योग समितिद्वारा धार्मिक पर्यटन प्रबर्धनमा जोड
नरैनापुर, १४ कार्तिक - योग समिति नेपालले नरैनापुरको गोर्बधन धाम धार्मिक पर्यटन प्रबर्धनमा जोड दिएको छ । नेपालगन्जबाट पुगेको समितिको जम्वो टोलीले आन्तरिक धार्मिक पर्यटनका लागि गोर्बधन धाम उपयुक्त स्थल रहेकाले आवश्यक प्रचारप्रसारमा जोड दिएको हो ।
नरैनापुर गाउँपालिकादेखि उत्तर र राप्तीसोनारी गाउँपालिका देखि दक्षिणमा रहेको उक्त धामको विकासका लागि पालिका अध्यक्ष इस्तियाक अहमद साहले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । उनले योग समितिको टोलीलाई स्वागत गर्दै आफ्नो गाउँपालिकालाई आन्तरिक पर्यटिक क्षेत्रको रुपमा विकास गर्न दीर्घकालिन योजना बनाइरहेको उल्लेख गरे ।
हिन्दु धर्मानुसार श्रीकृष्ण भगवानले गोर्वधन प्रवत उठाइ रक्षा गरेको किमदन्ती अनुसार यहाँ प्रत्येक वर्ष तिहारको गोबर्धन पुजामा मेला लाग्ने लाग्ने गर्छ ।
धामको फेदीमा झरना छ । बरफानीबाबा र सन्तानेश्वर मन्दिरको बीचमा धाम रहेको छ । योग समित...









