Sunday, April 26सत्यम खबर
Shadow

नरैनापुरमा शुभकामना आदान–प्रदान, भलिबल प्रतियोगिताको फाईनल खेल शनिवार हुँदै

नरैनापुर, २२ असाेज – सृजनशिल किशोरी क्लबको आयोजना तथा नरैनापुर गाउँपालिकाको आर्थिक सहयोगमा जय किसान मा.वि.को प्राङ्गणमा विजया दशमीको सन्दर्भमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

सो अवशरमा सञ्चालन भएको खुल्ला भलिबल प्रतियोगिता शनिवार सम्पन्न हुँदैछ । सो कार्यक्रमको प्रमुख अतिथि नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले रेफ्रीलाई भलिबल हस्तान्तरण गरि कार्यक्रमको औपचारिक उद्घघाटन गर्नु भएको थियो ।

प्रमुख अतिथि शाहलेसबै सहभागी नौ वटा टीमका खेलाडीहरुलाई अबीर टिका लगाई दशैको शुभकामना ब्यक्त समेत गर्नु भएको थियो । साथै सो कार्यक्रममा विशिष्ठ अतिथिमा नरैनापुर गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष बीरेन्द्र पाल सिहंको पनि सहभागिता रहेको थियो ।

सो भविबल प्रतियोगितामा तीन वटा विद्यालय, तीनवटा क्लब सहित छ वटा टीमको महिला र पुरुष गरि जम्मा नौ वटा समूहमा प्रतिस्पर्धा गरेका छन् । जसमा महेन्द्र मा.वि. मटेहिया, जय किसान मा.वि. भोजपुर, आदर्श मा.वि. लक्ष्मणपुर, लनमुना युवाक्लब कोहला र बगौडा युवा क्लब, लक्षणपुर र आयोजक सृजनशील किशोरी क्लब रहेकाछ्न ।

आज भएको पहिलो दिनको खेलमा जय किसान मा.वि.को सृजनशील किशोरी क्लबले महेन्द्र मा.वि.को प्रगतीशील किशोरीलाई हराई भोली शनिवार बिहान ७ बजे हुने किशोरी तर्फको फाइनल खेलमा नमूना युवा कलबको किशोरी तथा जय किसानको सृजनशील किशोरी क्लब बिच प्रतिस्पर्धा हुनेछ । सो खेलमा राम तिर्थ मौर्य र नरहरी योगीले रेफ्रीको भुमिका निभाएका छन् ।

सो कार्यक्रम सृजनशील किशोरी क्लब नरैनापुरका अध्यक्ष अन्जली बोहराको अध्यक्षतामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको थियो । नरैनापुर गाउँपालिकाका किशोरीहरुलाई खेलकुदमा अघि बढ्न थप हौशला प्रदान गर्न नरैनापुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतको बिशेष पहलमा सो खेलकुदको आयोजना गरिएको अरुण यादवले जानकारी दिए । सो कार्यक्रमको सञ्चालन तथा व्यवस्थापक यादवले नै गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *