Tuesday, June 23सत्यम खबर
Shadow

आस्था

विपद् प्रभावितलाई नगद वितरण तालिम सम्पन्न

विपद् प्रभावितलाई नगद वितरण तालिम सम्पन्न

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ असोज - नेपाल रेडक्रस सोसाइटीको आयोजनामा सञ्चालित विपद्मा नगद वितरण प्रकृिया सम्वन्धि २ दिने तालीम शनिवार नेपालगन्जमा सम्पन्न भएको छ । विपद् प्रतिकार्यका लागि पूर्वतयारी कार्यक्रम अन्तर्गत खजुरा र डुडुवा गाँउपालिकाका जनप्रतिनिधि र उपशाखाका पदाधिकारी सहभागी रहेको तालिममा नगद सहायता वितरणको विधि तथा प्रकृयावारे ज्ञान तथा सीपको वारेमा सम्वन्धि जानकारी दिइएको थियो । रेडक्रस बाँकेका सभापति गोवर्धन सिह सम्झनाले रेडक्रसले विपद व्यवस्थापनमा सरकारको सधै सहयोगीको रुपमा कार्यगरिरेहको बताउँदै सरकारले विपद्मा नगद वितरणलाई प्रभावकारी बनाउन कार्यविधि बनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रमको सहजिकरण सराेज श्रेष्ठ, रमेश घिमिरे र निरञ्जना मल्लले गर्नुभएको थियो । तालीममा शाखाका मन्त्री अजिज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशकुमार श्रीवास्तवलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।...
कुर्मी (वर्मा) सहयोगी हात बाँके नेपालगन्जको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

कुर्मी (वर्मा) सहयोगी हात बाँके नेपालगन्जको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, २ असोज - कुर्मी (वर्मा) सहयोगी हात बाँके नेपालगन्जले खजुरा गाउँपालिका वडा नं ७ कालिका प्राबि सोनबर्षामा आज (शनिबार) आँखा, नाक, कान, घाँटीको बिशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको छ । कुर्मी (वर्मा) सहयोगी हात बाँकले दलित, मधेशी, मुस्लिम समुदायलाई लक्षित गरि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । शिविरमा ४५० जनाले सेवा लिएका छन् । आँखा, कान, नाक, घाँटी लगायतका बिशेषज्ञ सेवा प्रदान गरिएकोमा २८० जनाको आँखा र १७० जनाले कानकोे परिक्षण गरि औषधि सहितको सेवा लिएको निःशुल्क स्वास्थ्य शिविर सञ्चालनका संयोजक तथा कुर्मी (वर्मा) सहयोगी हात बाँके नेपालगन्जका संयोजक डा. कौशलकुमार वर्माले जानकारी दिए । उनले शिविरमा परिक्षण गरिएका बिरामीहरु मध्ये ४५ जना आँखाका बिरामीहरुलाई शल्यक्रियाका लागि फत्तृवाल आँखा अस्पताल र ७ जनाको कानका बिरामीहरुलाई शल्यक्रियाका लागि भेरी अस्...
बज्राचार्यकाे अध्यक्षतामा प्याब्सन नगर कमिटि

बज्राचार्यकाे अध्यक्षतामा प्याब्सन नगर कमिटि

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २ असोज - बाँकेको प्याब्सन नेपालगन्ज उपमहानगरपालिकाको नगर स्तरीय कमिटिको अध्यक्षमा विकास बज्राचार्य चयन हुनु भएको छ । शनिबार नेपालगन्जमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट बज्राचार्यको अध्यक्षताको नगर कमितिको उपाध्यक्षमा नरेन्द्र श्रेष्ठ, सचिवमा मानबहादुर थापा, कोषाध्यक्षमा विज्ञान शाह, सह–सचिवमा हेमन्तराज काफ्ले र सह–कोषाध्यक्षमा मनहोर चन्द रहनु भएको छ । यसैगरी कमिटिको सदस्यमा बर्द आलम खान, पवन गौतम, भिम तिमिल्सेना, नमराज शर्मा रहनु भएको सह–सचिव काफ्लेले जानकारी दिनुभयो । अधिवेशन नेपालगंज उपमहानगरपालिका मेयर डा.धवल शमशेर राणाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने विशिष्ट अतिथिमा शिक्षा विकास तथा समन्वय इकाई बाँके प्रमुख राम सुरेश यादव, हिसान केन्द्रिय उपाध्यक्ष ईश्वर पोख्रेल, प्याव्सन केन्द्रिय प्रागिक सल्लाहकार डा.राजेश केशर खनाल, प्याव्सन प्रदेश उपाध्यक्ष ऋषीकेश जीसी, प्या...
जनमतकाे रक्तदानमा दुई जना महिला सहित ४६ जनाले रक्तदान गरे

जनमतकाे रक्तदानमा दुई जना महिला सहित ४६ जनाले रक्तदान गरे

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ असाेज - नेपालगन्जबाट विगत ४० वर्षदेखि प्रकाशित हुँदै आएको जनमत अद्र्धसाप्ताहिक पत्रिकाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा अपरान्हसम्म स्वयम्सेवी रक्तदाताहरु पत्रकार, व्यवसायी, शिक्षक, कर्मचारी लगायत दुई जना महिला सहित ४६ जनाले रक्तदान गर्नु भएको हो । जय बागेश्वरी सिमन्ट उद्योग प्रा. लि., गनापुर नेपालगन्ज बाँकेको सहकार्यमा भएको उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्मा र जनमत सम्पादक पूर्णलाल चुकेले प्राविधिकलाई रगत संकलन गर्ने प्याकेट प्रदान गरीशुरु भएको थियो । जनमतले आफ्नो रजत वार्षिकोत्सव २०६३ साल बैशाख २९ गतेदेखि हरेक तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । विशेषगरि रगतको अभावमा छट्पटाईरहेका गरीब, असहाय र दूर दराजबाट आउने विरामीहरुलाई लक्षित गरेर “रक्तदान महादान”को पवित्र उद्देश्यले आयोजना ...
खजुरामा इको मेशिनबाट मुटुको जाँच शुरु

खजुरामा इको मेशिनबाट मुटुको जाँच शुरु

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, २ असोज - बाँकेको खजुरामा रहेकोे सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले बिस्तारै सेवा बृद्धि गर्दै आएको छ । जनताको प्रत्येक्ष सहभागितामा सञ्चालनमा आएको अस्पतालले आजदेखि ईको मेशिनबाट मुटुको एक्सरे जाँच सेवा आरम्भ गरेको हो । यसअघि ब्राकी थेरापी, हिस्टोप्याथालोजी, किमो सेवा सञ्चालनमा ल्याईसकेको अस्पतालले अबको दुईमहिना भित्रै लिन्याक मेशिन जडान गरि पूर्णरुपमा सेवा सञ्चालनमा ल्याउने जनाएको छ । ईको मेशिनको शुभारम्भको अवसर पारेर मुटु र पाठेघरका क्यान्सरका बिरामीहरुलाई लक्षित गरि क्यान्सर स्क्रिनिङ तथा मुटु सम्बन्भि एक दिने स्वास्थ्य शिखिर समेत सञ्चालन गरि २ सय २० बढी मुटुका बिरामी र २ सय २२ पाठेघरका बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको अस्पतालले जनाएको छ । खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालल नेपालकै इतिहासमा जनताको प्रत्येक्ष सहभागिताबाट बनेको अस्पतालले दैनिक १ सय ५...
भारतीय प्रधानमन्त्रीकाे जन्मदिन नेपालमा मनाईयाे

भारतीय प्रधानमन्त्रीकाे जन्मदिन नेपालमा मनाईयाे

CoVid19, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डाै, २ असाेज - नेपालकाे मित्र राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र माेदीकाे ७१ औं जन्मदिन नेपालमा भब्य तवरले मनाईएकाे छ । मित्र राष्ट्र भारतका प्रधानमन्त्री नेरेन्द्र मोदीको ७१ औ जन्मदिन केक काटेर काठमाण्डौमा भब्य तवर मनाइएको छ । नेपाल जनता पार्टीका राष्ट्रिय अध्यक्ष त्रिभुवननाथ पाठकको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य अमृता अग्रहरी, प्रा. कपिलदेव मिश्र, सिद्धार्थ गौतम, आलोक अवध लगायत विभित्र महानुभावको उपस्थिति रहेको थियो ।...
चीनकाे बिस्तारवाद नितिको विरुद्ध  शान्ति पुर्ण बिरोध

चीनकाे बिस्तारवाद नितिको विरुद्ध शान्ति पुर्ण बिरोध

CoVid19, आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाडौं, १ असाेज - लाेकतान्त्रिक समाजवादी पार्टीका भातृसंगठनहरुले चीनकाे विस्तारबाद, सिमा अतिक्रमण विरुद्ध प्रदर्शन गरेका छन् । लोसपा नेपाल निकट युवा संघ, विद्यार्थी संगठनले नेपालको भुमी चीनकाे बिस्तारवाद नितिको विरुद्ध आज काठमाडौंको माइतीघर मण्डलामा शान्ति पुर्ण बिरोध गरिएको छ। नेपालको ७ जिल्लाको ११ ठाँउमा र करिब चार सय वर्ग किलोमिटर नेपाली भुमी अतिक्रमण र हुम्लाको १२ नम्बरको पिलर पहिलाकै स्थानमा कायम गर्न र अतिक्रमित जग्गा अबिलम्ब फिर्ता गर्न, गराउन बिरोध गरिएको छ । नेपाल सरकारले बनाएको समितीले बुझाएको प्रतिवेदन सार्वजनिक गर्नको लागि माग राखि नेपाली भुमी अतिक्रमण गर्न पाइदैन मुल नाराको साथ आज बिरोध प्रदर्शन गरिएको छ। युवा अध्यक्ष मुकेश झाको नेतृत्व र विद्यार्थी नेता रन्जित निस्पक्ष, युवा अध्यक्ष रन्जित सिंह नेता प्रमोद झा, प्रमेश साह, ज्ञानेन्द्र झा लगायत नेताहरुको उपस्थिति थियो ।...
ब्रेन ट्युमर पिडित पत्रकारलाई अस्ट्रेलियाबाट आर्थिक सहयोग

ब्रेन ट्युमर पिडित पत्रकारलाई अस्ट्रेलियाबाट आर्थिक सहयोग

CoVid19, अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
राैताहट, १ असाेज - पिडित पत्रकार रामपुकार राउतलाई रु ५०,२६६ को बिशेष आर्थीक सहयोग गरियो छ । रौतहट जिल्लाको परोहा नगरपालिका - ८ नरकटीया निवासी सब. इन्सपेक्टर राम सुन्दर आर्यका छोरा तथा नेशनल ईन्जिनियर्स एसोसियसन नेपाल प्रदेश नं २ काे उपाध्यक्ष इन्जिनियर आर्यन सुरज राउतले विभिन्न साथीहरु र सर्लाही जिल्ला निवासी प्रमोद पटेलको विशेष सहयाेगमा ब्रेन ट्युमर पीडित पत्रकार रामपुकार राउतलाई आर्थिक सहयोग गरिएको छ । विभिन्न सामाजिक सञ्जालबाट ब्रेन ट्युमर पिडित पत्रकारलाई आर्थिक सहयोगको आवश्कता परेको जानकारी समाजसेवि आर्यान सुरज राउतले थाह पाए र अस्ट्रेलियामा बस्दै आएका आफ्ना साथीहरु र दाजु प्रमोद पटेलको मद्दतले पिडित पत्रकारलाई रु ५०,२६६ पचास हजार दुई सय छयासठी आर्थिक सहयोग गरेका छन् । आर्यान सुरज राउतले आफ्नो र आफनो साथीहरु रोहित गुप्ता (लहान), अस्मिता सिंह (भरतपुर), प्रमोद पटेल (सर्लाही), सिब ...
चिनमा उईगरमुस्लिम माथी बर्बरता , किन मौन छन ईस्लामिक रास्ट्र

चिनमा उईगरमुस्लिम माथी बर्बरता , किन मौन छन ईस्लामिक रास्ट्र

CoVid19, आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, (डेस्क) ३१ भाद्र – चीनको एक प्रमुख क्षेत्र आर्थिक विकासको हिस्सा मानिएको सिन्जियाङ क्षेत्रका व्यवसायीहरुलाई नजरबन्दमा राखिएको वाल स्ट्रिट जर्नलले जनाएको छ । सन् २०१८ को गर्मी मौसममा एक उइघुर व्यापारी, सादिर अली उच्च आत्मबलका साथ अघि बढिरहेका थिए । उनको व्यवसाय नाफामा गइरहेको थियो । उनले अमेरिकाको मासाचुसेट्समा छोरीका लागि घर खरिद गर्ने योजना बनाएका थिए । उनी अमेरिका प्रस्थान गर्नुअघि नै उनलाई पृथकवादी भएको आरोप लगाइयो । अलीलाई नियन्त्रणमा लिएर उत्तर पश्चिमी सिन्जियाङ क्षेत्रमा चीनको जेल प्रणाली को ब्ल्याक बक्समा नजरबन्दमा राखियो । उनलाई नजरबन्दमा राखेपछि उनको व्यापार चौपट भयो । उनकी श्रीमती मारिया मोहम्मदले आफ्नो श्रीमान कुनै राजनीतिमा संलग्न नभएको बताइन् । तर, पृथकतावादी गतिविधिमा संलग्न भएको आरोप लगाउँदै उनलाई नियन्त्रणमा लिएर नजरबन्दमा राखिएको थियो । मारियाका अनु...
मधेश केन्द्रित चिनियाँ मिशन

मधेश केन्द्रित चिनियाँ मिशन

CoVid19, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, (डेस्क) ३१ भाद्र – चीनले पहाडी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेको र हुम्लामा ९ वटा भवनसमेत निर्माण गरिसकेको खबरले देश तातेको अवस्थामा चीनले मधेसमा प्रवेश पाउने राम्रो मौकाको प्रतीक्षामा रहेको भन्दै अन्तर्राष्ट्रिय मामलाका विज्ञहरुले सचेत गराएका छन् । विज्ञहरुले चीन कुनै समय राम्रो मौका हात पारेर मधेसमा प्रवेश गर्न सक्ने बताइरहेका छन् । चीनले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चामो नेपाली भूमिमा अवैध रुपमा भौतिक संरचना बनाएको छ । जसको चौतर्फी विरोध भयो । तत्कालीन कम्युनिस्ट सरकारले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति बनाएर अध्ययन गराउँदा चीनले कब्जा नगरेको निष्कर्ष निकालेको थियो ।जानकारहरुका अनुसार तत्कालीन कम्युनिस्ट सरकारकै पालामा पहाडी क्षेत्रमा प्रवेश पाएको चीनले फेरी केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले अथवा चीनको विश्वासपात्र उपेन्द« यादवको सहयोगमा कुनै बेला...