Tuesday, June 23सत्यम खबर
Shadow

आस्था

भारतीय सेनाप्रमुखको चिनियाँ सेनालाई सीमाक्षेत्र छाड्न चेतावनी

भारतीय सेनाप्रमुखको चिनियाँ सेनालाई सीमाक्षेत्र छाड्न चेतावनी

CoVid19, आस्था, विदेश, समाचार
काठमाण्डौ, २५ असोज – भारतीय सेना प्रमुख एमएम नरावाणेले लद्दाखस्थित ‘एलएसी’ (लाइन अफ एक्चुअल कन्ट्रोल)मा चिनियाँ सेनाले निर्माण कार्य जारी राखेमा आफ्ना सैनिकहरु पनि त्यस क्षेत्र मै रहने चेतावनी दिएका छन् ।चिनियाँ सेनाले लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा (लाइन अफ एक्चुअल कन्ट्रोल) मा ठूलो मात्रामा भौतिक संरचना निर्माणको काम जारी राखेकोमा भारतीय सेनाले यसको विरोध गरेको हो । चिनियाँ सेना त्यस क्षेत्रबाट नहटेमा आफूहरु पनि त्यहीँ बस्ने नरावणेको चेतावनी थियो । “यदी उनीहरु त्यहीँ बस्ने भए भने हामी पनि त्यहीँ बस्नेछौँ” नरावणेले भनेका छन् । एलएसीमा चिनियाँ सेनाको उपस्थितिले पाकिस्तानी सीमा क्षेत्रको जस्तै अवस्था सिर्जना हुने नरावणेले बताएका थिए । साथै आफूहरुले चिनियाँ सेनाको त्यस क्षेत्रको गतिविधिमाथि चनाखो भएर निगरानी गर्ने समेत उनले बताए ।गत वर्षको जुनमा चिनियाँ सेना र भारतीय सेनाबीच गलवा...
कोरोना संक्रमित ब्यक्तिलाई रकम वितरण गर्दै राप्ती सोनारी

कोरोना संक्रमित ब्यक्तिलाई रकम वितरण गर्दै राप्ती सोनारी

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
राप्तीसोनारी, २५ असोज – बाँकेको राप्ती सोनारी गाउँपालिका क्षेत्रका कोरोना संक्रमित ब्यक्तिलाई राहत रकम वितरण सुरु गरिएको छ । गाउँपालिका कार्यालयले आईतबारबाट जनही ५ हजार रुपैयाँका दरले वितरण सुरु गरेको हो ।गाउँपालिकाले केही महिनाअघि कोरोना संक्रमित भएका ब्यक्तिलाई राहत रकम प्रदान गर्ने निर्णय गरेको थियो । यसअघि गाउँपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तिका परिवारलाई किरिया खर्च वापत जनही २० हजार तथा राहत स्वरुप एक लाख रुपैयाँ प्रदान गरिसकेको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुले मुत्युको शैयाबाट फर्केका कोरोना संक्रमित ब्यक्तिलाई हौसला प्रदान गर्न र सर्बसाधारणलाई कोरोना परिक्षणका लागि अभिप्रेरित गर्ने उद्देश्यले रकम प्रदान गरिएको बताउनु भयो । कोरोना संक्रमितलाई रकम दिनेमा राप्ती सोनारी सम्भवतः देश कै पहिलो गाउँपालिका भएको उहाँको दाबी छ ।गाउँपालिकाले आइतबार पहिलो दिन मात्रै कोर...
रुवी खानलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

रुवी खानलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २४ असोज – माइतीघर मण्डलाबाट पक्राउ परेकी नेपालगन्जकी रुवी खानलाई २४ घन्टाभित्र अदालतमा उपिस्थत गराउन आईतबार सर्वोच्च अदालतले आदेश दिएको छ ।न्यायाधिस दिपककुमार कार्कीको एकल इजलासले महानगरीय प्रहरी वृत्त लैनचौरलाई कारण देखाउ आदेश जारी गर्दै बन्दीसहित उपस्थित हुन आदेश दिएको हो । न्यायको खोजी गर्दै खान लगायत ११ महिलासहित १४ जनाको टोलीलाई शुक्रबार साझ धर्ना बसीरहेको समयमा प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिए लगत्तै उनलाई बहुविवाहको मुद्दामा नेपालगन्ज पुर्याइएको थियो ।पक्राउ परेपछि रुवीको अवस्था अज्ञात रहेको भन्दै अधिवक्ता मोहना अन्सारीले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन् ।...
चीनप्रति उपेन्द्र बफादार, चीननिकटलाई मन्त्री बनाए

चीनप्रति उपेन्द्र बफादार, चीननिकटलाई मन्त्री बनाए

CoVid19, आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाडौं, २४ असोज – मन्त्रिमण्डलमा पार्टीको सहभागितालाई लिएर अहिले जनता समाजवादीमा चरम असन्तुष्टि र अन्तरविरोध देखा परेको छ । मधेसका सांसदहरु नै सार्वजनिक रुपमा आक्रोश र असन्तुष्टि पोखिरहेका छन् । त्यसमाथि अध्यक्ष उपेन्द्र यादवले एकल जातीय सोंच र अहंकार देखाएको भन्दै नेता कार्यकर्ता आक्रोशित बनेका छन् ।सडकमा उत्रेर नेता कार्यकर्ता उपेन्द्रविरुद्ध नाराबाजी गर्ने, पुत्ला जलाउने, प्रवेश निषेध गर्नेजस्ता कार्य गरिरहेका छन् । यसरी पार्टीभित्र अन्तरविरोध चर्किरहेका बेला उपेन्द्रले क्याविनेटमा चीन निकट सांसदलाई मात्रै पठाएको खुलेको छ । सत्ता गठबन्धनमा मिनि प्रचण्डको रुपमा चिनिने उपेन्द्रको पुष्पकमल दाहाल प्रचण्डजस्तै चीनसँग राम्रो उठबस छ । उपेन्द्रले बेला बेला सहयोग तथा विभिन्न परियोजनाका नाममा चीनबाट मोटो आर्थिक सहयोग पाउने गरेका छन् । चिनियाँ सदभाव कतिसम्म देखिन्छ भने चिनियाँ राजदूत होउ ...
सिया मुस्लिम समुदायको पहिलो पटक रक्तदान

सिया मुस्लिम समुदायको पहिलो पटक रक्तदान

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
साहिल शेष (ताहिर) नेपालगन्ज, २३ असोज - सिया मुस्लिम समुदायको डोनर ग्रुप नेपालगन्ज, युथ ब्लड डोनर्स गुलरिया, द वर्ड फेडेरेशनको संयुक्त आयोजनामा इमाम हुसैन (अ.स.) रक्तदान कार्यक्रम आज शनिबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी ब्लड बैंकको प्रांगणमा डा. मौलाना जैनुल अब्दीनको अगुवाइमा नेपालमा पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गरेको हो । भेरी अस्पताल वा अन्य अस्पतालमा विभिन्न जिल्लाबाट विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा दुर्घटना हुँदा र महिलाहरुको प्रसुती बेला रगत अत्यावश्यक हुने र रगतको अभावलाई केही हदसम्म नियन्त्रण गर्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको सिया मुस्लिम सादाब हुसैनले जानकारी दिनुभयो । सोहि रगतको अभावले अकाल मै ज्यान गुमाउनबाट बचाउनको लागि रगत नभई नहुने र त्यसकारण आफुले गरेको रक्तदानले कसैको ज्यान जोगिन्छ भने त्यो महान पुण्य कार्य भएको सिया धर्मगु...
जिभियन कलेजका विधार्थीका लागि निशुल्क बस सेवा

जिभियन कलेजका विधार्थीका लागि निशुल्क बस सेवा

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २३ असाेज - शिक्षा क्षेत्रमा आफूलाई स्थापित गर्ने सफल जिभिएनले आफ्नाे विधार्थीहरूकाे सुविधालाई ध्यानमा राखी दशैंमा निःशुल्क बस सेवा उपलब्ध गराउने भएकाे छ । नेपालगन्जमा रहेको जिभियन कलेजले टाढाबाट पढ्न आएका विद्यार्थीहरुको सुबिधाको लागि निशुल्क आफ्नो बसमा विद्यार्थीहरुलाई घरै सम्म छोड्ने भएको छ। छोटो समयमा यस क्षेत्रको शिक्षामा उत्कृष्ट बन्न सफल जिभियन कलेजले विद्यार्थीहरुलाई घर जान असुबिधा नहोस भनेर कैलाली, बर्दियाका विद्यार्थीहरुलाई घरसम्म पठाउने योजना भएको कलेजका सिओ गणेश भण्डारीले जानकारी गराउनुभयाे ।...
नेपालगन्ज म्याराथन मंसिर ४ गते हुने, अनलाईन मार्फत दर्ता गर्न सकिने

नेपालगन्ज म्याराथन मंसिर ४ गते हुने, अनलाईन मार्फत दर्ता गर्न सकिने

CoVid19, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २३ असोज - सातौं धारा नेपालगन्ज म्याराथन मंसिर ४ गते हुने भएको आयाेजकद्वारा जनाईएकाे छ । नेपाल सरकार र तत्कालिन विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको मंसिर ५ गतेको दिनलाई स्मरण गर्दै हरेक वर्ष नेपालगन्ज म्याराथन हुँदै आएको छ । आयोजक क्रियटिभ ह्याण्ड्सले शनिबार पत्रकार सम्मेलन गरेर सो को जानकारी दिएका छन् । म्याराथनको व्यवस्थापन गर्दै आएको क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले सोही पत्रकार सम्मेलनमा नेपालगन्ज म्याराथन डटकम वेभसाइट समेत सार्वजनिक गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड, शिखर प्लाईका निर्देशक प्रदीप दुगर, राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख दिनेश गौतम, फोन पेका शाखा प्रबन्धक महेन्द्र राना र नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले संयुक्त रुपमा वेभसाइटको शुभारम्भ गरेका हुन्...
नागरिक अधिकार मञ्चको अध्यक्ष पदमा रमेशचन्द्र कुमाल

