जनताको चाहना अनुसार ठाकुरबाबा ४ मा काम भएको छ : वडा अध्यक्ष चौधरी
रनेपालगन्ज, ५ पाैष - स्थानिय तहमा जनप्रतिनिधि आएपछि स्थानिय निकायमा रहेका वडाहरुको विकास निर्माण कार्यले गति लिएको स्थानियहरुले बताउँछन् । ठाकुरबाबा नगरपालिका वडा नं. ४ बर्दियाका स्थानिय जनताले स्थानिय तहमा जनप्रतिनिधि आएपछि गाउँ टोलमा धेरै सुधार आएको बताउँछन् ।
वडामा भएको विकासले स्थानियवासीमा खुसी छाएको छ स्थानिय टेक बहादुर साउदले भन्नुभयो । वडामा जनप्रतिनिधि आएपछि वडामा झिलिमिली भएको छ उहाँले भन्नुभयो । सोचे र चाहे अनुसारको काम पनि समयमै हुने गरेको स्थानिय साउदले भन्नुभयो ।
पहिले सानो सानो कामको लागि पनि सदरमुकाम धाउनुपर्ने हुन्थ्यो अहिले आफ्नै वडामा सुविधा उपलब्ध भएको छ यसले समयको समेत बचत भएको छ अर्का स्थानिय पदम जैसीले भन्नुभयो ।
ठाकुरबाबा नगरपालिका वडा नं. ४ बर्दियाका वडा अध्यक्ष शेर बहादुर चौधरी नगरकै पहिलो वडा कार्यालय निर्माण गर्न सफल हुनुहुन्छ । करिब ५५ लाखको लागतमा वडा...









