Tuesday, June 16सत्यम खबर
Shadow

चीन–इवान सैन्य सम्बन्ध ४० वर्षयताकै खराब

ताइपेई, २१ असोज – स्वायत्त राज्य ताइवानले पछिल्लो समय चीन र आफूबीच ४० वर्षयताकै खराब सम्बन्ध भएको प्रतिक्रिया दिएको छ। चीनले सल्लाहबिना ताइवानको वायु रक्षा क्षेत्रमा युद्धक विमान पठाएपछि सम्बन्ध बिग्रिएको प्रतिक्रिया दिएको हो ।

चीनले चार वर्षभित्रमा ताइवानमाथि हमला गर्न सक्ने ताइवानका रक्षा मन्त्रीले बताएका छन्। बुधबार ताइवानका रक्षा मन्त्री सिउ कुओ चेङले प्रतिक्रिया दिँदै भनेका छन्, ‘पछिल्लो समय चीनको सैन्य गतिविधिले तनाव दिएको छ। सो तनावका कारण चीन–ताइवान सैन्य सम्बन्ध ४० वर्षयताकै खराब भएको छ। चीनले यही गति कायम राख्ने हो भने सन् २०२५ सम्ममा ताइवानको टापु पूर्ण रुपमा आक्रमण गर्न सक्छ।’

चीनले शुक्रबारदेखि श्रृंखलाबद्ध रुपमा ताइवानको वायु रक्षा क्षेत्रमा युद्धक विमान पठाएको छ। सोमबार मात्र आफ्नो वायु रक्षा क्षेत्रमा ५६ युद्धक विमान पठाएको ताइवानको दाबी छ। ताइवाननजिकै सैन्य अभ्यासको लागि आफूले सो विमान पठाएको र हालसम्मकै रेकर्ड तोडेको चीनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *