Tuesday, June 30सत्यम खबर
Shadow

अवधी

नेपालसम्म भारतले रेल ल्याउँदा व्यवसायीहरुलाई फाईदा

नेपालसम्म भारतले रेल ल्याउँदा व्यवसायीहरुलाई फाईदा

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
पर्सा, १८ मंसिर – भारतीय रेल्वे कम्पनीबीच सिर्सिया सुक्खा बन्दरगाहमा मालबाहक रेल ल्याउन प्रतिस्पर्धा बढेपछि नेपाली आयातकर्तालाई फाइदा हुन थालेको छ । प्रतिस्पर्धाको कारण तेस्रो मुलुकबाट आयातित मालबस्तु बोकेका कन्टेनर भारतीय बन्दरगाहहरूबाट वीरगन्जसम्म ल्याउने ढुवानी लागत सस्तिँदै गएको छ ।यसअघि भारतीय सरकारी स्वामित्वको कम्पनी कोंकरको १७ वर्ष पुरानो एकाधिकार तोड्दै यसै वर्षको सेम्टेम्बर १५ मा पहिलोपटक भारतको निजी क्षेत्र हिन्द टर्मिनल प्रालिको रेल्वे र्‍याक वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको थियो । अढाई महिनाको अवधिमा हिन्द टर्मिनलले मात्रै भारतको विभिन्न बन्दरगाहबाट १५ पटक आफ्नो रेल्वे र्‍याकमा नेपाली आयातकर्ताको मालबस्तु बोकेका कन्टेनर वीरगन्जसम्म ल्याएको बन्दरगाहस्थित इन्टर मोडल यातायात विकास समितिका प्रमुख कमल ज्ञवालीले जानकारी दिए । मंगलबार भारतीय निजी क्षेत्रको अर्को ...
भव्यताका साथ मनाईयो अपाङ्गता दिवस

भव्यताका साथ मनाईयो अपाङ्गता दिवस

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, १७ मंसिर - “हाम्रो प्राथमिताको आधार अपाङ्गता भएको व्यक्तिको अधिकार” भन्ने मुल नाराका साथ ३० औ अन्तर्राष्ट्रिय बिश्व अपाङ्गता दिवस बाँकेको नरैनापुरमा मनाइएको छ । राष्ट्रिय मधेशी अपाङ्ग महासंघ नेपाल मध्य तथा सुदूरपश्चिम अञ्चल क्षेत्रिय कार्यलय बाँकेको आयोजना तथा अपाङ्ग सरोकार केन्द्र नेपाल, नेपाल अपाङ्ग संघ खगेन्द्र नवजिबन केन्द्र बाँके, त्रिशक्ति अपाङ्ग तथा दलित सेवा लोकतान्त्रिक अपाङ्ग संघ बाँकेको सहकार्यमा अपाङ्गता दिवस भव्यताका साथ मनाईएको हो । राष्ट्रिय मधेश अपाङ्ग महासंघ नेपाल मध्य तथा सुदूरपश्चिम अञ्चल क्षेत्रिय कार्यलय नेपालगन्ज बाँकेका राजेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी रेडक्रस सोसाईटी गंगापुर बाँकेका सदस्य तथा समाजसेवी डिट्टाप्रशाद मौर्या रहनुभएको थियो । राष्ट्रिय मधेशी अपाङ्ग महासंघको आयोजनामा ३० औ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा ...
मनाेजकाे नेतृत्वमा पाँच सदस्यीय आर्थिक समिति गठन

मनाेजकाे नेतृत्वमा पाँच सदस्यीय आर्थिक समिति गठन

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ मंसिर – मधेश मिडिया मिसनले बैशाख ३ गते ६२ औं अवधी पत्रकारिता दिवस तथा नयाँ वर्ष २०७९ को शुभकामना आदान–प्रदान भब्यताले मनाउन गर्नुपर्ने तयारीकाे लागि समीक्षा बैठक बसेकाे छ । आज शुक्रबार मधेश मिडिया मिसन नेपाल बाँके शाखाको बसेको समीक्षा बैठकले विविध निर्णयहरु गर्दै मनाेज काैशलकाे संयाेजकत्वमा रमेशचन्द्र कुमाल, सकिल अहमद राई, अवधी भाषी वरिष्ठ पत्रकार अजयकुमार गुप्ता, आकाश गुप्ता सदस्य रहने गरि पाँच सदस्यीय आर्थिक समिति गठन गरेकाे छ । सोही बैठकबाट बैशाख ३ गते अवधी र हिन्दी भाषामा बाँके जिल्लामा पहिलो पत्रिकाका प्रकाशक/सम्पादक प० योगेश्वर प्रसाद मिश्रा ‘वैद्यजी’बाट विधिवत दर्ता गराउनु भएकोमा मातृभूमि साप्ताहिक २०१६ साललाई आधार मानी अवधी पत्रकारिता दिवसको स्थापना गरी भब्यताले मनाउन अवधी भाषी जानकारीहरूबाट सुझाव संकलन समेत गर्ने निर्णय गरेको छ । बैठक चन्द्रेश्वरराज त्रिपाठी...
खानद्वारा मिश्रालाई सम्मान

खानद्वारा मिश्रालाई सम्मान

अवधी, आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १६ मसिर - नेपाल अडिटर्स एसोसिएन (अडान)का केन्द्रिय उपाध्यक्ष तथा खान एण्ड कम्पनी बाँकेका सञ्चालक अब्दुल करिम खानद्वारा नेकपा एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्रालाई हार्दिक बधाई तथा नेपालगन्जमा आज विहिबार सम्मान गरिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य मिश्रालाई बधाई तथा सम्मान गरिएकाे खान एण्ड कम्पनी बाँकेका सञ्चालक खानले बताउनुभयाे । उक्त सम्मान तथा बधाई कार्यक्रममा नेकपा एमाले बाँकेका नेता गिरिजाप्रसाद पाठक लगायतको सहभागिता रहेको थियाे ।...
श्रीमदभागवत महापुराण ज्ञान कथा श्रावण गर्नेको घुईचो

श्रीमदभागवत महापुराण ज्ञान कथा श्रावण गर्नेको घुईचो

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, १२ मसिंर – बाँके डुडुवा गाउँपालिका वार्ड नं. ४ सिधनियामा श्रीमदभागवत महापुराण ज्ञान महायज्ञको आयोजना गरिएको छ । स्थानीय शिवशंकर मिश्रको परिवारद्धारा आयोजित ज्ञान महायज्ञमा संगितमय कथा बाचन समेत भईरहेको छ । महायज्ञमा भारत आयोध्याका व्यास पण्डित श्री तुलसीराम शास्त्री महाराज जीको मुखारविन्दबाट कथा श्रवण भइरहेको छ । गत मसिंर ८ गते शुरु भएको ज्ञान महायज्ञ मसिंर १५ गते समापन हुनेछ । महायज्ञमा मसिंर ७ गते कलश यात्रा, ८ गते कथा प्रारम्भ, ११ गते भगवानको जन्मोत्सव (लावा) र १५ गते पुर्णाहुति एवं ब्राहम्ण भोज तथा भण्डाराको आयोजना गरिएको आयोजक मिश्रले बताउनुभयो । उहाँका अनुसार दैनिक कथा सुन्नका लागि गाउँ आसपासका श्रद्धालुहरुको भिड लाग्ने गर्दछ ।महायज्ञमा व्यास पण्डित तुलसीराम शास्त्रीको साथमा भारत आयोध्याका विकास शास्त्री, बनारसका श्याम धर, नेपालका पण्डित कृष्णबहादुर शास्त्री र ...
श्री हडियाबाबा आश्रममा श्रीकृष्ण लिलाको श्रवण गर्न श्रद्धालुहरुमा अपील

