Tuesday, June 30सत्यम खबर
Shadow

अवधी

जोगागाउँ मेला मंसिर ३ गतेबाट सुरु हुने

जोगागाउँ मेला मंसिर ३ गतेबाट सुरु हुने

अवधी, आस्था, कला/साहित्य, प्रदेश ५, समाचार, समाज
रोहित मिश्राजानकी, २५ कार्तिक - बाँकेको जानकी गाउँपालिका वडा नं २ मा जोगागाउँ मेला तयारी पूरा भएकाे जनाईएकाे छ । आज विहिबार भएकाे छलफलबाट जानकी गाउँपालिका वडा न.२ अन्तर्गत रहेको जोगागाउँ बाबाकुट्टिमा प्रत्येक वर्ष कार्तिक पुर्णिामामा लाग्ने मेला यस वर्ष मंसिर ३,४ र ५ गते लाग्ने तथा उक्त मेला हर्षाेउल्लासका साथ सम्पन्न गराउन विभिन्न समितिहरू समेत गठन गरिएकाे जनाईएकाे छ । सो मेलालाई सञ्चालन तथा व्यवस्थापनको लागि अध्यक्ष जयराम काँदु, उपाध्यक्ष बाबादिन चमार, सचिव कुलबहादुर थापा, सहसचिव विष्णु कोरी, कोषाध्यक्ष रज्जव अलि हलवाईसहित १५ सदस्य मुल समितिसहित सुरक्षा समिति, सल्लाहकार समिति लगायत गठन गरिएकाे छ । जानकी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताकाे अगुवाईमा नव गठित जाेगागाउँ मेलालाई वडा अध्यक्ष गुप्ताले शान्त र मर्यादित तरिकाबाट मेला सम्पन्न गराउने आशा रहेकाे भन्दै...
जय जाति जननी !

जय जाति जननी !

अवधी, आस्था, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०७८ कार्तिक २५ गतेसकिल अहमद राईबाँके जिल्लामा कसौधन वैश्य समुदायको ठूलो बसोबास रहेको छ । यस जिल्लामा करीब–करीब ७ हजारको जनसंख्या यिनीहरुको रहेको छ । नेपालगन्जमा बनेको मन्दिर, देवालय, धर्मशाला, पार्टी पउवा, स्कूल विद्यालयहरुको धेरै जसो निर्माण यसै समुदायबाट भएको हो । विभिन्न सामाजिक सेवा कार्य यो समुदाय दशकौंदेखि अग्रणी रही कार्य गर्दै आएको छ । यस समुदायको मूल नारा हो जय जाति जननी । महार्षि कश्यप गोत्रको यो समुदाय हो । कश्यप ऋषिको तपोस्थली भारतको कश्मीर राज्य हो । यस कारण कसौधन वैश्य समुदाय कश्मीरबाट आएको सम्म भन्ने गरिन्छ । कसौंधन, केशरवाल, केशरवानी समुदायको अगाडि क शब्द जोडिएको छ । यसरी केशर ‘जाफरान’को खेती गर्ने यो समुदाय रहेको अधिकांशहरुको मत रहेको छ । कसौधन वैश्य समुदायको बसोबास बाँके जिल्लामा बढी छ । विभिन्न वार्डहरुमा यो समुदाय छरिएर बसेका छन् । यसमा पचासौं वर्ष अघि भार...
कृष्णनगरमा पनि मनाईयो छठ पर्व

कृष्णनगरमा पनि मनाईयो छठ पर्व

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कृष्णनगर, २५ कार्तिक – तराईको जिल्ला लगायत कपिलवस्तुमा पनि छठ पर्व अन्तर्गत विहिवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।जिल्लाका विभिन्न स्थानका नदी, नहर, तलाउ र पोखरीमा जम्मा भएका श्रद्धालुहरुले समेत बुधवार साँझ सूर्यलाई अर्घ्य दिएका छन् । कपिलवस्तुको तौलिहवा, बहादुरगंज, महाराजगंज, लगायत जिल्लाका विभिन्न स्थानका जलासय सिँगारिएको छ । छठ व्रत गर्ने महिला र पुरुषहरुले साँझ अस्ताउँदै गरेको सूर्य देवतालाई नदी नहर पोखरी वा पवित्र जलाशयमा उभेर माटोले निर्मित भाडा वर्तन,कनसुप्ति, छिट्टा (बाँसले निर्मित सामग्री) सहितका भाडा वर्तनमा राखिए कोरा, स्याऊ, ठेकुवा, भूस्बा, खाजा, लड्डू सहितका फलफुल, सामग्रीहरु सूर्य देवतालाई चढाउने गर्दछन् ।कृष्णनगर नगरपालिका वडा नं १ स्थित पोखरीमा पनि छठपूजा धुमधामका साथ मनाइएको छ । उक्त स्थानमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजतप्रताप शाह, राष्ट्रिय प्रजातन्त्...
डुडुवाको वडा नं. ५ बालविवाह मुक्त वडा घोषणा

डुडुवाको वडा नं. ५ बालविवाह मुक्त वडा घोषणा

अवधी, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, २३ कार्तिक - बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ लाई मंगलबार एक कार्यक्रमका वीच बालविवाह मुक्त वडा घोषणा गरिएको छ । डुडुवा गाउँपालिकाको वडा नम्बर ५ पालिकाकै पहिलो बालविवाह मुक्त वडा घोषणा भएको हो । कार्यक्रममा वडाध्यक्ष बुढाथोकीले बाल विवाहमुक्त वडा घोषणा तथा प्रतिबद्धता पढेर सुनाएपछि जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार श्रीवास्तवले उक्त प्रतिबद्धता पत्र वडालाई हस्तान्तरण गरि वडालाई वालविवाह मुक्त घोषणा गरिएको थियो । घोषणासभामा बाल विवाहको सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्दै स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले वडामा पछिल्लो एक वर्षमा २० प्रतिशतभन्दा कम बालविवाह भएकोले बालविवाह मुक्त घोषणा गर्न मिल्ने निर्देशिका अनुसार डुडुवा गाउँपालिका वडा नं. ५ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको थापाले बताए । ‘हामी सबैको प्रतिबद्धता बालविवाह बिरुद्धको साझा प्रतिवद्धता’ भन्ने...
अनुसन्धानको दायरामा काँग्रेस नेता बादशाह कुमी !

अनुसन्धानको दायरामा काँग्रेस नेता बादशाह कुमी !

अपराध, अवधी, आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २२ कार्तिक – पूर्वसांसद एवं बाँकेका कांग्रेस नेता बादशाह, जग्गा कारोबारी रमेश थापा, उनकी श्रीमति रत्नादेवी थापा, फुपुकी छोरी विष्ट, स्थानीय निजामुद्दिन, नीता, पूजा, रत्नादेवी, रमेश, जुवेदा इद्रिसी, ओमकारलगायतले जग्गा हड्पेको उजुरी प्रहरी कार्यालयमा दर्ता छ ।सम्पत्ति सम्बन्धी विवादमा उनी सांसद छँदै कुर्मीलाई हातपात र दुर्व्यवहार गरेकाले यो घटनामा उनी जोडिएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले स्थानीय नन्कुन्नी धोबीको शंकास्पद मृत्यु र निर्मला कुर्मी बेपत्ता भएको घटनामा अनुसन्धान नगरेको भन्दै स्थानीय अधिकारकर्मी र पीडित परिवारका सदस्य काठमाडौं पुगेर धर्नामा बसेका थिए ।कुर्मी एकाएक बेपत्ता हुनुमा उनको सम्पत्ति हडप्न खोज्ने समूहको भूमिका रहेको भन्दै स्थानीयले अनुसन्धानको माग गरेका थिए । गत वर्ष मंसिरमा किटानी जाहेरीसहित अपहरण तथा शरीर बन्धकमा मुद्दा चलाउन अधिकारकर्मीले जिल्ला प्रह...
दीपावली पर्वको महत्व

दीपावली पर्वको महत्व

अवधी, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, बिचार, समाज
मितिः २०७८ कार्तिक २२ गतेलक्ष्मी गुप्तातिहार शरद ऋतुमा पर्छ शरह ऋतु अत्यन्त मनोरम्, सफा रसिलोका साथै जताततै फूलहरुले वरिपरिको वातावरणलाई मनमोहक बनाउने समय हो । यस समयमा विभिन्न किसिमका फूल फुलेर घर आँगन जताततै सजिएका हुन्छन् । घर वरिपरि खेतबारी भीरपाखामा हरियाली छाएको हुन्छ । वर्षभरि दुःख गरेका किसानको खेतमा धानका बाला झुलेका हुन्छन् । प्रकृतिको यस्तो अत्यन्तै रमणीय समयमा आउने चाड भएकाले तिहारमा मानिसहरुको मनमस्तिष्कमा रमाइलोपन छाएको हुन्छ । तिहार कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कार्तिक शुक्लपक्षको द्वितीया तिथिका बीचमा पाँच दिनसम्म मनाइने चाडहो । पाँच दिनसम्म मनाइने यो चाडको पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन गाई तिहार, चौथो दिन गोरु तिहार र पाँचौ दिन भाई तिहार मनाउने चलन छ । यो पाँच दिनलाई यमपञ्चक पनि भन्ने चलन छ । तिहारका यी पाँचवटै दिनमा घरघरमा दीपावली गरिने ...
नेपालीको घर आँगनमा झिलीमिली दीप जलोस्

नेपालीको घर आँगनमा झिलीमिली दीप जलोस्

अवधी, आस्था, धार्मिक, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०७८ कार्तिक २२ गतेशकिल अहमद राईदीपावली पर्वमा जब सबैको घरमा माटोको दियो बल्छ यस समय यस माटोको दियो जल्दा हजारौं लाखौं संख्यामा रहेका किट पतंगाहरु नष्ट हुने गर्छन् । वैदिक सनातन धर्मको प्रायः सबै चाड पर्वहरु वैज्ञानिक आधारमा स्थापित गरिएका छन् । यस्ता चाडपर्वले केही सन्देशहरु दिएको छ । दिपावली मनाउनुको अर्थ हो अन्धकारलाई हटाई प्रकाश ल्याउनु ।मानव जीवनमा पनि यस्तै प्रकारको घटनाचक्र चल्ने गर्छ जसमा मानव जीवन अन्धकारमा पुग्छ यस समयमा त्यस्तो अन्धार हटाउने प्रेरणा दिपावली पर्वले दिन्छ । हाम्रो देश नेपालमा यस्तै प्रकारको अन्धकार क्षण कैयन पटक आयो । २००७, २०४६, राजा वीरेन्द्रको सम्पूर्ण वंश विनाश, ११ वर्ष जनयुद्ध र त्यसपछि जनआन्दोलनको क्षण । यस्तो समयमा देश दिशाहीन बनेको थियो ।राजा वीरेन्द्रको सम्पूर्ण वंश विनाश धेरै नै दुःखद क्षण थियो । यस समय देश कसरी अब अगाडि बढ्छ यस्तो कुरा सबै नेपाली ...
महान चाड धन्वन्तरी जयन्ती (धनतेरस), दीपावली, भाईटीका पर्व हर्षाेल्लास सम्पन्न

महान चाड धन्वन्तरी जयन्ती (धनतेरस), दीपावली, भाईटीका पर्व हर्षाेल्लास सम्पन्न

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
– मनोज कुमार कौशलनेपालगन्ज, २२ कार्तिक – वैदिक सनातन धर्मावलम्बीहरुको महान चाड धन्वन्तरी जयन्ती (धनतेरस), दीपावली, भाईटीका पर्व हर्षाेल्लास सम्पन्न भएको छ । धनतेरस पर्वमा देउताहरुको वैद्य चिकित्सक भगवान धन्वन्तरीको पुजा गरी अर्काे दिन दिपावली र त्यसको लगत्तै शनिवार दिन भाई टीका पर्व हर्षाेल्लास सम्पन्न भएको छ ।देउता र असुरहरु मिलेर समुन्द्र मन्थन गर्दा भगवान धन्वन्तरी र माता लक्ष्मीको प्राप्ति भएको कुरा वैदिक ग्रन्थहरुमा उल्लेख रहेको छ । भगवान धन्वन्तरी समुन्द्र मन्थन हुँदा हातमा अमृत कलश लिएर प्रकट हुनु भएको थियो यस कारण उनी आरोग्य, स्वास्थ्य, आयु र तेज कान्तिका देउता हुन् । हरेक वर्ष कात्तिक महिनाको कृष्ण पक्षको त्रयोदशीका दिन धनतेरस पर्व मनाइन्छ । धनतेरस पर्वको दिनमा गरिएको भाडाकुडा, गरगहना किनमेलललाई शुभ मानिन्छ । धनतेरस पर्व लगत्तै दीपावली पर्व मनाइन्छ । त्रेतायुगमा भगवान राम १४ वर्षक...
राप्तीनदी घाटमा पाँच हजार एक सय ११ महादीपोत्सव(फाेटाेेफिचरसहित)

राप्तीनदी घाटमा पाँच हजार एक सय ११ महादीपोत्सव(फाेटाेेफिचरसहित)

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सिधनिया, १७ कार्तिक - बाँकेको राप्ती नदीस्थित स्नान घाटमा पहिलो पटक पाँच हजार एक सय ११ दिप प्रज्वलन गरिएको छ । हिन्दुहरुको महान पर्व तिहार (दिपावली) को अवसर पारेर पबित्र स्थान मानिएको स्नान घाटमा बुधबार साँझ महादीपोत्सवका रुपमा सामुहिक दिप प्रज्वलन गरिएको हो । दिप प्रज्वलन कार्यलाई डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले उद्घाटन गर्नुभयो । उहाँले हिन्दुहरुको शुभ कार्य गर्न अघि गरिनुपर्ने बिधि बिद्यान अनुरुप पुजापाठ गरेर महादीपोत्सवको उद्घाटन गर्नुभएको थियो । नेपालगन्जस्थित बागेश्वरी संचार सेवा प्रालि एवं डुडुवा गाउँपालिकावासीको संयुक्त आयोजनामा गरिएको महादीपोत्सव कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले कार्यक्रमको प्रशंसा गर्नुभयो । उहाँले पबित्र स्थानमा यसरी सामुहिक रुपमा ठुलो मात्रामा दिप प्रज्वलन कार्य आफैमा सराहनीय भएको बताउनुभयो । यसैक्रममा बोल्दै उहाँले गाउँपा...
बाँके र कैलालीका स्रष्टालाई सम्मान

बाँके र कैलालीका स्रष्टालाई सम्मान

अवधी, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ कार्तिक - मानव अधिकार तथा शान्ति समाज नेपाल केन्द्रिय समितिको आयोजनामा मानव अधिकार तथा शान्ति समाज नेपाल बाँकेको प्रायोजनमा आज सोमवार बाँके र कैलालीका दुई जना स्रष्टालाई सम्मान गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनतकुमार रेग्मीको प्रमुख आतिथ्यमा मानव अधिकार तथा शान्ति समाज नेपाल केन्द्रिय समितिले मानव अधिकार तथा शान्ति समाज नेपाल बाँकेका सल्लाकार बिष्णुलाल कुम्हार तथा पवित्रा देबी चौलागाईलाई श्रष्टा सम्मानबाट र कैलाली जिल्लाका रबिना चौधरी, नारायण दाहाललाई श्रष्टा सौगात –२०७८ बाट, नगद राशी रु. २०/२० हजार रुपैया सम्मान– पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । मानव अधिकार तथा शान्ति समाज नेपाल बाँकेका अध्यक्ष प्रभाकर भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज नेपाल केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष सुशील ब...