Tuesday, June 30सत्यम खबर
Shadow

अवधी

नरैनापुरमा शुभकामना आदान–प्रदान, भलिबल प्रतियोगिताको फाईनल खेल शनिवार हुँदै

नरैनापुरमा शुभकामना आदान–प्रदान, भलिबल प्रतियोगिताको फाईनल खेल शनिवार हुँदै

CoVid19, अवधी, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, २२ असाेज - सृजनशिल किशोरी क्लबको आयोजना तथा नरैनापुर गाउँपालिकाको आर्थिक सहयोगमा जय किसान मा.वि.को प्राङ्गणमा विजया दशमीको सन्दर्भमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । सो अवशरमा सञ्चालन भएको खुल्ला भलिबल प्रतियोगिता शनिवार सम्पन्न हुँदैछ । सो कार्यक्रमको प्रमुख अतिथि नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले रेफ्रीलाई भलिबल हस्तान्तरण गरि कार्यक्रमको औपचारिक उद्घघाटन गर्नु भएको थियो । प्रमुख अतिथि शाहलेसबै सहभागी नौ वटा टीमका खेलाडीहरुलाई अबीर टिका लगाई दशैको शुभकामना ब्यक्त समेत गर्नु भएको थियो । साथै सो कार्यक्रममा विशिष्ठ अतिथिमा नरैनापुर गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष बीरेन्द्र पाल सिहंको पनि सहभागिता रहेको थियो । सो भविबल प्रतियोगितामा तीन वटा विद्यालय, तीनवटा क्लब सहित छ वटा टीमको महिला र पुरुष गरि जम्मा नौ वटा समूहमा प्रतिस्पर्धा गर...
झाडापखालाले तीन जनाको मृत्यु, दुई सय बढी बिरामी

झाडापखालाले तीन जनाको मृत्यु, दुई सय बढी बिरामी

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
बुटवल, १९ असोज –झाडापखालाबाट कपिलवस्तुको कृष्णनगरमा तीन जनाको मृत्यु भएको छ। कृष्णनगर नगरपालिकाका तीन वटा वडामा सोमबारदेखि झाडापखालाको प्रकोप फैलिएको हो। नगरका वडा नं. ७, ८ र ९ मा सोमबार रातिदेखि झाडापखाला र बान्ताको समस्या लिएर अस्पताल जानेहरूको संख्या १ सयभन्दा बढी रहेको वडा नं. ९ का अध्यक्ष राममिलन कुर्मीले जानकारी दिए। झाडापखाला र बान्ता भएर स्थानीय शिवराज अस्पताल बहादुरगन्जमा पुगेका बिरामीको बेड अभाव भएपछि बाहिरै राखेर उपचार गरिएको छ। वडा अध्यक्ष कुर्मीका अनुसार झाडापखालाबाट वडा नं. ९ का ५ वर्षीय राज काश्यप, वडा नं. ८ का ४० वर्षीय रामप्रसाद केवट र वडा नं. ७ का एक वृद्धको मृत्यु भएको छ। अहिले एकसय भन्दा बढी बिरामीको बहादुरगञ्जमै उपचार भइरहेको कुर्मीले जानकारी दिए। अस्पतालका चिकित्सक मुकेश चौधरीका अनुसार सिकिस्त भएका ७ जनालाई थप उपचारको लागि अन्यत्र पठाइएको छ। नगरपालिकाको बह...
चीनमा बसोबास गर्ने अल्पसंख्यक उईगर मुस्लिमहरुको लागि शान्तिको सन्देश बाँकेबाट ‘या अल्लाह उईगर मुस्लिमहरु माथी रहम फर्मा’

चीनमा बसोबास गर्ने अल्पसंख्यक उईगर मुस्लिमहरुको लागि शान्तिको सन्देश बाँकेबाट ‘या अल्लाह उईगर मुस्लिमहरु माथी रहम फर्मा’

CoVid19, अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ असोज – ईस्लाम धर्मावलम्बीहरुको ताजिया, मोहरम पर्वको चालीस दिनपछि मनाउने चलिसवा (चहेल्लुम) छुट्टाछुट्टै स्थान र मितिमा मनाउने परम्परा रही आएको छ । बाँकेको नेपालगन्जमा यस पटक फरक सन्देशका साथ धुमधाम बाजागाजासहित मनाएका छन् ।बाँकेमा मनाईएको चहेल्लुम पर्वमा यस पटक सचेतना र शान्तिको सन्देश विश्व माझ दिंदै वर्तमान अवस्थामा चीनमा बासोबास गरिहेका मुस्लिम अल्पसंख्यक माथी अन्यायको बारे मौन बसेका युवाहरूलाई सचेत हुन जरुरी रहेको बताएका छन् । बाँकेको जैसपुर, बाबुगाउँमा चहेल्लुम पर्व बाजागाजासहित जुलुस निकाली सम्पन्न भएको छ । तर हरेक बर्ष जस्तो मनाउने चलिसवा पर्व यस पटक केही फरक देखिएको छ । नेपाली मुस्लिमहरुले बिश्वमा रहेका ईस्लामिक धर्म मान्नेहरुलाई शान्तिको कामना समेत गरेका छ्न । बाँकेको नेपालगन्जमा विभिन्न स्थानमा ब्यानर लगाएर शुभकामना सन्देश दिएका छन् । बाँकेको जयसपुर, बाबुगाउँ, ...
मधेश मिडिया मिसनबाट मधेशी जनताको अपेक्षा

मधेश मिडिया मिसनबाट मधेशी जनताको अपेक्षा

CoVid19, अवधी, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
मितिः २०७८ असोज १८ गतेविद्रोहीकरीब १५ वर्षअघि बाँके जिल्लामा मधेश मिडिया मिसन नेपालको शाखा गठन गरिएको थियो । मधेश मिडिया मिसन बाँके जिल्लामा स्थापना गर्दा सो समय मधेशको आन्दोलन चरममा थियो । बराबरीको हक अधिकार पाउन मधेशी जनता सडकबाट संघर्ष गरी रहेका थिए । सो मधेशी आन्दोलनाई सघाउन यहाँ मधेश मिडिया मिसन नेपालले आफ्नो अहम भूमि निर्वाह गरेकोले बाँके जिल्लाबाट मधेशी जनअधिकार फोरम भारी मतले निर्वाचनमा विजयी भयो । मधेशी राजनीतिक दलले मधेश मिडिया मिसनबाट धेरै लाभ उठायो । तर संस्थाको विकासको लागि केही कार्य गरेन, जसको कारण आर्थिक अभावको कारण यो निष्क्रिय बन्न पुग्यो ।एउटा कटु सत्य भन्ने हो भने निर्धक्क रुपमा भन्न सकिन्छ कि चाहे त्यो मधेशको आन्दोलन होस् वा निर्वाचन होस् मधेशी जनता र मधेशी मिडियाले मधेशी राजनीतिक दललाई तन, मन र धनले सघाए । तर सो मधेशी दल यति मौका परस्त बने कि सत्ता, कुर्सी र रकमको लोभ...
कोरोना संक्रमणको जोखिमले गर्दा यस वर्ष १५४औं रामलीला नाटक मञ्चन नहुने

कोरोना संक्रमणको जोखिमले गर्दा यस वर्ष १५४औं रामलीला नाटक मञ्चन नहुने

CoVid19, अवधी, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
- रमेश चन्द्र कुमालनेपालगन्ज, १८ असोज – कोरोना संक्रमणको जोखिमले गर्दा यस वर्ष १५४औं रामलीला नाटकको मञ्चन नहुने कुरा जानकारीमा आएको छ ।नेपालगन्जमा एक शताब्दीभन्दा बढीदेखि बडादशैंमा रामलीला नाटकको मञ्चन हुने गरेको छ । बडादशैं तथा विजया दशमीमा केही वर्षदेखि १३ नं. वडा बाँकी बगिया मैदानमा निर्माण भएको नाट्य मञ्चमा रामलीला नाटक कार्यक्रमको आयोजन हुँदै आएको छ । यसअघि ८ न. वडाको सेतु बाबुको हातामा लामो समयसम्म कार्यक्रमको आयोजना भयो सो पछि केही वर्षसम्म नाकाटोलको टण्डन राइस मिलमा आयोजन हुँदै आएको थियो । सबै भन्दा पहिले नेपालगन्ज टाँगास्टैण्ड नजिक सो रामलीला नाटकको मञ्चन गर्ने शुरुवात स्व. विशेश्वरनाथ सरजुप्रसाद टण्डनबाट आयोजन हुने गरेको इतिहास छ ।यसरी नेपालगन्जमा १५२ वर्षदेखि रामलीला नाटकको मञ्चन हुने गरेको पाइन्छ । २०७५ चैत्र ११ गतेमा कोरोना संक्रमणको कारण लकडाउन गरिएको थियो जसको कारण २०७७ मा १...
हिन्दु शम्शान भूमिमा काठको अभाव भएपछि अन्तिम संस्कार गर्न कठिनाई

हिन्दु शम्शान भूमिमा काठको अभाव भएपछि अन्तिम संस्कार गर्न कठिनाई

CoVid19, अवधी, आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
– मनोज कुमार कौशलनेपालगन्ज, १८ असोज – नेपालगन्ज उमनपा ८ नं. वडा बुलबुलिया गाउँ नजीक रहेको हिन्दु शम्शान भूमिमा काठको अभाव भएपछि त्यहाँ दिवंगतहरुको अन्तिम संस्कार गर्न कठिनाई परेको छ । नेगउमनपा ८ वडा समिति कार्यालयले हिन्दु शम्शान भूमिमा अन्तिम संस्कार कार्य गराउन आवश्यक रहेको काठ सर्वसुलभ ढंगले उपलब्ध गराउन शैलेन्द्र जोशी पण्डालाई नियुक्त गरेको थियो । अहिलेसम्म शम्शान भूमिमा काठ न्यूनतम मूल्यमा उपलब्ध गराउने कार्य भई रहेको थियो । तर भाद्र महिनादेखि त्यहाँ काठको अभाव भएको छ जसको कारण दिवंगत भएका परिवार सदस्य मृतकको अन्तिम संस्कार गर्न बाहिरबाट चर्काे मूल्यमा काठ खरीद गर्न बाध्य बनेका छन् । शम्शान भूमिमा अहिलेसम्म रु. १ हजारमा ५ क्विन्टल काठ उपलब्ध गराउने कार्य भइ रहेको थियो तर अब काठको अभाव भएपछि बाहिरबाट खरीद गर्दा १२ सय रु. प्रति क्विन्टलमा काठ खरीद गर्नु पर्ने बाध्यता छ । काठ अभावक...
महिला अधिकारकर्मी रुबी खानको नेतृत्वमा न्याय माग्दै हिंडेको टोली राजधानीतर्फ बढ्दै

महिला अधिकारकर्मी रुबी खानको नेतृत्वमा न्याय माग्दै हिंडेको टोली राजधानीतर्फ बढ्दै

CoVid19, अपराध, अवधी, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
- सन्दीप कुमार अग्रवालनेपालगन्ज, १८ असोज – महिला अधिकारकर्मी रुबी खानको नेतृत्वमा न्याय माग्न हिँडेको बाँकेको टोली पैदल राजधानीतर्फ अघि बढ्दै गएको छ ।असोज १ गते नेपालगन्जबाट पैदल हिँडेको टोली बुधवार दिन नवलपरासीको बर्दघाट पुगेको थियो भने शनिवार दिन चितवन पुगेको छ । यसअघि सो टोली बुटवल पुगेर लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परषिदको कार्यालय अगाडि धर्ना प्रदर्शन गरेको थियो । अहिलेसम्म उनीहरुलाई न्याय मिल्ने आश्वासन मिलेको छैन जसको कारण उनीहरुले मंगलवार राती नवलपरासीको बर्दघाट बजारको बाटोमा साइडमा रात व्यतीत गरेका थिए । अब टोली न्याय माग्न राजधानीतर्फ बढ्न शुरु गरेको छ । धर्ना प्रदर्शन गरी रहेको टोली महिला हत्या बन्द गर, दोषीलाई कारवही गर, मौन बस्ने सरकार खबरदार बन्ने किसिमको नारा लगाई अघि बढी रहेको छ ।गत साउन ६ गते जानकी गाउँपालिका वडा नं. २ नेवाजी गाउँकी नन्कुन्नी धोबीको उनीको पति...
स्वास्थ्य शिविरबाट ३१९ जना गाउँलेले निःशुल्क सेवा लिए

स्वास्थ्य शिविरबाट ३१९ जना गाउँलेले निःशुल्क सेवा लिए

CoVid19, अवधी, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ असोज – सरकारी तथा नीजि क्षेत्रद्वारा सञ्चालित मेडिकल कलेज, ठुला अस्पताल र स्वास्थ्य केन्द्रहरुको सेवा उपलब्ध भइरहेको नेपालगन्ज नगर भित्र पनि विभिन्न सामाजिक संघ संस्थाहरुबाट आयोजना गरिने निःशुल्क स्वास्थ्य शिविरमा विरामी अर्थात सेवाग्राहीहरुको बढ्दो चाँप देख्दा सर्वसाधारण नागरिक सहज स्वास्थ्य सेवाबाट अझै पनि वञ्चित रहेको सजिलै अनुमान लगाउन सकिन्छ ।नेपालगन्ज उपमहानगरपालिकाको पूर्व दक्षिणको सिमानासँग जोडिएको डुडुवा गाउँपालिका वडा नं. ६ मा आयोजना गरिएका स्वास्थ्य शिविरहरुमा सर्वसाधारण नागरिक लामो लाममा घण्टौं उभिएर पनि सेवा लिनेहरुको भिडको दृश्यले यस्तै आभाष दिएको हो ।नेपालगन्ज नगरको दक्षिणी सिमानामा जोडिएको नरैनापुर गाउँमा शनिवार आयोजित निःशुल्क स्वास्थ्य शिविर र निःशुल्क आँखा शिविरमा सर्वसाधारणको यस्तै भीड देखियो । शिविरको लागि स्थानीय संयोजनको भूमिकामा रहेका स्थानीय अगुवा गुर...
शाह र घिमिरेमाथि आक्रमण घटनाप्रति महासंघको ध्यानाकर्षण, कानुनी दायरामा ल्याउन माग

शाह र घिमिरेमाथि आक्रमण घटनाप्रति महासंघको ध्यानाकर्षण, कानुनी दायरामा ल्याउन माग

CoVid19, अपराध, अवधी, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १७ असोज – नेपाल पत्रकार महासंघ बाँकेका कार्यसमिति सदस्य एवम् अनलाईन खोजखबरका जावेद अहमद शाह, साधारण सदस्य माउण्टेन टिभीका रबिन्द्र घिमिरेमाथि जानकी गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष चन्द्रिकाप्रसाद गुप्ता नेतृत्वको समूहले गरेको दुव्यर्वहार एवम् आक्रमण प्रयासको घटनाप्रति नेपाल पत्रकार महासंघ बाँकेको गम्भिर ध्यानाकर्षण भएको जनाईएको । नेपाल पत्रकार महासंघ बाँके शाखा सचिव कमल डाँगीद्वारा जारी विज्ञप्तीमा सिफारिस लगायतका सेवा नपाएको भन्दै शुक्रबारदेखि वडा कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेको विषयमा समाचार संकलन गर्न आईतबार वडा कार्यालय पुगेका पत्रकारद्वय शाह र घिमिरेमाथि वडा अध्यक्ष गुप्ताले पत्रकार हो भन्ने थाहा पाउने बित्तिकै आक्रमण गर्न समर्थकलाई उकासेका थिए भनी उल्लख गरिएको छ । विज्ञप्तीमा अगाडी लेखिएको छ ‘वडाअध्यक्ष गुप्ताको आक्रमणको धम्कीपछि समर्थकले प्रहरीकै सामुन्ने...
‘अवधी पत्रकारिता दिवसको स्थापना गर्ने’– अध्यक्ष त्रिपाठी

‘अवधी पत्रकारिता दिवसको स्थापना गर्ने’– अध्यक्ष त्रिपाठी

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १७ असोज – मधेश मिडिया मिशन नेपाल बाँके शाखा अध्यक्ष चन्द्रेश्वराज त्रिपाठीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकद्वारा विभिन्न निर्णयहरु गरिएको छ ।संस्थालाई चलायमान हुने गरी गरिएको विभिन्न निर्णयहरुमा संस्थाका पदाधिकारीहरुलाई विभिन्न जिम्मेवारी समेत दिईएको संस्थाका सचिव सन्ध्य शर्माले बताउनुभयो । मधेश मिडिया मिशन नेपाल बाँके शाखा सचिव शर्माका अनुसार आज शनिबार गरिएको निर्णयहरु ऐतिहासिक रहेको तथा निर्णय नं. १ मा सहसचिवमा नयाँ मुलुक प्रकाशनका सञ्चालक रमेशचन्द्र कुमाललाई चयन गरिएको छ । निर्णय नं. २ मा कार्यसमिति पदाधिकारीहरुलाई परिचयपत्र वितरण गर्ने तथा उक्त कार्यको सम्पूर्ण जिम्मेवार शाखा कोषाध्यक्ष चन्दा सिंहलाई दिने निर्णय गरिएको बताउनुभयो ।यसैगरी, निर्णय नं. ३ मा संस्थाको विधान अनुसार अवधी भाषी सक्रिय पत्रकारहरुलाई संस्थामा आबद्ध गर्ने गरि नयाँ सदस्यता वितरण गर्ने निर्णय गर...