
नेपालगन्ज, १८ असोज – ईस्लाम धर्मावलम्बीहरुको ताजिया, मोहरम पर्वको चालीस दिनपछि मनाउने चलिसवा (चहेल्लुम) छुट्टाछुट्टै स्थान र मितिमा मनाउने परम्परा रही आएको छ । बाँकेको नेपालगन्जमा यस पटक फरक सन्देशका साथ धुमधाम बाजागाजासहित मनाएका छन् ।
बाँकेमा मनाईएको चहेल्लुम पर्वमा यस पटक सचेतना र शान्तिको सन्देश विश्व माझ दिंदै वर्तमान अवस्थामा चीनमा बासोबास गरिहेका मुस्लिम अल्पसंख्यक माथी अन्यायको बारे मौन बसेका युवाहरूलाई सचेत हुन जरुरी रहेको बताएका छन् ।
बाँकेको जैसपुर, बाबुगाउँमा चहेल्लुम पर्व बाजागाजासहित जुलुस निकाली सम्पन्न भएको छ । तर हरेक बर्ष जस्तो मनाउने चलिसवा पर्व यस पटक केही फरक देखिएको छ । नेपाली मुस्लिमहरुले बिश्वमा रहेका ईस्लामिक धर्म मान्नेहरुलाई शान्तिको कामना समेत गरेका छ्न ।
बाँकेको नेपालगन्जमा विभिन्न स्थानमा ब्यानर लगाएर शुभकामना सन्देश दिएका छन् । बाँकेको जयसपुर, बाबुगाउँ, सहितका स्थानमा चलिसवाको शुभकामना सन्देश दिंदै चिनको सिन्ज्याङमा बस्दै आएका उईगर मुस्लिमहरुको सलामतिको दुवा गरेका छन् । अहिले विभिन्न स्थानमा राखिएको ब्यानरमा ‘या अल्लाह उईगर मुस्लिमहरु माथी रहम फर्मा’ भन्ने शब्द लेखेको छ ।
अहिले बिश्व मै उईगर मुस्लिम पीडित रहेको भन्दै चीनको आलोचना हुन शुरु भएको छ । चिनले उईगर मुस्लिम माथी अत्याचार गर्दै आएको छ । कति पय उईगरलाई यातना दिने गरेको बेलाबखत सञ्चार माध्यममार्फत जानकारी हुने गरेको छ । तर पनि पाकिस्तान लगायत मुस्लिम देशहरूले उइगर मुस्लिम बारेमा मौन बस्दा प्रश्न चिन्ह खडा भएको छ ।
हालै अफगानिस्तानमा तालिवान सत्तामा आउँदा चिनपुगेका तालिवानि नेताहरुलाई उईगर बारेमा आवाज नउठाउने प्रतिबद्धता समेत गराईएको भारतीय समाचार च्यानलहरुको माध्यमबाट बुझिएको पाईन्छ । नेपालमा बिस्तारै युवाहरु उईगर मुस्लिम के हो, यिनिहरु माथी हुने अन्याय, अत्याचारका बारेमा आवाज उठाउन शुरु गरेका छन् । जेहोस् मुस्लिम युवाहरुले गरेको प्रयासले सम्पुर्ण मुस्लिम समुदायलाई सचेत गराउने आशा गरिएको एक सहभागीले बताएका छन् ।
