Monday, April 27सत्यम खबर
Shadow

समाचार

कर्णाली बैंक घोटाला प्रकरण : ‘छानबिन गर्न निवेदन दिनेमाथि नै मुद्दा चलाइयो’

कर्णाली बैंक घोटाला प्रकरण : ‘छानबिन गर्न निवेदन दिनेमाथि नै मुद्दा चलाइयो’

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २६ श्रावण – नेपालगन्ज स्थित प्रधान कार्यालय रहेको कर्णाली विकास बैंकको रकम हिनामिना प्रकरणमा आफुमाथि मुद्दा चलाइएको भन्दै पुर्पक्षका लागि थुनामा रहेका बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्रले असन्तुष्टि व्यक्त गरेका छन् । बैंकमा हिनामिना भएको आंशका लागेपछि आफुलगायत डा.ओम प्रकाश मिश्रले जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय बाँके र नेपाल राष्ट्र बैंकमा त्यसको छानबिनका लागि निवेदनसमेत दिएको भन्दै नेकपा एमालेका केन्द्रिय सदस्यसमेत रहेका मिश्रले उल्टै छानबिनको निवेदन दिनेमाथिनै मुद्दा चलाएको प्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनले भने, ‘बैंकमा कहिँ नकहिँ घोटाला भएको छ, शंका मानेर म लगायत डा.ओम प्रकाश मिश्रले प्रहरी, प्रशासन र राष्ट्र बैंकमा अनुसन्धानका लागि निवेदन दियौं । उक्त निवेदनमाथि अनुसन्धान र छानबीन नै नगरी निवेदकमाथि नै मुद्दा चलाउनुले चित्त बुझेको छैन...
विद्यालयमै स्वास्थ्य परीक्षणः जानकी र नरैनापुरमा ११ हजार बालबालिका लाभान्वित हुने

विद्यालयमै स्वास्थ्य परीक्षणः जानकी र नरैनापुरमा ११ हजार बालबालिका लाभान्वित हुने

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, श्रावण २३ – विद्यालय, मदरसा र गुरुकुलका बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्था प्रारम्भिक तह मै परीक्षण गर्ने उद्देश्यले जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकामा स्वास्थ्य परीक्षण शिविर सञ्चालनको तयारी थालिएको छ । सोही तयारीका क्रममा आज नेपालगन्जस्थित कल्पत्रु होटलमा स्वास्थ्य सम्पर्क शिक्षकहरूका लागि एक दिने क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा जानकी गाउँपालिकाका वडा नम्बर ४ देखि ६ सम्मका विद्यालय, मदरसा र गुरुकुलहरूका स्वास्थ्य सम्पर्क शिक्षकहरूका साथै सो क्षेत्रका स्वास्थ्य संस्था तथा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो । कार्यशालाको सहजीकरण जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर राना, स्वास्थ्य प्रतिनिधि टामलाल बेलबासे तथा सामाजिक विकास मञ्च बाँकेका कार्यक्रम संयोजक भिम बहादुर सार्कीले गर्नुभएको थियो ...
लायन्स क्लबद्वारा बृक्षारोपण (फोटोफिचरसहित)

लायन्स क्लबद्वारा बृक्षारोपण (फोटोफिचरसहित)

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ श्रावण – लायन्स क्लब अफ नेपालगन्ज जीवनले आज विहिबार माध्यमिक विद्यालय महेन्द्रनगरमा विभिन्न जातका ९५ विरुवा रोपेको छ । लायन्स क्लबले बन कार्यालयको सहयोगमा ७० र अन्य नर्सरीबाट २५ बिरुवा खरिद गरि बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लबका अध्यक्ष लायन तोजिन्द्र बिक, क्लवका संस्थापक अध्यक्ष जीवन शर्मा, सचीव मो. जियाउल हक, सल्लाहकार इन्द्रकुमार गिरि, सदस्य पारसमणि अर्याल, भुवन शर्मा, १४ नम्बर वडा अध्यक्ष मजहर अलि साई, विधालय व्यवस्थापन समिति जेष्ठ सदस्य गुलाम रसुल साई, सदस्य धनीराम चमार, वि.व्य.स. सदस्य रामकिशोर गिरी, प्रधानाध्यापक मो. शमीम कुरैसी, शिक्षक प्रतिनिधि मनोजराजा श्रीवास्तव, बिधालयका शिक्षक शिक्षिका विद्यार्थीहरुको सहयोगमा जामुन, निम सागुन, अमला, आँप, अम्बा, बेल, हररो, बररो, शितलचिनी लगायतका बिरुवा लगाउने काम सम्पन्न भएको छ ।...
जय माँ ज्वाला स्पोट्र्स क्लबको लाठी प्रशिक्षण शुरू

जय माँ ज्वाला स्पोट्र्स क्लबको लाठी प्रशिक्षण शुरू

आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ श्रावण – जय माँ ज्वाला शक्ति केन्द्र स्पोट्र्स क्लब लाठी समिति नेपालगन्ज बाँकेले मंगलवार नेपालगन्जमा एक कार्यक्रम आयोजना गरी लाठी प्रशिक्षण कार्यक्रम शुरू गरेको छ । दशै अगावै शुरु भएको यो खेल, जसको महत्व नेपालमा मात्र नभई, भारत र बंगलादेशमा प्रचलित रहेको छ । बंगाली संस्कृतिसँग गहिरो रूपमा जोडिएको छ र शारीरिक कौशल, आत्मरक्षा तथा सांस्कृतिक पहिचानको प्रतीक मानिन्छ । लाठी खेलको विशेषताको बारेमा बताउ“दै नेपालगन्जका लाठी गुरु, प्रशिक्षक राजकुमार आर्यले भने, ‘लाठी खेलमा ६ देखि ८ फिट लामो बाँसको लाठी प्रयोग गरिन्छ, जसलाई फलामको छल्लाले बलियो बनाइन्छ । यो खेलमा लाठीलाई कुशलतापूर्वक चलाउने, आक्रमण र बचाउ गर्ने, र विभिन्न शारीरिक चालहरू प्रदर्शन गर्ने कला समावेश हुन्छ ।’ अभ्यासकर्तालाई ‘लाठियल’ भनिन्छ । नरम बाँसको लाठी वा छोटो ‘बारी’ (ब्याटन) प्रयोग गरी नकली लडाइँ (नोरी ब...
नाइस अवार्ड २०२५ वातावरण संरक्षण अभियन्ता काफ्लेलाई

नाइस अवार्ड २०२५ वातावरण संरक्षण अभियन्ता काफ्लेलाई

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २० श्रावण - नाइस अवार्ड २०२५ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ निवासी वातावरण संरक्षण अभियन्ता हेमन्तराज काफ्लेलाई प्रदान गरिएको छ ।   नाइस नेपालगन्जले पाचौं नाइस अवार्ड २०२५ नगद १० हजार, सम्मान पत्र सहित काफ्लेलाई प्रदान गरिएको हो । नाइस नेपालगन्जको आयोजनामा आज मंगलबार नेपालगन्जमा आयोजित नाइस अवार्ड २०२५ प्रदान बिशेष कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उपप्रमुख सिता कार्की, कार्यक्रमका अतिथि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, गैसस महासँघका केन्द्रीय सचिब तथा नाइस नेपालगन्जका सल्लाहकार नमस्कार शाह, नाइस अवार्ड २०२३ प्राप्त गर्न सफल बरिष्ठ पत्रकार झलक गैरे, नेपाल पत्रकार महासँघ बाँकेका अध्यक्ष नविन गिरी, बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्मा, एनआइसी एसिया बैंकका लुम्बिनी, कर्ण...
बहुविवाह सम्बन्धीको कानून स्वीकार्य छैन

बहुविवाह सम्बन्धीको कानून स्वीकार्य छैन

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २० श्रावण - बहुविवाह सम्बन्धी कानून संशोधन प्रस्तावप्रति अखिल नेपाल महिला संघ बाँकेले गम्भीर आपत्ति जनाएको अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य तथा बाँके इन्चार्ज अछरी पोखरेलले बताइन । यसै विषयलाई लिएर अनेमसंघ बाँकेले जिल्ला प्रशासन कार्यालय बाँकेका सीडीयो धरमराज जोशीलाइ ज्ञापन पत्र बुझाएको पनि केन्द्रिय सदस्य पोखरेलले बताइन । विशेष गरी मुलुकी अपराध संहिता २०७४ लाई संशोधन गरी निर्धारित परिस्थितिमा बहुविवाहलाई वैधानिकता दिने सरकारको तयारीप्रति संघले कडा आपत्ति जनाएको पनि पोखरेलको भनाइ रहेको छ । २०७५ भाद्र १गते देखि पूर्णतया निषेध गरिएको मुलुकी अपराध संहिता २०७४ लाई संशोधन गरी निश्चित परिस्थितिमा बहुबिबाह गर्न पाउने कानुन ल्याउन लागेकोमा अनेमसंघको घोर आपत्ती छ घरमा श्रीमती हुदा हुदै बाहिरको अनैतीक सम्बन्धबाट जन्मेका सन्तानको अधिकारको बहानामा ल्याउन लागेको कानुन कदापी स्वीक...
किसानलाई सहजरुपमा मल उपलब्ध गराउन सम्बन्धितमा महासंघको पहल

किसानलाई सहजरुपमा मल उपलब्ध गराउन सम्बन्धितमा महासंघको पहल

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १८ श्रावण - बाँकेका किसानलाई रासायनिक मलको चरम अभाव भएको भन्दै नेपाल किसान महासंघ बाँकेले आवश्यक पहल गरेकोछ । नेपाल किसान महासंघ बाँकेले आईतबार विभिन्न सम्बद्ध सरोकारवालालाई भेटेर किसानलाई सहज रुपमा मल उपलब्ध गराउन पहल गरेको हो । किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन महासंघको एक टोली कृषि सामाग्री केन्द्र तथा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगन्जमा पुगेको थियो । मानो रोपी मुरी फलाउने बेला रासायनिक मल अभावमा बर्षेनी किसानले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै मल तथा वितरण प्रणालीका बारेमा उक्त टोलीले जानकारी समेत लिएको थियो । नेपाल किसान महासंघ बाँकेका सचिव ललितकुमार रौनियार नेतृत्वको टोलीले किसानलाई सहज र सरलरुपमा मल उपलब्ध गराउन अनुदानमा रासायनिक मल उपलब्ध गराइरहेको ती कार्यालयका प्रमुखलाई ध्यानाकर्षण गराएको हो । ‘समयमै मल उपलब्ध नहुँदा ...
श्रावणमासमा महाआरती भब्य बनाउने तयारीमा आयोजक

श्रावणमासमा महाआरती भब्य बनाउने तयारीमा आयोजक

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १८ श्रावण – बागेश्वरी मन्दिर प्राङ्गणमा प्रत्येक सोमबार हुँदै आईरहेको आरती श्रावणमासमा थप भब्य र सब्य बनाउने तर्फ आयोजकद्वारा अग्रजता देखाईएको छ । यसै सन्दर्भमा आज आईतबार मन्दिर व्यवस्थापन समितिद्वारा प्रेस भेटघाट गरी प्रेस विज्ञप्ती निकालिएको छ । प्रेस विज्ञप्तीमा “बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ मा रहेको बागेश्वरी मन्दिर विश्वभरका शक्तिपीठ मध्ये एक हो । बागेश्वरीमा बिहान र बेलुका तान्त्रिक विधिमा आरतीको परम्परा छ । हरेक सोमबार महाआरती भइरहेको छ । नेपालगन्जमा सम्पन्न दोस्रो वेष्टर्न ट्राभल मार्टको अवसर पारेर बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति र नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा नाट्टा बाँके च्याप्टरको समन्वयमा १५ माघ २०७९ मा बागेश्वरी तलाउको पूर्वी किनार स्थित पार्कमा महाआरतीको शुभारम्भ भएको थियो । त्यसयता बागेश्वरी गुठीले हरेक साता महाआरती गर्दै आएको छ...
समालोचना संग्र्रहको विमोचन र चार कृतिको परिचर्चा कार्यक्रम सम्पन्न

समालोचना संग्र्रहको विमोचन र चार कृतिको परिचर्चा कार्यक्रम सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १८ श्रावण – बाँकेको नेपालग्जमा रहेको भेरी साहित्य समाज केन्द्रीय समिति भाषा तथा समालोचना विभागद्वारा एक समालोचना संग्र्रहको विमोचन र चार कृतिको परिचर्चा कार्यक्रम श्रावण १७ गते नेपालगन्जमा सम्पन्न भएको छ । वरिष्ठ कथाकार तथा साहित्यकार सनत रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समालोचक मीना बरालको दृष्टिविम्ब समालोचना सङ्ग्रहको विमोचन तथा परिचर्चा र डा.राजकुमार थारूको थारूसाहित्य र अन्य समालोचना लेक प्रसाद प्याकुरेलको सम्यक दर्शन समालोचना कृतिको क्रमशः लेक प्रसाद प्याकुरेल, ईश्वरी प्रसाद रिजाल ‘उल्कापात’ र डा. पुष्कर नाथ रिजालले गरेका थिए । कार्यक्रममा कवि इन्दिरा गौतमको इन्दु कविता सङ्ग्रहको परिचर्चा समालोचक डा. हरिप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो । ई कृतिहरू बाँकेको साहित्य समालोचनामा ऐतिहासिक महत्व राख्ने छन् । प्रमुख अतिथि सनत रेग्मी, विशिष्ट अतिथि नरेन्...
संघद्वारा बिजेता खेलाडीहरुलाई स्वागत तथा सम्मान

संघद्वारा बिजेता खेलाडीहरुलाई स्वागत तथा सम्मान

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १८ श्रावण – बाँके जिल्ला स्टे«न्थलिफ्टिङ्ग संघद्वारा “१२औं वल्र्ड स्टे«न्थलिफ्टि· एण्ड इनक्लाईन बेन्च प्रेस च्यामपियनशिल २०२५” थाईल्याण्डमा सम्पन्न खेलमा नेपालबाट सहभागी खेलाडीहरुले देशको नाम उच्च गर्न सफल भएकोले स्वागत तथा सम्पन्न गरेको छ । संघका अध्यक्ष बेनी टण्डनको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्ट केही कारणबस सहभागी नभएपनि खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष टण्डनले देशको नाम अग्रस्थानमा राख्न सफल बाँकेका ३ जनालाई खेलाडीहरुलाई भब्य स्वागत तथा सम्मान गर्दै अगामी दिनमा समेत यसैगरी बधाई तथा शुभकामना व्यक्त गर्न पाउने आशा रहेको बताउनुभयो । आज नेपालगन्जमा सम्पन्न स्वागत तथा सम्मान कार्यक्रमको सञ्चालन संघका सचिव शेखरकाजी थापाले गरेका थिए । सचिव थापाले मेडल बिजेता खेलाडीले बाँकेको नाम...