शुभविहानी मर्निङ्ग वाक समुहद्वारा सामाजिक गतिविधि” गुप्ता र घर्तीमगर सम्मानित
नेपालगन्ज १७ श्रावण - १२औं विश्व स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनशीपमा स्वर्ण पदक विजेतालाई सम्मान गरिएकोछ । बाँकेको नेपालगन्जबाट प्रतिनिधित्व गर्दै थाइल्याण्डको पटायामा हालै सम्पन्न १२औं विश्व स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनशीपमा स्वर्ण पदक विजेता नेपालगन्जका मोहित गुप्तालाई सम्मान गरिएको हो ।
शुभ विहानी मर्निङ्ग वाक समुहले शनिबार विहान मंगल प्रसाद उच्च माविमा एउटा कार्यक्रम गरि सम्मान गरिएको हो ।
आफ्नै ब्यक्तिगत खर्चमा प्रतियोगितामा नेपालकै प्रतिनिधित्व गर्दै नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर–७ निवासी खेलाडी गुप्ता सहभागिता जनाएका थिए ।
थाइल्याण्डको पटायामा भएको उक्त प्रतियोगितामा नेपालगन्जका मोहित गुप्ताले एक गोल्ड र एक ब्रोन्जि स्ट्रेन्थ प्राप्त गरेका थिए ।
शुभ विहानी मर्निङ्ग वाक समुहका संयोजक सुरेश कुमार श्रेष्ठको सभापतित्वमा भएको सम्मानमा देशको नाम अन्तर्राष्ट्रिय ज...