श्री हडियाबाबा आश्रममा श्रीकृष्ण लिलाको श्रवण गर्न श्रद्धालुहरुमा अपील

अवधी, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ मंसिर – नेपालगन्ज उपमहानगरपालिकाका भित्र रहेको ऐतिहासिक धार्मिक पर्यटकीय स्थल श्री श्री १००८ हडियाबाबा आश्रममा प्रत्येक वर्ष झैं यसवर्ष पनि भब्य रुपमा मेला आयोजना गरिएको छ । प्रत्येक वर्ष झै मंसिर ५ गते अर्थात मार्ग कृष्णपक्ष द्वितीय र तृतीयको शुभ अवसरमा शुभारम्भ भएको धार्मिक मेला श्री हडियाबाबा आश्रममा आयोध्यबाट आएको टीमद्वारा श्रीकृष्ण लिला मञ्चन मण्डलीमार्फत राती ७ बजेदेखि शुभारम्भ भई १२ बजेसम्म कथा मञ्चन गर्ने गरिन्छ ।श्री श्री १००८ हडियाबाबा आश्रमको विशेषताको कुरा गर्नुपर्दा धेरै रहेको पाईन्छ । तर विशेष रुपमा भन्नुपर्दा नेपाल–भारतका विभिन्न मठमन्दिरबाट साधुसन्तहरुको जमघट हुने गर्दछ । सहभागी साधुसन्तहरुलाई कसैले पनि निम्तो नगरेको भएपनि हडियाबाबाको महिमाले गर्दा प्रत्येक वर्ष साधुसन्तहरुको जमर्को लाग्ने गर्दछ । यसवर्ष पनि आज चौथो दिनसम्म २ सय ५० बढी साधुसन्तहरुको जमघ...
मधेश मिडिया मिसनबाट अवधी पत्रकारिता दिवस बैशाख ३ गते भब्यताले मनाउने निर्णय

मधेश मिडिया मिसनबाट अवधी पत्रकारिता दिवस बैशाख ३ गते भब्यताले मनाउने निर्णय

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ४ मंसरि – मधेश मिडिया मिसनले बैशाख ३ गते ६२ औं अवधी पत्रकारिता दिवस तथा नयाँ वर्ष २०७९ को शुभकामना आदान–प्रदान भब्यताले मनाउने निर्णय गरेको छ ।आज शनिबार मधेश मिडिया मिसन नेपाल बाँके शाखाको बसेको बैठकले विविध निर्णयहरु गर्दै आजै मिसनको कार्यालयमा आफ्नो कार्यसमिति पदाधिकारीहरुलाई परिचयपत्र वितरण गरेको छ । सोही बैठकबाट बैशाख ३ गते अवधी र हिन्दी भाषामा बाँके जिल्लामा पहिलो पत्रिकाका प्रकाशक÷सम्पादक प० योगेश्वर प्रसाद मिश्रा ‘वैद्यजी’बाट विधिवत दर्ता गराउनु भएकोमा मातृभूमि साप्ताहिक २०१६ साललाई आधार मानी अवधी पत्रकारिता दिवसको स्थापना गरी भब्यताले मनाउने निर्णय गरेको छ । बैठक चन्द्रेश्वरराज त्रिपाठीको अध्यक्षतामा बसेको थियो । जसमा उपाध्यक्ष मनोजकुमार कौशल, सचिव सन्ध्या शर्मा, सहसचिव रमेशचन्द्र कुमाल, कोषाध्यक्ष चन्दा सिंह, सदस्यहरु सकिल अहमद राई, आकाश गुप्ता, देवीदयाल ...

मर्ने बाँच्ने दोसाँधमा,आमा बाबु !

अपराध, अवधी, आर्थिक, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, बिचार, मौसम, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
डुडुवा गाऊँ पालिका वडा नं.३ बनकटवा बस्ने लगभग १६ बर्ष राम शंकर चमारको दुर्घटनामा परी भएको निधनको आज तेस्रो दिन पनि सहमति नभएको कारण निजको लाश भेरी अस्पतालमै राखिएको छ । यही मंसीर १ गतेका दिन डुडुवा ३ देखि आफ्नो दीदीको घरमा जान लागेका राम शंकरंलाई डुडुवा २ संतलिया गाउ नजिक डुडुवा गाऊ पालिका वडा नं.१ बस्ने बिनोद लोनियाले मादक पदार्थ सेवन गरी तीब्र गतिमा चलाई रहेको टै«क्टरले किचिए पछि उपचारको क्रममा निज राम शंकरको ज्यान गएको । दुर्घटना लगत्तै निजलाई भेरी अस्पतालमा पु¥याई उपचारको क्रममा निधन भएको कुरा निज मृतकका भिनाजूले बताएका हुन । निज मृतकको बाबु जयपत्तर चमारले छाती समाती मेरो दुई छोरा एउटा ४÷५ बर्ष देखि गायब छ, अर्कोलाई टै«क्टरले मारि दियो हामीलाई पनि मारदिए हुन्छ भनी आमा बाबु दुबै जना तीन दिन देखी रुँदै अचेत हुँदै गरेका छन । बुढेसकालको सहारा नै नरहे पछि कसरी बाच्ने भनी आमा बाबु ...
हिन्दुबादी संगठनहरुद्वारा प्रदेश २ मुख्यमन्त्री राउतको राजीनामा माग गर्दै बिरोध प्रर्दशन

हिन्दुबादी संगठनहरुद्वारा प्रदेश २ मुख्यमन्त्री राउतको राजीनामा माग गर्दै बिरोध प्रर्दशन

अवधी, आस्था, धार्मिक, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कपिलबस्तु, २ मंसिर - कृष्णनगरमा विभिन्न हिन्दुबादी संगठनहरुद्वारा प्रदेश २ सरकार बिरुद्ध र्याली सहित बिरोध प्रर्दशन गरेका छन् । जनकपुरधामको देवपुरा रुपैठामा छठ पर्वमा भएको हिन्दु–मुस्लिमबीचको विवादलाई लिएर कृष्णनगरमा वृहत बिरोध प्रदर्शन गरिएको छ । छठ पर्वको दिन विभिन्न स्थान धनुषा, बारासहित हिन्दुमाथि भएको दमनविरुद्ध हिन्दुवादी संघ संस्थाहरुले विरोध जनाएका हुन् । जय महाकाल सामाजिक संस्था, हिन्दु युवा शक्ति कपिलवस्तु, हिन्दु परिषद् नेपाल, हिन्दु स्वयमसेवक संघ नेपाल लगायतका संघ संस्थाहरुले कृष्णनगरको भंसारबाट विरोध र्याली निकालेका हुन् । र्यालीमा सहभागीहरुले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै प्रदेश २ सरकार विरुद्ध नारावाजी गरेका थिए । कृष्णनगर भंसार हुँदै कृष्णनगर बाजार परिक्रमागरी गोलघरमा आई कोणसभामा परिणत भएको हिन्दु युवा शक्ति कपिलबस्तु अध्यक्ष मोतीलाल मिश्रले जानकार...
मुस्लिम, थारु, मधेशीसँग अहिलेपनि भेदभाव कायमै : नेता उपेन्द्र यादव

मुस्लिम, थारु, मधेशीसँग अहिलेपनि भेदभाव कायमै : नेता उपेन्द्र यादव

अवधी, आस्था, प्रदेश ५, राजनीति, समाचार
कपिलवस्तु , २५ कार्तिक - नेपालकाे संविधान २०७२अपुर्ण रहेकाले राज्यमा मुस्लिम, थारु, मधेशीसँग अहिलेपनि भेदभाव कायमै रहेकाे जसपा अध्यक्ष उपेन्द्र यादवकाे भनाई छ ।आज जिल्लाकाे कृष्णनगरमा जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु क्षेत्र ३ ले आयाेजना गरेकाे पार्टी सुदृढीकरण तथा जनजागरण अभियान एवं अगुवा कार्यकर्ता तथा पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि रहेका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले मन्तव्य राख्ने क्रममा राज्यले अहिलेपनि मधेश जनआन्दोलन विपरित संविधान जारी गरि विभिन्न तरिकाले मुस्लिम, थारु, मधेशीसंग भेदभाव कायमै राखेकाे बताउनुभयाे । कार्यक्रममा बाेल्दा अध्यक्ष यादवले नेपालमा राजनिति सत्ता प्राप्तमा मात्र केन्द्रीत रहेकाेले अब समावेशी, संघिय संरचनालाई बचाउन हामी सबै एकजुट भई अगाडि बढ्नुकाे बिकल्प नरहेकाे बताउनु भयाे । कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश प्रवक्ता...