Tuesday, April 28सत्यम खबर
Shadow

समाचार

सिने रोयलले मनायो दोस्रो वार्षिकोत्सव, दुई वर्षमा ५ लाख बढी दर्शनले देखे फिल्म

सिने रोयलले मनायो दोस्रो वार्षिकोत्सव, दुई वर्षमा ५ लाख बढी दर्शनले देखे फिल्म

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ११ श्रावण – बाँकेमा मात्र नभई लुम्बिनी प्रदेशदेखि छिमेकी मित्र राष्ट्र भारतको उत्तरप्रदेशमा समेत मनोरञ्जनको दुनियाँ छुट्टै पहिचान बनाउन सफल सिने रोयलले आफ्नो दोस्रो वार्षिकोत्सव भब्यता साथ सञ्चारकर्मी तथा कर्मचारीहरु बीच मनाएको छ । दोस्रो वार्षिकोत्सव मनाउने क्रममा सिने रोयलले आप्mनो दुई वर्षको तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांकमा ‘२०८० देखि २०८२ सम्मको दुईवर्षीय चलचित्र तथ्यांकले नेपाली फिल्मप्रति दर्शकको आकर्षण उल्लेखनीय देखाएको छ । यस अवधिमा कूल २०६ नेपाली फिल्म र २४७ हिन्दी फिल्म प्रदर्शनमा आए । २०८१ २०८२ को दुईवर्षे अवधिमा मात्र ११८ नेपाली र १२० हिन्दी फिल्म प्रदर्शन गरिएको’ बताईएको छ । यसैगरी, ‘नेपाली चलचित्र “पूर्ण बहादुरको सार·ी” ले ३८, ४६२ दर्शक तान्दै यस अवधिमा सबैभन्दा बढी हेर्न आएको नेपाली फिल्म बन्यो । यही फिल्म सबैभन्दा धेरै आम्दानी गर्ने नेपाली चलच...
‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’बाट हरिप्रसाद तिमिल्सिना पुरस्कृत

‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’बाट हरिप्रसाद तिमिल्सिना पुरस्कृत

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ११ श्रावण – सुप्रसिद्ध साहित्यकार, गजलकार, गायककार, संगीतकार तथा गीतकार स्व. प्रेम प्रकाश मल्लको स्मृतिको नाममा स्थापना गरिएको प्रेम प्रकाश मल्ल “मधुकर” को ९०औं जन्मजयन्तीको अवसरमा पुरस्कार अपर्ण तथा सम्मान कार्यक्रममा यस वर्षको पुरस्कार महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका पुरस्कार तथा सम्मान प्राध्यापक डा. हरि प्रसाद तिमिल्सिनालाई श्रावण १० गते शनिवार प्रदान गरिएको छ । भेरी साहित्य समाज केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा ५१ हजार १ सय ११ रुपैयाँ सहितको ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ साहित्यकार डा. हरिप्रसाद तिमिल्सिनालाई प्रदान गरिएको छ । पुरस्कृत साहित्यकार डा. हरिप्रसाद तिमिल्सिनालाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा प्राज्ञ सनत कुमार रेग्मीले दोसल्ला ओढाएर पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि सनत कुमा...
वीपी स्मृति दिवसमा विविध कार्यक्रम

वीपी स्मृति दिवसमा विविध कार्यक्रम

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० साउन - नेपाली काँग्रेसका पूर्व पार्टी सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय बि.पी. कोइरालाको ४३औं स्मृति दिवसका अवसरमा नेपाल किसान महासंघ, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–६ कार्यसमितिले विविध कार्यक्रम गरि मनाएको छ । विपीको स्मृति दिवसमा शनिबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–६ स्थित हडियाबाबा प्रङ्गणमा सरसफाई तथा विभिन्न बीउविजन वितरण गरि मनाएको हो । नेपाल किसान महासंघ नेपालगन्ज वडा नम्बर–६ का वडा अध्यक्ष सगुन कुमार श्रेष्ठको अध्यक्षतामा भएको सो सरसफाई तथा बीउविजन वितरण कार्यक्रम गरिएको थियो । हडियाबाबा प्राङ्गणमा उम्रिएका झारपात, घाँस र त्यहाँ थुप्रिएका फोहोरलाई एकिकृत गरि त्यसको व्यवस्थापन समेत गरिएको थियो । सरसफाई तथा बीउविजन वितरण कार्यक्रमका प्रमुख अतिथि नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका महामन्त्री एवम बाँकेका सचिव महेन्द्र मल...
भुवर भवानी मन्दिरमा कल्पवृक्ष !

भुवर भवानी मन्दिरमा कल्पवृक्ष !

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० श्रावण - धार्मिक, वातावरणीय र सांस्कृतिक महत्व बोकेको कल्पवृक्ष हिन्दू धर्मग्रन्थहरूमा वर्णित एक दैवीक वृक्ष हो, जसलाई "इच्छा पूरा गर्ने वृक्ष" (Wish-fulfilling Tree) मानिन्छ। यो वृक्ष स्वर्गमा उत्पत्ति भएको र भगवान विष्णु तथा देवी लक्ष्मीको नजिक हुने विश्वास गरिन्छ। मनुस्मृति, पुराण र महाभारत लगायतका शास्त्रहरूमा यसको महिमा उल्लेख गरिएको छ। यो केवल वृक्ष नभई आस्था, समृद्धि, स्वास्थ्य र शान्तिको प्रतीक हो। यो बिरुवा जर्मनी मा बस्ने साधना अधिकारी रानाले बीउ पठाएर हेमन्त राज काफले ले बिरुवा बनाएका थिए । यही धार्मिक र वातावरणीय महत्त्वलाई आत्मसात् गर्दै राप्ती सोनारी गाउँपालिकामा अवस्थित भुवर भवानी मन्दिर माताको परिसरमा कल्पवृक्षको बिरुवा लगाईयो । कल्प वृक्ष मन्दिरका पुजारीले विधिपूर्वक भूमिपूजन गरेर लगाएका थियो। कल्प वृक्ष लगाउनु पर्यो भनेर दामोदर भण्डारीको...
क्याप्टेनद्वारा युवतीको हत्यापछि अत्मासमर्पण

क्याप्टेनद्वारा युवतीको हत्यापछि अत्मासमर्पण

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ९ श्रावण – नेपालगन्ज स्थित सुनाखरी रेष्टुरेन्टमा काम गर्ने युवतीको स्वस्तिक कटेजमा काम गर्ने क्याप्टेनद्वारा हत्या गरिएको छ । दैलेख घर भई विपी चोक स्थित सुनाखरी रेष्टुरेन्टमा वेटर्सको रुपमा काम गर्ने २२ वर्षिया निर्मला थापाको नेपालगन्ज कै स्वस्तिक कटेजमा क्याप्टेनको रुपमा काम गर्ने बर्दिया घर भएका ३५ वर्षिय प्रकाश सुनारले हत्या गरेका छन् । अस्ति बुधबार नेपालगन्ज वडा नं १२ बेलासपुरमा निर्मलाको घाँटीमा सलले बेरेर हत्या गरी प्रकाशले निर्मलाको बहिनीलाई तिम्रो दिदीलाई मैले मारे भन्दै फोन गरेका थिए । त्यसपछि उनले आफ्नो सबै साथीभाई र आफन्तलाई भेटेर अब यति हो है भेटघाट भन्दै गएराती २ बजेतिर आफै जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेपछि हत्या भएको कुरा थाहा भएर कोठामा शव भेटिएको प्रहरीले जनाएको छ । निर्मलाको परिवार आज आएपछि बल्ल उनको पोस्टमार्टम गरिएको छ । बिवाहित प्रकाशको श्रीमत...
८ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा गुड्डु पक्राउ

८ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा गुड्डु पक्राउ

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ६ श्रावण – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ एक्लैनीमा ८ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको गुड्डु हल्वाईलाई पक्राउ गरिएको छ । प्रहरीले दिएको जानकारी अनुसार सोमबार दिउँसो पीडित पक्षबाट पत्र सूचनाको आधारमा तत्काल नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ एक्लैनी बस्ने वर्ष ५५ का गुडडु हल्वाईलाई पक्राउ अनुसन्धान अगाडि बढाएको जनाएको छ । हल्वाईले ती बालिकालाई जबरजस्ती करणी गरेको सुचना पाउना साथ जिल्ला प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाईएको छ ।...
श्रावण सोमबारको महिमा तथा भगवान शिवको नयाँ र पुरानो मुर्ति व्यवस्थापन

श्रावण सोमबारको महिमा तथा भगवान शिवको नयाँ र पुरानो मुर्ति व्यवस्थापन

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ श्रावण – श्रावण महिनाको सोमबार हिन्दुधर्मालम्बीहरू यस महिनालाई विशेष महिनाको रूपमा मनाउने गर्दछन् । हिन्दु धर्मावलम्बीहरुका लागि सोमबारको दिन विशेष महत्वको दिन हो । यस दिन धेरै महिलाहरू भगवान शिवको व्रत बस्दछन् । तर केवल हिन्दु धर्मावलम्बी भएका देशमा मात्र होइन मध्य युरोपका देशहरूमा समेत सोमवारको खास महत्व छ । श्रावण महिनाको सोमबार नेपालगन्जको एतिहासिक धार्मिक शक्तिपिठ बागेश्वरी मन्दिरमा विभिन्न ठाउ“बाट श्रदालु भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । मुख्य रूपमा नेपालको जुनसुकै भूभागमा बस्ने मानिसहरूले पनि यस श्रावण महिनालाई विशेष रूपमा भगवान् शिवको पुर्जा अर्चनाका साथ ब्रत बस्ने परम्परा रही आएको छ । महिलाहरू हरियो पहिरनमा सजिनुका साथै, हरियो चुरा र हातमा मेहन्दी लगायर श्रावण महिना आएको महसुस गराउ“दछन् । भगवान् शिवको पूजा गरी ब्रत बस्ने गर्दछन् भने पुरुषहरू पनि पहेलो वस्त्रमा...
पुरानो लेनदेनलाई आधार बनाएर धम्की र ब्ल्याकमेलको आरोप, स्थानियले भने – एलानी जग्गा हडप्न मिल्दैन, चौकीदारको भूमिका शंकास्पद

पुरानो लेनदेनलाई आधार बनाएर धम्की र ब्ल्याकमेलको आरोप, स्थानियले भने – एलानी जग्गा हडप्न मिल्दैन, चौकीदारको भूमिका शंकास्पद

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज ४, साउन — नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ आलानगरकी स्थायी बासिन्दा अमृता क्षेत्रीले आफ्नो भोगचलनको जग्गा अर्कैले जवरजस्ती जोतभोग गर्दै आएको भन्दै गम्भीर आपत्ति जनाउनुभएको छ । विगत लामो समयदेखि आफ्नै भनिएको १७ कठ्ठा जग्गा जोत्दै आउनु भएकी अमृताले स्थानीय भरत गौतमसँग घरायसी कारण विदेश जानुअघि ३ वर्षका लागि एउटा प्लट २० हजार रुपैयाँमा भाडामा दिएकी थिइन् । अमृताको भनाइ अनुसार उक्त रकम आफूले फिर्ता दिइसकेकी थिइन् तर हाल सोही पुरानो सम्झौता देखाउँदै केही व्यक्तिहरूले धम्कीपूर्ण शैलीमा जग्गा कब्जा गर्न खोजिरहेका छन् । पैसा लेनदेनको भाकासंगै दिनुपर्ने रकम पनि फिर्ता दिईएको छ । जग्गाको कारोबार “तीन वर्ष बितिसकेको छ, रकम पनि फिर्ता दिइसकेकी छु । तर अहिले भोजराज शर्मा र अन्य केही व्यक्तिहरूले मलाई ब्ल्याकमेल गर्दै जग्गा अर्कैलाई जोत्न लगाईरहेका छन ।” अमृताको भनाई छ । जग्गाको व...
१२औं विश्व स्टे«न्थ लिफ्टि·मा नेपालले दोस्रो स्थान हासिल गर्दै ७ गोल्डसहित १४ मेडल जित्न सफल

१२औं विश्व स्टे«न्थ लिफ्टि·मा नेपालले दोस्रो स्थान हासिल गर्दै ७ गोल्डसहित १४ मेडल जित्न सफल

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ श्रावण – १२औं बिश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आई बि पि च्याम्पियनसिप (१६ देखी १९ जुलाई २०२५) थाईलेण्डको पटायामा नेपालबाट ९ जाना खेलाडिले विभिन्न तौल समुहमा भाग लिएकोमा नेपालले १४ पदक जित्दै टिम इभेन्टमा दोस्रो स्थान हासिल गरी देशको नाम उच्च गर्न सफल भएको छ । पुरुष तर्फसिनियर ६० के जि करन बाडिया आईबिपिमा सिल्बर मेडल र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा गोल्ड मेडल जित्न सफल भएका छन् भने २२० केजी उचालेर बिश्व रेकर्ड समेत कायम राखेका छन् । यसैगरी, सिनियर ६८ के जि मोहित गुप्ता आईबिपिमा गोल्ड मेडल र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा ब्राउच मेडल जित्न सफल भएका छन् भने सानू कान्छा लामा आईबिपिमा सिल्बर मेडल र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा सिल्बर जित्न सफल भएका छन् । यसैगरी केदार मान स्थापित आईबिपिमा गोल्ड मेडल जित्न सफल भएका छन् भने सन्तोष काजी शाक्य आईबिपिमा सिल्बर मेड...
नेपालगन्जमा ३ बालश्रमिकलाई उद्धार गर्नको लागि पसल संचालकलाई चेतावनी

नेपालगन्जमा ३ बालश्रमिकलाई उद्धार गर्नको लागि पसल संचालकलाई चेतावनी

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ श्रावण – नेपालन्ज उपमहानगरपालिकालाई यही आर्थिक बर्षभित्र बालमैत्री पालिका घोषणा गर्ने अभियान अन्तर्गत बालश्रम रोक्नको लागि निगरानी बढाइएको छ । जस अन्तर्गत शुक्रबार नेपालगन्जको घरबारी टोलबाट तिन जना बालकलाई उद्धार गर्नको लागि चेतावनी सहित प्रक्रियामा आउन अनुरोध गरिएको नेपालगन्ज उपमहानगरपालिकाका महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख तथा बालश्रम विरुद्धको स्थानिय समन्वय समितिका सदस्य सचिव बालकल्याण अधिकारी पवित्राकुमारी पुरीले बताउनुभयो । उहाँले नेपालगन्ज उपमहानगरपालिकाले बनाएको कार्ययोजना अनुरुप बालश्रम रोक्न गतिविधी बढाउन सुरु भएको बताउनुभयो । अनुगमनमा नेपालगन्ज उपमहानगरपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रतिनिधि, वडा नम्बर २ का प्रतिनिधि र सिविन नेपालका प्रतिनिधि सहितको टोली सहभागि रहेको थियो । टोलीले शुक्रबार नेपालगन्जको धम्बोजी र घरबारी ...