्लापछि मुगुमा चीनले मिचेको सीमा अध्ययन गर्न हिँड्यो सरकारी टोली

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ५ असोज – मुगुबाट चीनसँगको सीमा स्तम्भ निरीक्षणका लागि टोली खटिएको छ । मुगु–तिब्बत सीमा स्तम्भ निरीक्षणका लागि मुगुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाको नेतृत्वको १६ सदस्यीय टोली गत बुधबारबाट निरीक्षणमा रहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाको नेतृत्वमा सशस्त्र प्रहरी निरीक्षक जगत रावलसहितको टोली गत बुधबारदेखि मुगु–तिब्बत सीमा स्तम्भमा रहेको १३ नम्बर पिलर रेखदेख र निरीक्षण गर्न खटिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले बताए । फाईल फोटो मुगु–तिब्बत सीमा स्तम्भ निरीक्षणको निम्ति जिल्लाबाट हरेक वर्ष टोली खटाइने गरिएकोे छ । टोलीलाई सीमा स्तम्भ पुग्न करिब ३ दिन र फर्किन ३ दिन गरी एक साताको समय दिइएको छ ।सीमा स्तम्भमा खटिएको टोलीलाई सीमा स्तम्भसम्म पुग्न गमगढीदेखि छाइल बजारसम्म सडक सुविधा भएपनि त्यहाँदेखि पुलु, तिहारगुम्बा, चितैकुना, सिरानीचौर र म...
सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको नवौ वार्षिक साधारण सभा सम्पन्न

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको नवौ वार्षिक साधारण सभा सम्पन्न

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ४ असोज – सार्वजनिक सवालमा ग्रामिणमुखी अभियान सञ्चालन गर्नुपर्ने सुझाव व्यक्त गरिएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको नवौ वार्षिक साधारण सभाका सहभागिहरुले संस्थाले सञ्चालन गर्ने अभियानलाई गाउ“स्तरसम्म पुर्याउनुपर्ने जोड दिएका थिए । कार्यक्रमका सहभागिहरुले संस्थाले प्राय सार्वजनिक सरोकारका सवालको उठान तथा निरन्तर खबरदारीले कार्यान्वयनमा मद्दत पुगेको भन्दै यस्ता अभियान ग्रामिण क्षेत्रमा सञ्चालन गर्नुपर्ने बताएका थिए । उनीहरुले संस्थाले विभिन्न सवाल उठानका लागि सबैको सहकार्यमा नागरिक नेतृत्व लिई सम्वन्धित सरोकारवालाको ध्यानाकषर्ण गराउने गरेको र सूचनाको हकका क्षेत्रमा काम गर्ने संस्थाको रुपमा पहिचान कमाएको बताएका थिए । सभामा संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रति...
बाँके जिल्ला वन्यजन्तुको ओसारपसार तथा व्यापारको मुख्य केन्द्र

बाँके जिल्ला वन्यजन्तुको ओसारपसार तथा व्यापारको मुख्य केन्द्र

CoVid19, अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ असोज – वन्यजन्तु संरक्षणमा समुदायमा आधारित चोरी शिकारी नियन्त्रण इकाई (सिबिएपियु) को भूमिका विषय अन्तक्र्रिया कार्यक्रम नेपालगन्जमा सम्पन्न गरिएको छ ।जिल्ला वन कार्यालय बाँकेद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा अधिकांश वक्ताहरुले जिल्ला भित्र हुने वन्यजन्तु चोरी शिकारीमा युवाहरुको महत्वपूर्ण भूमिका हुने भएकोले नियन्त्रणतर्फ उनलाई अगाडी ल्याउनु पर्ने बताएका थिए । वन्यजन्तु व्यवस्थापनको प्रमुख चुनौतिको रुपमा बासस्थानको विनास, खण्डीकरण, वन बिनास र चोरी शिकारी तथा अवैध व्यापार रहेको छ । विश्वव्यापी तथ्यांकलाई हेर्ने हो भने वन्यजन्तुको आखेटोपहार बिक्री संसारको चौथो ठ्रूलो अवैध व्यापारको रुपमा स्थापित भएको छ । यो सबै संरक्षणकर्मीको गम्भिर चिन्ताको विषय भएको जानकारी गराउँदै पछिल्लो समय नेपाल सरकार, नेपाली जनता अनि विभिन्न संघसंस्थाले वन्यजन्तु संरक्षणमा गरेको लगानीले विश्वमै...