
मितिः २०७८ पौष ५ गते
शुभम् शर्मा
भर्खरै विश्व हिन्दु महासंघका २ समितिबीच एकताको घोषणा गरिएको छ । २ समितिबीच एकताका लागि लामो समयदेखि प्रयास हुँदै आएको थियो जुन प्रयास अहिले सफल भएको छ ।
अहिले सबै हिन्दु धर्मावलम्बीलाई एकताको सूत्रमा आबद्ध गर्ने प्रयास पनि शुरु भएकोले यो चाहिँ खुशीको कुरा हो । यस्तो प्रयास हुनु नै पर्छ किनकी अहिले देशको प्राचीन धर्म संस्कृति सभ्यता र देव भाषा संस्कृत खतरामा छ । अहिले युरोपियन देश यहाँ धर्मान्तरणको अभियान नै छेडेका छन् । त्यस्तै केही विदेशी धर्ममा यहाँ हिन्दु युवतीलाई आफ्नो धर्मका युवकसँग विवाह गर्न ठूलो रकम लगानी गरी रहेका छन् । यस्तो प्रकारको कार्य हुँदै रहने हो भने यहाँ हिन्दु अल्पसंख्यक हुन बेर छैन अहिले प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले यहाँ मदरसा बोर्ड ल्याई प्रदेशमा तालेबानीकरण गर्न जुटेका छन् । उनीले आफ्नो प्रदेशमा म्यान्मारका हजारौं हजार बौद्धिष्ठको हत्यारा रोहिंग्या शरणार्थीलाई आफ्नो यहाँ प्रश्रय दिई रहेका छन् ।

त्यसो पनि राजधानीको कपनमा हजारौं हजारको संख्यामा विदेशी रोहिंग्या शरणार्थी आएर बसी सकेका छन् यिनीहरु पछि देशको लागि समस्या बन्ने छन् । म्यान्मारमा रहँदा यिनीहरुले कुन प्रकारले सोझा साझा बौद्धिष्ठको हत्या गरे सबैको जानकारीमा रहेको कुरा हो । यस कारण विदेशी शरणार्थीर्लाइ देशमा धेरै दिन बस्न दिनु हुँदैन । किनकी आफ्नो यहाँ उनीले कुन प्रकारको आतंककारी कार्य गरे यो कुरा नेपाली नागरिकले बुझ्न जरुरी छ ।
रोहिंग्या आउँदो दिनमा एक समस्या बन्नेछन् यो चाहिँ निश्चित छ । अहिले उनीहरु यहाँ खुट्टा टेकेका छन् यस कारण शान्तिले बसेका छन् यस्तै प्रकारले सुविधाले बस्दै उनी देशमा हराउने छन् । जुन प्रकार भारतको कश्मीरबाट आएकाहरु यहाँ नेपाली नागरिक भइ सकेका छन् सोही प्रकार यी रोहिंग्याहरु पनि नेपाली नागरिक बन्ने छन् ।
देश अहिले विदेशी आतंककारीको लागि स्वर्ग जस्तो बनेको छ । रोजिन्दा हजारौं हजार विदेशी लुकीछिपी ढंगले यहाँ प्रवेश लिँदैछन् । तर उनीको विरोध यहाँ भई रहेको छैन । यस्तो विरोध नभएको कारण उनी हौसिएका हुन् । रोहिंग्याहरु भन्छन् नेपाली जनता धेरै मिलनसार र राम्रो छन् यहाँ बस्न दिई हामीलाई सहयोग गरेका छन् अब हामी आफ्नो देश फिर्ता हुन चाही रहेका छैनौं यस्तो झूठो कुराहरु उनी भनी रहेका छन् । उनीको चिल्लो कुरा तर्फ ध्यान दिनु हुँदैन पहिले यिनी शान्तिले बस्छन् पछि आतंकारी कार्य गर्न चुक्दैनन् यसको उदाहरण सम्पूर्ण विश्वमा छन् फ्रान्समा यस्ता विदेशी शरणार्थी आएर बसे आज फ्रान्सको स्थिति कस्तो छ सबैको सामुन्ने रहेको कुरा हो ।
आश्चर्यको कुरा छ विदेशी धर्म मान्ने यहाँ सुखपूर्वक बसी रहेका छन् यिनीसँग भेदभाव हामी गर्दैनौं तर उता पाकिस्तान, बाँग्लादेश लगायत देशतर्फ हेरौं त्यहाँ हिन्दु समुदायको स्थिति कस्तो छ ? रोजिन्दा उनीको हत्या हुन्छ हिन्दु चेलीबेटीसँग त्यहाँ बलात्कार हुन्छ हिन्दु धार्मिक स्थल भत्काइन्छ यस्तो अभियान सम्पूर्ण विश्वमा चली रहेकोले यो अभियानबाट हाम्रो देश पनि अछुतो रहँदैन । यहाँ विदेशी धर्मको प्रभाव बढ्दै गएको छ तर यहाँ हिन्दु मस्त निद्रामा सुती रहेका छन् ।
नजीकसम्म खतरा पुगी सकेको छ यसबारे सोच्ने मौका भएको
छैन । यहाँ उनी विरुद्ध हिन्दु धार्मिक संगठनले पनि आवाज उठाएका छैनन् । यसको कारण हो यहाँ हिन्दु धार्मिक संगठनहरुबीच एकता छैन छुट्टा छुट्टै बसेर उनी कार्य गरी रहेका छन् जसको कारण प्रबल ढंगले विरोधको स्वर उठाउन सकिएको छैन यस कारण अहिले विश्व हिन्दु एकता अभियान स्वागत योग्य छ । अब महासंघले देशका अन्य कुन कुन हिन्दु धार्मिक संगठन कार्य गरी रहेका छन् यसको छानबीन गरी अब सबै हिन्दु धार्मिक संगठनबीच एकता हुनु पर्ने जरुरी भई सकेको छ ।
छिमेकी देश भारतका हिन्दुमा धेरै चेतना आई सकेको छ त्यहाँ हिन्दु जागृतिको लागि अभियान छेडी सकिएको छ तर जुन देशमा हिन्दु धर्मको वर्चस्व थियो त्यहाँ आज पतन भई रहेको छ । हामी समयमा नजाग्यौं भने नेपालबाट हिन्दु धर्मको समाप्ति हुने सम्भावना बढेको छ । यस कारण अहिले जागौं सुत्ने बहाना नगरौं यसै प्रकारले सुती रहने हो भने यो देश विदेशीको दास बन्नेछ हाम्रो पुर्खाले यस देशलाई विदेशीको गुलाम बन्न दिएनन् हामी देशलाई विदेशीको गुलाम बन्न दियौं भने हाम्रो पुर्खाले हामीलाई सराप्ने छन् यस कारण अब पहिले हिन्दु एकतातर्फ लागौं अनि विदेशीको प्रभाव यहाँबाट हटाउने तर्फ लागौं ।