नागरिक अधिकार मञ्चको अध्यक्ष पदमा रमेशचन्द्र कुमाल

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २३ असोज – मधेश मिडिया मिशन नेपालको मातहतमा नागरिक अधिकार मञ्चको गठन गरिएको छ ।मधेश मिडिया मिशन नेपाल बाँके जिल्ला शाखाको शनिबार बसेको बैठकले मञ्चको अध्यक्षमा रमेशचन्द्र कुमाल, उपाध्यक्षमा सन्तोषकुमार कौशल, सचिव सोनाली वैश्य, सहसचिव सबलु खान, कोषाध्यक्ष विजयलाल वैश्यलाई चयन गरेको छ । यसैगरी, सदस्यहरुमा क्रमशः सन्तोषकुमार वैश्य, उमेशनाथ मिश्रा, बनि अमीन सल्मानी, आकाश गुप्ता, बाबु गुप्ता, लक्ष्मी गुप्ता, आशा ढकाल, रामरुप साहूलाई चयन गरेको छ ।बैठकले नागरिक अधिकार मञ्चले नेपालगन्ज उपमहानगरपालिकाको २३ वटै वडा, गाविस, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिकामा आफ्नो विभिन्न शाखा, उपशाखा गठन गर्ने समेत निर्णय गरेको छ । नागरिक अधिकार मञ्चको सल्लाहकारमा अजयकुमार गुप्ता, सीमा कशौधन, चन्द्रेश्वरराज त्रिपाठी र मनोजकुमार कौशल रहेका छन् । बैठकलाई सम्बोधन गर्दै सल्लाहकार अजयकुमार गुप्त...
चीनको नाका कडाईले दशैंमा भेडा च्याङ्ग्राको मूल्य आकाशियो

चीनको नाका कडाईले दशैंमा भेडा च्याङ्ग्राको मूल्य आकाशियो

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
बेनी, २३ असोज – दसैँलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडा च्याङ्ग्रा निकासी भएका छन् । तिब्बतबाट भेडा च्याङ्ग्रा नआएपछि विगतको तुलनामा झण्डै आधाको संख्यामा भेडा च्याङ्ग्रा निकासी भएका हुन् । अघिल्ला वर्षमा २० देखि २५ हजारको संख्यामा भेडा च्याङ्ग्रा निकासी हुँदै आएका थिए ।निकासी भएका सबै भेडा च्याङ्ग्रा मुस्ताङमै उत्पादन भएको र करिब १२ हजारको हाराहारीमा जिल्लाबाट निकासी भएको पाइएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङका अधिकृत ऋषिराम पोखरेलले जानकारी दिए । ‘स्वास्थ्य परीक्षणमा जम्मा तीन हजार ५६० पुगेको छ, व्यापारीले संख्या घटाएर टिपाएको भए पनि जिल्लाको नाकाबाट बाहिरिएको रिपोर्टमा १२ हजारको संख्यामा भेडा च्याङ्ग्रा निकासी भएका छन्,’ उनले भने । पशु चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउँदा प्रतिगोटा रु १५ शुल्क तिर्नुपर्ने भएकाले समेत व्यापारीले आधाको मा...
नेपालगन्जबाट हिँडेर न्याय माग्दै काठमाण्डौ पुगेहरूलाई प्रहरीद्वारा पक्राउ

नेपालगन्जबाट हिँडेर न्याय माग्दै काठमाण्डौ पुगेहरूलाई प्रहरीद्वारा पक्राउ

CoVid19, अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २३ असोज – घरेलु हिंसाका कारण ज्यान गुमाएका बाँकेका दुई महिलाको निम्ति न्याय माग्दै नेपालगन्जबाट हिँडेर काठमाण्डौ पुगेको टोलीलाई सरकारले वार्तामा बोलाएर कुरा सुन्नुको साटो माइतीघर धर्ना स्थलबाटै पक्राउ गरेको छ ।माइतीघर मण्डलमा धर्ना दिइरहेका करिब १४ जनाको टोलीलाई शुक्रबार राति प्रहरीले जबर्जस्ती भ्यानमा हालेर लगेको हो । प्रहरी पक्राउ गर्न जाँदा उनीहरू कोही खाना खाँदै थिए भने कोही सुतिरहेका थिए । सुतिरहेका र खाना खाइरहेकै बेला प्रहरीले उनीहरूलाई जबर्जस्ती उठाएर लगेको थियो । प्रहरीले भने उनीहरूलाई पक्राउ गरेको नभएर सुरक्षाका लागि नियन्त्रणमा राखेको बताएको छ ।‘चाडबाड बेला माइतीघरमा सुतिरहेको र त्यहाँबाट हट्न नमानेकाले सुरक्षित ठाउँमा सारिएको हो,’ जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले भने, ‘सबैलाई नगर प्रहरी कार्यालयमा राखिएको छ ।’ उनीहरूक...