युथ टुडेकाे प्रथम वार्षिक उत्सवमा दुई जना पत्रकार सम्मानित
नेपालगन्ज, २० असाेज - बाँकेको डुडुवा गाँउपालिकाबाट संचालित युथ टुडे न्युजले मंगलबार आफ्नो प्रथम वार्षिक उत्सव मनाएको छ ।
वार्षिक उत्सवको प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सिराजुद्दीन खान, प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष डक्टप्रसाद धिताल, नेपालगंज उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष मोहम्मद सफिक बेहना र अनलाईनका प्रधान सम्पादक आलम खानले संयुक्त रुपमा केक काटेर उद्घाटन गर्नु भएको थियो । वार्षिक उत्सवमा बोल्दै प्रधान सम्पादक खानले अनलाईन प्रथम वर्ष पुरा गरि दोस्रो वर्षमा प्रवेश गर्नुमा सम्पुर्ण पाठक, विज्ञापनदाता, सहयोगी, संघ संस्था युथ टुडे टिमको हात रहेको भन्दै युथ टुडे न्युजलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको थियो ।
वार्षिक उत्सवको अवसरमा युथ टुडेकी संवाददाता प्रेरणा गिरीलाई युथ टुडे युवा पत्रकारिता पुरस्कार र संवाददाता बन्दना सोनीलाई युथ टुडे पत्रकारी...









