Thursday, April 23सत्यम खबर
Shadow

‘अवधी पत्रकारिता दिवसको स्थापना गर्ने’– अध्यक्ष त्रिपाठी

नेपालगन्ज, १७ असोज – मधेश मिडिया मिशन नेपाल बाँके शाखा अध्यक्ष चन्द्रेश्वराज त्रिपाठीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकद्वारा विभिन्न निर्णयहरु गरिएको छ ।
संस्थालाई चलायमान हुने गरी गरिएको विभिन्न निर्णयहरुमा संस्थाका पदाधिकारीहरुलाई विभिन्न जिम्मेवारी समेत दिईएको संस्थाका सचिव सन्ध्य शर्माले बताउनुभयो ।


मधेश मिडिया मिशन नेपाल बाँके शाखा सचिव शर्माका अनुसार आज शनिबार गरिएको निर्णयहरु ऐतिहासिक रहेको तथा निर्णय नं. १ मा सहसचिवमा नयाँ मुलुक प्रकाशनका सञ्चालक रमेशचन्द्र कुमाललाई चयन गरिएको छ । निर्णय नं. २ मा कार्यसमिति पदाधिकारीहरुलाई परिचयपत्र वितरण गर्ने तथा उक्त कार्यको सम्पूर्ण जिम्मेवार शाखा कोषाध्यक्ष चन्दा सिंहलाई दिने निर्णय गरिएको बताउनुभयो ।
यसैगरी, निर्णय नं. ३ मा संस्थाको विधान अनुसार अवधी भाषी सक्रिय पत्रकारहरुलाई संस्थामा आबद्ध गर्ने गरि नयाँ सदस्यता वितरण गर्ने निर्णय गरिएको छ । निर्णय नं. ४ मा संस्था सञ्चालन गर्न कार्यालयको आवश्यकता महसुस गरी अगामी दिनमा सहसचिव रमेशचन्द्र कुमालको अगुवाईमा कार्यालय व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ ।


यसैगरी ऐतिहासिक निर्णयको रुपमा रहेको अवधी भाषी पत्रकारहरुको पहिचान स्थापित गर्न यस क्षेत्रमा पत्रकारिताको जग कसले राखेको, त्यस बारे दस्तावेज संकलन गरी अवधी पत्रकारिता दिवस स्थापना गर्ने बारे सम्पूर्ण जिम्मेवारी शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीलाई दिईएको सचिव शर्माले जानकारी गराउनुभयो ।


शाखा सचिव शर्माका अनुसार आजको बैठकमा शाखा उपाध्यक्ष मनोजकुमार कौशल, सहसचिव रमेशचन्द्र कुमाल, कोषाध्यक्ष चन्दा सिंह, सदस्यहरु समीर अली, शुभम शर्मा, आकाश गुप्ता, सकिल अहमद राई, अशोककुमार मौर्यलगायत सम्पूर्ण पदाधिकारीहरुको उपस्थिति रहनुका साथै शाखा सल्लाहकार अजयकुमार गुप्ताको विशेष उपस्थिति रहेको बताउनुभयो ।
यसबारे शाखा अध्यक्ष त्रिपाठीका अनुसार अब आउने दिनमा छिटोभन्दा छिटो अवधी पत्रकारिताको जग बसाउने अग्रज, वरिष्ठ, ज्ञानवान व्यक्तित्वहरुको दस्तावेज संकलन गरी अवधी पत्रकारिता दिवसको स्थापना गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *