Tuesday, November 4सत्यम खबर
Shadow

दैलेखी समाज बाँकेले आयोजना गरेको रक्तदानमा ६५ जनाले रक्तदान गरे

नेपालगन्ज, १२ श्रावण – “रक्तदान गरौ ,सामाजिक उत्तरदायित्व पुरा गरौ” भन्ने मुल नाराका साथ दैलेखी समाज बाँकेले २० औ स्थापना दिवस तथा १९ औ बार्षिक उत्सवका अवसरमा आज नेपालगन्जमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

दैलेखी समाज बाँकेको आयोजना तथा ग्लोबल ओरियन्स नेपालको सह–आयोजनामा भएको रक्तदान कार्यक्रममा महिला र पुरुष गरी ६५ जनाले रक्तदान गरेको जनाइएको छ । ६० औ रक्तदान दिवस समेत आजै परेको थियो । यो महत्वपुर्ण दिनका अवसरमा रक्तदान कार्यक्रम गर्न पाउदा दैलेखी समाज बाँकेका अध्यक्ष पुर्णदेव गिरीले खुशी ब्यक्त गर्नुभयो । उहाँले बिगतका दिनमा पनि समाजले यसरी रक्तदान गर्दे आएकोमा यसपटक पनि निरन्तरता दिनुलाई जिम्मेवारीका रुपमा लिएको बताउनुभयो । पछिल्नो समय रगत अभावको समस्या देखिएको अवस्थामा यो कामले केही राहत पुग्ने उहाँले विश्वास समेत ब्यक्त गर्नुभयो ।

प्रादेशिक रक्तसंचार केन्द्र बाँकेको नवनिर्मित भवनमा पहिलो पटक दैलेखी समाज बाँकेले रक्तदान गरेर सेवा सुभारम्भ गरेको प्रादेशिक रक्तसंचार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो । उहाँले अन्य संस्थाहरुले पनि नियमित रुपमा नवनिर्मित भवनमा रक्तदान कार्यक्रम गर्न सक्ने बताउनुभयो ।

कार्यक्रममा दैलेखी समाज बाँकेका बरिष्ठ उपाध्यक्ष डिलबहादुर थापा, सचिव गणेशबहादुर खड्का, संस्थापक सदस्य हरीबहादुर बिष्ट, जनप्रतिनिधी, नेपाल रेडक्रश सोसाइटी बाँकेका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको दैलेखी समाज बाँकेका अध्यक्ष पुर्णदेव गिरीले जानकारी दिनुभयो ।
दैलेखी समाज बाँकेको १७ गते बार्षिक उत्सव मनाउने कार्यक्रम रहेकाले सोही दिनसम्मै रक्तदान गर्न इच्छुकले रक्तादान गर्न सक्ने पनि गिरीले बताउनुभयो । उहाँका अनुसार भोली पनि आज रक्तादान भए कै स्थानमा रक्तादान गर्न इच्छुकहरुको उपस्थिती रहने छ । यसैबिच आज बेलुका बागेश्वरी मन्दिरमा आरती प्रज्वलन संगै विरुवा वितरणको कार्यक्रम समेत तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *