जानकीद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
नेपालगन्ज, २२ असाेज - बाँकेको जानकी गाउँपालिका का.बा. अध्यक्ष श्रीमती भूमिसरा धितालकाे अध्यक्षतामा आज शुक्रबार विजया दशमी, शुभ दिपावली, छठ पर्व तथा मोहम्मद डे को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।
शुभकामना आदान प्रदान कार्यक्रममा जानकी गाउँपालिकाका ६ वटै वडाका वडाअध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँपालिका कर्मचारीहरु लगायतकाे सहभागिता रहेकाे थियाे भने सहभागी सम्पुर्णले गाउँपालिकाबासी नेपाली दाजु-भाइ तथा दिदी-बहिनीहरूलाई शुभकामना व्यक्त गरेका थिए ।
यसैगरी कार्यक्रमका अन्य अथितिहरूमा राजनीतिक पार्टीका नेता, नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य पदमबहादुर धिताल तथा अन्य राजनीतिक पार्टीका अगुवा नेताहरू, समाजसेवीहरूकाे उपस्थिति रहेकाे थियाे ।
यसैगरी जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना तथा गाउँपालिकाका पूर्व अध्यक्ष स्वा. राम निवास यादवको जेठो छोरा हिम...









