
नेपालगन्ज, २२ असाेज – बाँकेको जानकी गाउँपालिका का.बा. अध्यक्ष श्रीमती भूमिसरा धितालकाे अध्यक्षतामा आज शुक्रबार विजया दशमी, शुभ दिपावली, छठ पर्व तथा मोहम्मद डे को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।
शुभकामना आदान प्रदान कार्यक्रममा जानकी गाउँपालिकाका ६ वटै वडाका वडाअध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँपालिका कर्मचारीहरु लगायतकाे सहभागिता रहेकाे थियाे भने सहभागी सम्पुर्णले गाउँपालिकाबासी नेपाली दाजु-भाइ तथा दिदी-बहिनीहरूलाई शुभकामना व्यक्त गरेका थिए ।
यसैगरी कार्यक्रमका अन्य अथितिहरूमा राजनीतिक पार्टीका नेता, नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य पदमबहादुर धिताल तथा अन्य राजनीतिक पार्टीका अगुवा नेताहरू, समाजसेवीहरूकाे उपस्थिति रहेकाे थियाे ।
यसैगरी जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना तथा गाउँपालिकाका पूर्व अध्यक्ष स्वा. राम निवास यादवको जेठो छोरा हिमांशु यादवकाे सहभागिता हुनुका साथै गाउँपालिका भित्र रहेका उधाेगी, व्यवसायीहरूका सञ्चालक, स्कुलका प्रधानाध्यापक, प्रहरी, प्रशासन लगायतकाे सहभागिता रहेकाे थियाे ।
कार्यक्रमको सञ्चालन द्रोण थापाले गरेका थिए भने समापन का.वा.अध्यक्ष धितालले गर्नु भएको थियाे ।
