Tuesday, April 28सत्यम खबर
Shadow

ताइवाननजिकै चीनले नयाँ लडाकु विमान तैनाथ गरेको सार्वजनिक

बेइजिङ, २२ असोज – चीनले ताइवाननजिकै नयाँ लडाकु विमान जे–१६ डी तैनाथ गरेको तस्बिर सार्वजनिक भएको छ । इलेक्ट्रोनिक युद्धको लागि ताइवानको पश्चिमी एयरवेसमा चीनले सो विमान तैनाथ गरेको स्याटेलाइट तस्बिर हालै सार्वजनिक भएको हो ।
सो तस्बिर चीनको पिपुल्स लिवरेसन आर्मीले सार्वजनिक गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । इलेक्ट्रोनिक युद्धको लागि चीनले तैनाथ गरेको नयाँ लडाकु विमानले ताइवान स्ट्रेट क्षेत्रमा द्वन्द्व र तनाव झनै बढाउने साउथ चाइना मर्निङ पोष्टमा बिहीबार प्रकाशित समाचारमा उल्लेख छ ।


यद्यपि, इलेक्ट्रोनिक युद्धको लागि डिजाइन गरिएका नयाँ लडाकु विमान कुन प्रयोजनको लागि सो क्षेत्रमा तैनाथ गरिएको हो भन्नेबारे कुनै सूचना बाहिर नआएको समाचारमा उल्लेख छ ।
पछिल्लो समय चीनले लगातार तीन दिन ताइवानको वायु रक्षा क्षेत्रमा ठूलो संख्यामा युद्धक विमान पठाएको थियो । ताइवानको रक्षा मन्त्रालयले चीनको सो सैन्य गतिविधिको प्रतिक्रिया दिँदै दुई देशबिचको सैन्य सम्बन्ध ४० वर्षयताकै खराब भएको र आगामी ४ वर्षभित्रमा चीनले जुनसुकै समयमा ताइवानमाथि आक्रमण गर्न सक्ने बताउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *