Sunday, April 26सत्यम खबर
Shadow

भारतीय रेल काठमाडौंसम्म आउने, दिल्लीमा भयो सम्झौता, द्रूत गतिमा अघि बढ्यो काम

काठमाण्डौ, २२ असोज – प्रस्तावित रक्सौल–काठमाण्डौ ब्रोड गज रेलमार्गको ‘फाइनल लोकेसन सर्भे’ गर्ने सम्बन्धमा नेपाल र भारतबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
असोज २० देखि २१ गतेसम्म नयाँ दिल्लीमा भएको नेपाल–भारत संयुक्त कार्यदलको पाँचौ बैठक तथा परियोजना सञ्चालन समितिको सातौं बैठकमा उक्त सम्झौता पत्रमा दुई देशका पदाधिकारीले हस्ताक्षर गरेका हुन् ।


बैठकमा जगनगर–कुर्था खण्डमा यात्रुवाहक रेल सेवा सुरु गर्नका लागि दुवै पक्षले ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसीडर्स’मा समेत हस्ताक्षर भएको छ ।
काठमाण्डौस्थित भारतीय दूताबासले प्रस्तावित रक्सौल–काठमाण्डौ ब्रोड गज रेलमार्गले भारत र नेपालबीचको कनेक्टिभिटीलाई अझ मजबुत बनाउने जनाएको छ । (नेपालपाना)

Leave a Reply

Your email address will not be published. Required fields are marked *