Friday, November 22सत्यम खबर
Shadow

भव्यताका साथ मनाईयो अपाङ्गता दिवस

नरैनापुर, १७ मंसिर – “हाम्रो प्राथमिताको आधार अपाङ्गता भएको व्यक्तिको अधिकार” भन्ने मुल नाराका साथ ३० औ अन्तर्राष्ट्रिय बिश्व अपाङ्गता दिवस बाँकेको नरैनापुरमा मनाइएको छ ।

राष्ट्रिय मधेशी अपाङ्ग महासंघ नेपाल मध्य तथा सुदूरपश्चिम अञ्चल क्षेत्रिय कार्यलय बाँकेको आयोजना तथा अपाङ्ग सरोकार केन्द्र नेपाल, नेपाल अपाङ्ग संघ खगेन्द्र नवजिबन केन्द्र बाँके, त्रिशक्ति अपाङ्ग तथा दलित सेवा लोकतान्त्रिक अपाङ्ग संघ बाँकेको सहकार्यमा अपाङ्गता दिवस भव्यताका साथ मनाईएको हो ।

राष्ट्रिय मधेश अपाङ्ग महासंघ नेपाल मध्य तथा सुदूरपश्चिम अञ्चल क्षेत्रिय कार्यलय नेपालगन्ज बाँकेका राजेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी रेडक्रस सोसाईटी गंगापुर बाँकेका सदस्य तथा समाजसेवी डिट्टाप्रशाद मौर्या रहनुभएको थियो ।

राष्ट्रिय मधेशी अपाङ्ग महासंघको आयोजनामा ३० औ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा अपाङ्गता भएका ४ जना अपाङ्ग व्यक्तिलाई तिन पाङग्रे साईकल (ह्विल चियर) प्रदान गरिएको थियो । यस्तै जलवर्षा चमारिनलाई इयेर साइबर, मनोहर धोवी र हरिराम गोडियालाई बैशाखी प्रदान गरिएको थियो ।

कार्यक्रममा जैकिशान मा.बि का बरिष्ठ शिक्षक सन्तोषकुमार तिवारी, नरैनापुर गाउपालिका ६ नं. वडा सदस्य सारदा पत्ती मौर्या, गंगापुर वडा नं ६ का प्रहरी ईन्चार्ज बुद्धी सागर चौधरी, नरूनापुर गाउँपालिका स्तरिय अपाङ्ग संञ्जालको अध्यक्ष गुरुदयाल मौर्या, अपाङ्ग सरोकार केन्द्र नेपालका महासचिब रामसमुझ बिश्वकर्मा, स्थानिय अगुवा, समाजसेवी, बुद्धीजिबी, बिद्यार्थी, पत्रकार लगायतको सहभागी रहेको थियो ।

कार्यक्रममा बिभिन्न किसिमको साँस्कृतिक कला, नित्य, गित, गजल, चुट्किला लगायतका प्रस्तुति गरिएको थियो भने कार्यक्रमकाे सञ्चालक स्थानिय युवा नेता अरुण दर्पणले सञ्चालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *