सार्वजनिक सुनुवाई
खजुरा, २९ असारबाँकेको खजुरा गाउँपालिकाले सोमबार चालू आर्थिक वर्षको अन्तिम सार्वजनिक सुनुवाई गरेको छ । चालू आर्थिक वर्ष २०७६/०७७ मा पालिकाले सम्पादन गरेका कार्यहरु सार्वजनिक गर्दै जनअनुमोदन गर्न सार्वजनिक सुनुवाईको आयोजना गरिएको हो । सार्वजनिक सुनुवाईमा खजुराबासीले फेरी पनि चासो पूर्वक भाग लिएका छन् । खजुरा गाउँपालिकाले प्रवाह गर्ने सेवा सुविधा र त्यसको प्रभावकारिताबारे आयोजित सार्वजनिक सुनुवाईमा भाग लिँदै गाउँपालिकाबाट प्रवाह हुने सेवा बारे खजुराका विभिन्न वडाबाट सहभागीले खुलेर प्रश्न जिज्ञासा राखेका थिए । उनीहरुले सडकमा खाल्डाखुल्टी, कोरोना प्रभावमा राहत, कृषिमा किसान केन्द्रित कार्यक्रम नभएको, कोविडमा भएको खर्चबारे प्रश्न राखेका थिए । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले खजुरा गाउँपालिका, विभिन्न विषयगत शाखाले गरेका कार्य प्रगतिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो क्रममा प्रमुख ...








