Friday, April 24सत्यम खबर
Shadow

शाह र घिमिरेमाथि आक्रमण घटनाप्रति महासंघको ध्यानाकर्षण, कानुनी दायरामा ल्याउन माग

नेपालगन्ज, १७ असोज – नेपाल पत्रकार महासंघ बाँकेका कार्यसमिति सदस्य एवम् अनलाईन खोजखबरका जावेद अहमद शाह, साधारण सदस्य माउण्टेन टिभीका रबिन्द्र घिमिरेमाथि जानकी गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष चन्द्रिकाप्रसाद गुप्ता नेतृत्वको समूहले गरेको दुव्यर्वहार एवम् आक्रमण प्रयासको घटनाप्रति नेपाल पत्रकार महासंघ बाँकेको गम्भिर ध्यानाकर्षण भएको जनाईएको ।

नेपाल पत्रकार महासंघ बाँके शाखा सचिव कमल डाँगीद्वारा जारी विज्ञप्तीमा सिफारिस लगायतका सेवा नपाएको भन्दै शुक्रबारदेखि वडा कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेको विषयमा समाचार संकलन गर्न आईतबार वडा कार्यालय पुगेका पत्रकारद्वय शाह र घिमिरेमाथि वडा अध्यक्ष गुप्ताले पत्रकार हो भन्ने थाहा पाउने बित्तिकै आक्रमण गर्न समर्थकलाई उकासेका थिए भनी उल्लख गरिएको छ ।

विज्ञप्तीमा अगाडी लेखिएको छ ‘वडाअध्यक्ष गुप्ताको आक्रमणको धम्कीपछि समर्थकले प्रहरीकै सामुन्ने पत्रकारलाई घेराऊ गरि दुव्र्यवहार गर्नु साथै भौतिक आक्रमणको प्रयास गरेका थिए । सुरक्षाका लागि खटिनुपर्ने प्रहरीका असई एसके चौधरीले समेत समाचार संकलन गरिरहेका पत्रकारसुरक्षा दिनुको साटो क्यामेरा थुत्ने र गलहत्याउने काम गरेको पीडित पत्रकारले बताउनुभएको छ भनी उल्लेख गरिएको छ ।

यसरी समाचार संकलनमा खटिएका पत्रकारको संविधान प्रदुत अधिकारमाथि भएको आक्रमणको कडा शब्दमा भत्सर्ना गर्दै घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन महासंघ बाँके सम्बन्धित निकायसँग जोडदार माग गर्दछ भनी जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *